Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २४, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
तुलसीपुर

राप्ती नदीमा ४८ किलोमिटर तटबन्ध

सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना लमही दाङले राप्ती नदीमा ४८ किलोमिटर तटबन्ध निर्माण भएको छ ।
रासस ५०१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २४, मंगलबार (१ घण्टा अघि)
Post Thumbnail

तुलसीपुर (दाङ), २४ कात्तिकः सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना लमही दाङले राप्ती नदीमा ४८ किलोमिटर तटबन्ध निर्माण भएको छ ।

जसबाट एक हजार ४४० हेक्टर खेतीयोग्य जमिन उकास तथा संरक्षण भएको आयोजनाका सूचना अधिकारी खुमानन्द वलीले बताउनुभयो । उहाँका अनुसार दाङ र प्युठानको दोभानदेखि बाँकेको भारतीय सिमानासम्म कूल १५७.६ किलोमिटर लम्बाई रहेको पश्चिम राप्ती नदीमा हालसम्म ४८ किलोमिटर तटबन्ध निर्माण भएको हो ।

गएको आर्थिक वर्षमा मात्रै पश्चिम राप्तीमा ५.६१ किमी तटबन्ध निर्माण भई १६८ हेक्टर जमिन उकास भएको छ । पश्चिम राप्ती नदी किनारमा पर्ने गढवा–६ जेठानगाउँमा ४३ लाख २३ हजार ५५५ तथा गढवा–३ उल्टिसोटा खोलामा १२ लाख ८८ हजार २८७ बराबरको आपत्कालीन नदी नियन्त्रण कार्य सम्पन्न भइसकेको छ । प्रगन्ना सिँचाइअन्तर्गत राप्ती नदीको दायाँ किनारका विभिन्न खण्ड तथा रनियापुर–छिङ्गतपुर क्षेत्रमा समेत करोडौँका तटबन्ध ठेक्काहरू सम्पन्न भइसकेका छन् ।

हाल पश्चिम राप्ती नदीको दाङ र बाँके खण्डमा रु एक अर्ब २२ करोड १० लाख ५१ हजार बराबरको ठेक्का सम्पन्न भइसकेको छ । लमही–५ सोनारपुर खण्डमा रु १० करोड ११ लाख ६६ हजार ९६४ को ठेक्कामा ७० प्रतिशत भौतिक प्रगति भएको छ, भने गढवा–१ अडेहरीदेखि जेठानगाउँ खण्डमा ५ करोड ३२ लाख ३८ हजारको ठेक्कामा ४८.७० प्रतिशत प्रगति भएको छ ।

त्यसैगरी बाँकेको राप्ती सोनारी–७ खुल्ला झगडियामा रु चार करोड १५ लाख २५ हजारको ठेक्कामा ७० प्रतिशत र राप्ती सोनारी–६ ढलैयामा रु ८२ लाख ४२ हजार ९२ को ठेक्कामा ७५ प्रतिशत भौतिक प्रगति हासिल भएको छ ।

राप्ती नदीको बाढीबाट खेतीयोग्य जमिन र मानव बस्ती जोगाउन मुख्य इन्टेक भालुवाङदेखि सक्लाहीसम्म १५.९९६ किलोमिटर तटबन्ध निर्माण कार्य सम्पन्न भइसकेको छ । भविष्यमा कूल २३ किलोमिटर तटबन्ध खण्ड सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

  • तुलसीपुर
  • प्युठान
  • बाँके
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • झिनिया आम्दानीको स्रोत

    झिनिया आम्दानीको स्रोत

  • जलवायु सङ्कट विश्वव्यापी स्वास्थ्य सङ्कटका रूपमा विकसित !

    जलवायु सङ्कट विश्वव्यापी स्वास्थ्य सङ्कटका रूपमा विकसित !

  • Post Thumbnail

    मध्यपहाडी लोकमार्गमा तीन पक्की पुल निर्माण, यात्रा सहज

  • नेपाल संवत् सामाजिक न्याय र मानवीय सहअस्तित्वको जीवन्त प्रतीक : उपराष्ट्रपति यादव

    नेपाल संवत् सामाजिक न्याय र मानवीय सहअस्तित्वको जीवन्त प्रतीक : उपराष्ट्रपति यादव

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १९ गते बिहिबार

    २०८३ कात्तिक १९ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    मकै र भटमासको मूल्य बृद्धि : पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो

    झिनिया आम्दानीको स्रोत

    झिनिया आम्दानीको स्रोत

    सञ्चारमन्त्री डा तिमिल्सिना आइटियू सम्मेलनमा सहभागी : विभिन्न देशका समकक्षीसँग भेटवार्ता

    सञ्चारमन्त्री डा तिमिल्सिना आइटियू सम्मेलनमा सहभागी : विभिन्न देशका समकक्षीसँग भेटवार्ता

    Post Thumbnail

    काँकडभिट्टाबाट चिया निर्यातमा वृद्धि

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution