Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २५, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
राँझा

अधुरो हुलाकी सडक निर्माण प्रक्रिया सुरु

बाँके र दाङको सीमावर्ती क्षेत्रमा अधुरो रहेको ५८ किलोमिटर हुलाकी सडकको निर्माण प्रक्रिया सुरु भएको छ ।
रासस ७५१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २५, बुधबार (१ घण्टा अघि)
Post Thumbnail

राँझा (बाँके), २५ कात्तिकः बाँके र दाङको सीमावर्ती क्षेत्रमा अधुरो रहेको ५८ किलोमिटर हुलाकी सडकको निर्माण प्रक्रिया सुरु भएको छ ।

हुलाकी सडक निर्देशनालयले उक्त खण्डमा सडक तथा पुल निर्माणका लागि कुल रु पाँच अर्ब ६० करोडबराबरको बोलपत्र आह्वान गरी निर्माण प्रक्रिया अघि बढाएको हुलाकी सडक आयोजना कार्यालय नेपालगन्जका आयोजना प्रमुख लिलाबहादुर भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार बाँके र दाङको अधुरो क्षेत्रलाई दुई भागमा बाँडेर ठेक्का लगाइएको छ । यसअनुसार बाँकेको राप्ती सोनारी–३ नारायणपुरदेखि दाङको सीमाक्षेत्र हाटबाससम्मको ३६ किलोमिटर सडक निर्माणको जिम्मा कन्काई खड्का जेभी कम्पनीले पाएको छ । उक्त कम्पनीले रु दुई अर्ब दुई करोडमा ठेक्का पाएको हो ।

त्यस्तै, हाटबासदेखि दाङको राजपुर गाउँपालिकास्थित गँगदीसम्मको २२ किलोमिटर सडक निर्माण गर्न रु एक अर्ब ५१ करोडमा हिम सगरमाथा पशुपति जेभी छनोट भएको छ । यसैगरी यस खण्डमा पर्ने १६ वटा पुल निर्माणका लागि पनि ठेक्का सम्झौता भइसकेको छ । दाङ र बाँके खण्डका १२ वटा पुल निर्माणको लागि रु एक अर्ब तीन करोडमा नारायणम निर्माण सेवाले ठेक्का पाएको छ । बाँकी दाङको राजपुरस्थित गँगदीदेखि हाटबास खण्डका चारवटा पुल रु ४६ करोड ३५ लाखमा निर्माण गर्ने जिम्मा भैरव कन्स्ट्रक्सन कम्पनीले पाएको हुलाकी सडक आयोजना कार्यालय नेपालगन्जका आयोजना प्रमुख भण्डारीले जानकारी दिनुभयो ।

“पुल निर्माणको ठेक्का पाएका कम्पनीहरूले सम्झौता गरेर कार्यक्षेत्रमा कामसमेत थालिसकेका छन्, अहिले फिल्डमा सर्भे र माटो परीक्षणसम्बन्धी काम गरिरहेका छन्”, आयोजना प्रमुख भण्डारीले भन्नुभयो, “सडक निर्माणतर्फ भने भर्खरै आशयको सूचना प्रकाशित भएकाले तिहारलगत्तै निर्माण कम्पनीहरूसँग औपचारिक सम्झौता हुनेछ ।”

ठेक्का सम्झौता भएका कम्पनीहरूले हुलाकी सडकको सम्पूर्ण काम आगामी तीन वर्षभित्र सम्पन्न गरिसक्नुपर्नेछ । यो सडक ‘अस्फाल्ट’ प्रविधिमा दुई लेनको उच्च गुणस्तरीय बन्नेछ । आवश्यक स्थानमा नाला, कल्भर्ट र पर्खाललगायतका संरचना पनि निर्माण गरिने भएका छन् ।

“अबको तीन वर्षभित्रमा बर्दियाको सतिघाट पुलदेखि दाङको कालाकाँटेसम्म हुलाकी सडकको सम्पूर्ण काम पूरा हुनेछ”, आयोजना प्रमुख भण्डारीले भन्नुभयो, “यसले जनतालाई आवतजावतमा धेरै नै सहज बनाउने छ ।”

बाँकेको राप्ती सोनारी गाउँपालिका–१ स्थित राप्तीपारिका भम्का, अमुवा, तितिनघारी, भवानियापुर, खुटी, चुनाहा, सुनखरे, खोकरी तथा दाङको हाटबाससहित दर्जनभन्दा बढी गाउँबाट राजमार्ग पुग्न राप्ती नदीमा पक्की पुल छैन । हुलाकी सडक निर्माणपछि राप्तीपारिका बासिन्दाको जनजीवन, कृषि, व्यापार, शिक्षा, स्वास्थ्य तथा समग्र आर्थिक विकासमा ठूलो सुधार आउने बाँकेको राप्ती सोनारी गाउँपालिका–१ का वडाध्यक्ष यमबहादुर खड्काले बताउनुभयो ।

  • बर्दिया
  • बाँके
  • राँझा
  • प्रतिक्रिया दिनुहोस
    विचार/लेख सम्बन्धि थप
  • हराउँदै रानाथारुका परम्परागत घर

    हराउँदै रानाथारुका परम्परागत घर

  • Post Thumbnail

    बेनी खानेपानीको पाइप लाइन मर्मत

  • Post Thumbnail

    बन्दैछ गच्छे–भालुबाङ सडकः १२० किमीको घुमाउरो यात्रा अब ७३ किलोमिटरमा झर्दै

  • Post Thumbnail

    पर्वतीय मुद्दा कोप–३१ को अन्तिम निर्णयमा समेटिने नेपालको अपेक्षा

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १९ गते बिहिबार

    २०८३ कात्तिक १९ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    हराउँदै रानाथारुका परम्परागत घर

    हराउँदै रानाथारुका परम्परागत घर

    राष्ट्रपति पौडेलद्वारा भाइटीका ग्रहण

    राष्ट्रपति पौडेलद्वारा भाइटीका ग्रहण

    Post Thumbnail

    मौरीको आक्रमणबाट वीरबहादुरको मृत्यु

    रसुवाको ‘नागथली’ पर्यटकका लागि आर्कषक केन्द्र

    रसुवाको ‘नागथली’ पर्यटकका लागि आर्कषक केन्द्र

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution