Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २४, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
जनकपुरधाम

दीपावली सकिएसँगै छठ पर्वको तयारी गरिँदै

दीपावली सकिएसँगै मधेश प्रदेशका जिल्लामा छठ पर्वको तयारी तीव्ररुपमा अघि बढिरहेको छ ।
रासस ६७६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २४, मंगलबार (१ घण्टा अघि)
Post Thumbnail

जनकपुरधाम, २४ कात्तिक ः दीपावली सकिएसँगै मधेश प्रदेशका जिल्लामा छठ पर्वको तयारी तीव्ररुपमा अघि बढिरहेको छ ।

त्यस क्रममा प्रदेश राजधानीस्थित जनकपुरधामका पोखरी तथा तलाउको सरसफाइ र शृङ्गारिने काम सुरु भएको छ । त्यस्तै बजारमा छठ पूजाका लागि आवश्यक सामग्री किनमेल गर्नेको भीड बढेको छ ।

मिथिलाञ्चलको धार्मिक, सांस्कृतिक र सामाजिक पहिचानसँग जोडिएको छठ पर्वलाई व्यवस्थित र भव्य रूपमा मनाउने तयारीस्वरूप विभिन्न पोखरी तथा जलाशयको सरसफाइ तथा शृङ्गार थालिएको जनकपुरधाम उद्योग वाणिज्य सङ्घका पूर्वउपाध्यक्ष अम्बुप्रसाद साहले जानकारी दिनुभयो ।

उहाँका अनुसार यहाँस्थित गङ्गासागर, धनुषसागर, रत्नसागर र दशरथ तलाउलगायतका पोखरी तथा तलाउको सरसफाइ भइरहेको छ । विशेषगरी गङ्गासागर र धनुषसागरलगायतका जलाशयमा छठ मनाउने परम्परा रहेकाले स्थानीयवासीको सहयोगमा सरसफाइ तथा शृङ्गारलाई तीव्रता दिइएकोछ ।

यस वर्ष छठ पर्वको अवलोकनका लागि प्रधानमन्त्री वालेन्द्र शाह समेत जनकपुरधाम आउने तयारी भइरहेकाले गङ्गासागर छठ घाटलाई थप व्यवस्थित र शृङ्गार्ने तयारी भइरहेको उहाँको भनाइ छ ।

जनकपुरधामस्थित पेठिया बजार, गाउँघरका हाट तथा मेलामा छठ पूजासामाग्रीसहित बाँसबाट निर्मित सामग्री खरिदको चहलपहल विस्तारै बढेको छ । छठ पर्व नजिकिँदै जाँदा छठ पर्वका लागि आवश्यक सामग्रीको किनमेल सुरु भइसकेको स्थानीय सुमित्रादेवी कर्णले बताउनुहुन्छ ।

छठ पर्व नजिकिँदै गर्दा पुस्तौँदेखि बाँसको सामग्री उत्पादन गर्दै आएका डोम समुदाय पनि अहिले त्यस्ता सामाग्री निर्माण गर्न भ्याइनभ्याइ अवस्थामा छन् । ती समुदायका धेरै परिवारले पुख्र्यौली पेसाका रूपमा बाँसका चोयाबाट विभिन्न पूजासामग्री राख्ने छिटी, नाङ्लो र ढाकी निर्माण गर्दै आएका छन् ।

छठ पर्वका अवसरमा परम्परागत सामग्रीको माग बढ्दा स्थानीय कारीगरको उत्पादनले पनि बजार पाउने गरेको छ ।

  • जनकपुरधाम
  • प्रतिक्रिया दिनुहोस
    विचार/लेख सम्बन्धि थप
  • Post Thumbnail

    परम्परागत पानी घट्ट लोभ हुँदै

  • Post Thumbnail

    जुम्लामा परम्परागत पानी घट्ट लोभ हुँदै

  • Post Thumbnail

    चारलेन सडक निर्माणसँगै खजुराबजारका फेरिएको मुहार

  • विचारः नेपालले भोग्दै गरेको विपत्ति र जलवायु कूटनीतिको आवश्यकता

    विचारः नेपालले भोग्दै गरेको विपत्ति र जलवायु कूटनीतिको आवश्यकता

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १९ गते बिहिबार

    २०८३ कात्तिक १९ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    आन्तरिक पर्यटकको रोजाइका रुपमा विकास गरिँदै आकासे ताल

    Post Thumbnail

    पटका बरामद

    विश्वमा बढ्दो तापक्रमले तताएको बहस

    विश्वमा बढ्दो तापक्रमले तताएको बहस

    Post Thumbnail

    परम्परागत पानी घट्ट लोभ हुँदै

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution