
काठमाडौँ, २५ कात्तिकः नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको जन्मजयन्तीका अवसरमा उहाँप्रति श्रद्धासुमन व्यक्त गर्नुभएको छ ।
सभापति थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना सन्देश जारी गर्दै ‘सत्यधर्म मुचुल्का’ मार्फत समाज सुधार तथा किराँत धर्म र संस्कृतिको मौलिक पहिचान र संरक्षणमा महागुरु फाल्गुनन्दले पु¥याउनुभएको योगदानको स्मरण गर्नुभएको हो ।
उहाँले महागुरु फाल्गुनन्दले देखाउनुभएको सत्य, अहिंसा, समानता, सदाचार र सामाजिक सुधारको मार्गले सभ्य, न्यायपूर्ण र सद्भावपूर्ण समाज निर्माणका लागि सबैलाई प्रेरणा दिइरहोस् भन्ने कामना गर्नुभएको छ ।
महागुरु फाल्गुनन्दका विचार, दर्शन र आदर्शलाई आत्मसात् गर्दै विविधताबीच एकता, आपसी विश्वास, सहिष्णुता र भाइचाराको भावना अझ प्रगाढ बनाउनुपर्नेमा पनि उहाँले जोड दिनुभएको छ ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |