Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २३, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
नारायणगढ

तिहारको झिलिमिली दृश्य हेर्न केबलकार चढ्दै इलासम्म

तिहारका अवसरमा गैँडाकोटस्थित मौलाकाली केबलकार चढेर इला होटल पुग्ने पर्यटक यहाँबाट देखिने झिलिमिली दृश्यले आकर्षित भएका छन् ।
रासस ५७६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २३, सोमबार (२ घण्टा अघि)
Post Thumbnail

नारायणगढ (चितवन), २३ कात्तिकः तिहारका अवसरमा गैँडाकोटस्थित मौलाकाली केबलकार चढेर इला होटल पुग्ने पर्यटक यहाँबाट देखिने झिलिमिली दृश्यले आकर्षित भएका छन् । डाँडाबाट देखिने समथर बजार, सलल बगेको नारायणी नदी र नदीमा प्रतिबिम्बित सहरका बत्तीको दृश्यले स्वर्गीय अनुभूति गराउँछ ।

सामान्य दिनमा पनि यहाँबाट सुन्दर दृश्य अवलोकन गर्न सकिन्छ । तर, तिहारजस्ता विशेष पर्वमा सहर र बस्ती झिलिमिली हुँदा यहाँको दृश्य थप आकर्षक देखिन्छ । इला होटलबाट नारायणी नदीपारि गैँडाकोटबाट नारायणगढ, भरतपुर हुँदै रत्ननगरसम्मको सहरी क्षेत्र तथा देवघाट र आसपासका बस्ती दीपावलीका कारण उज्यालो देखिन्छन् ।

यही मनोरम दृश्य अवलोकन गर्न पर्यटक मौलाकाली केबलकार चढेर इला होटल पुग्ने गरेका छन् । तिहारका अवसरमा पर्यटकको आकर्षणलाई लक्षित गर्दै इलासम्म पुग्नका लागि मौलाकाली केबलरकार १८ घण्टा सञ्चालन भइरहेको छ । केबलकारका कार्यालय प्रमुख सुरज पौडेलका अनुसार यहाँ दैनिक रूपमा केबलकार चढेर इला होटल पुग्ने र यहाँको वातावरणमा रमाउने पर्यटक तथा धार्मिक भक्तजनको आगमन हुने गरेको छ ।

उहाँले भन्नुभयो, “यहाँ मन्दिरमा आउने भक्तजनहरू बिहान दिउँसो बढी हुनुहुन्छ । अनि कतिपय भक्तजन एक रात इलामा बसेर रमाइलो दृश्यका साथ बसेर मन्दिर दर्शन गरी फर्कनुहुन्छ ।” उहाँका अनुसार यहाँबाट साँझको समयमा रमाउन तथा आसपासको झिलिमिली दृश्य अवलोकन गर्न आउने पर्यटक बढिरहेका छन् । कतिपय पर्यटक साँझको समय होटलमा बिताएर मनोरञ्जन तथा दृश्यावलोकनपछि केबलकारमार्फत फर्कने गरेको उहाँले बताउनुभयो ।

पौडेलका अनुसार पर्यटकको बसाइँ र मनोरञ्जनका लागि होटलमा ६५ वटा कोठा छन् । त्यस्तै, पौडी खेल्नका लागि ‘रुफटप स्विमिङ पुल’ (छतमा रहेको पौडीपोखरी) र रातिको समयमा आसपासको झिलिमिली दृश्य अवलोकन गर्दै रमाउन ‘रुफ स्काईबार’को व्यवस्था गरिएको छ ।

मौलाकाली केबलकार चढेर पर्यटक यहाँसम्म पुग्न सक्छन् । केबलकारका १४ वटा डिब्बा रहेकामा दैनिक १२ वटा सञ्चालन हुने गरेका छन् । एउटा डिब्बामा एकपटकमा आठ जनासम्म यात्रा गर्न सक्ने व्यवस्था छ । तिहारका अवसरमा केबलकार चढेर होटल इला पुग्ने, दृश्यावलोकन गर्ने र तस्बिर खिच्ने पर्यटकको सङ्ख्या उल्लेख्य रहेको पौडेलले बताउनुभयो ।

  • इलाम
  • चितवन
  • नारायणगढ
  • प्रतिक्रिया दिनुहोस
    मनोरञ्जन सम्बन्धि थप
  • Post Thumbnail

    लोकप्रिय मर्दी पदयात्रा

  • तिहारको तेस्रो दिनः मनाइयो कुकुर तिहार

    तिहारको तेस्रो दिनः मनाइयो कुकुर तिहार

  • Post Thumbnail

    छ दिनमा तीन हजार बढी पर्यटक सिक्लेस पुगे

  • Post Thumbnail

    कार्तिक कृष्ण चतुर्दशी: नरक चतुर्दशी स्नान र दीपदान गरियो

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १९ गते बिहिबार

    २०८३ कात्तिक १९ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    भोटेकोशीको कटानले रसुवाको हाकुबेँसी गाउँ जोखिममा, बस्ती सार्न माग

    Post Thumbnail

    तिहार बिदामा पनि बाजुरा जिल्ला अदालत खुला रहने

    Post Thumbnail

    महाकवि देवकोटाको ११८औँ जन्मजयन्तीका अवसरमा दुई जना सम्मानित

    ‘प्रिय कर्णाली’मा कर्णालीको सभ्यता, पहिचान र सामाजिक रूपान्तरणको विमर्श

    ‘प्रिय कर्णाली’मा कर्णालीको सभ्यता, पहिचान र सामाजिक रूपान्तरणको विमर्श

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution