Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २३, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
धनुषा

केराका बोट, आम्दानीको स्रोत

मिथिला क्षेत्रमा दीपावली पर्व केराखेती गर्ने किसानका लागि अतिरिक्त आम्दानीको अवसर बनेको छ । लक्ष्मीपूजाका दिन घरघरमा केराका थामबाट स्वागतद्वार बनाउने परम्पराका कारण यस क्षेत्रमा केराका थामको माग बढेको हो ।
रासस ६०१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २३, सोमबार (२ घण्टा अघि)
केराका बोट, आम्दानीको  स्रोत

धनुषा, २३ कात्तिकः मिथिला क्षेत्रमा दीपावली पर्व केराखेती गर्ने किसानका लागि अतिरिक्त आम्दानीको अवसर बनेको छ । लक्ष्मीपूजाका दिन घरघरमा केराका थामबाट स्वागतद्वार बनाउने परम्पराका कारण यस क्षेत्रमा केराका थामको माग बढेको हो । पर्वका अवसरमा केराका थाम बिक्री गरेर किसानले राम्रो आम्दानी गर्न थालेका छन् ।

स्थानीय किसानले केराका थाम ट्याक्टर तथा बयलगाडामा राखेर जनकपुरधामलगायतका बजारमा बिक्रीका लागि पुर्याएका थिए । धनुषा र महोत्तरीका गाउँबस्तीबाट केराका थाम खरिद गर्न व्यापारी किसानका घरघर तथा केराघारी पुगेका थालेका थिए ।

धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–३ पकडियाका किसान सुशील सिंहले केराको बोट जनकपुरधाम बजारमा बिक्री गरेको बताउनुभयो । उहाँका अनुसार प्रतिथाम रु २५० देखि रु ३०० सम्म बिक्री भएको छ । यसबाट किसानलाई राम्रो आम्दानी हुने गरेको उहाँले बताउनुभयो ।

लक्ष्मीपूजाका लागि एक दिनअघिदेखि नै केराका थामको बिक्री भएको किसान बताउँछन् । जनकपुरधाममा शनिबार र आइतबारमात्रै करिब आठदेखि नौ हजार केराको थाम बिक्री भएको जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुरेन्द्र भण्डारीले जानकारी दिनुभयो ।

केराको झ्याङमा बोट धेरै गाँजिएपछि उत्पादन राम्रो लिन केही बोट हटाउनुपर्ने हुन्छ । सामान्य अवस्थामा उखेलेर फाल्नुपर्ने त्यस्ता बोट दीपावलीका बेला बिक्री हुँदा किसानलाई अतिरिक्त आम्दानी हुने गरेको छ ।

बर्दिबास नगरपालिका–९ पशुपतिनगरका केरा किसान ब्रह्मदेव महतोले केराको झ्याङमा गाँजिएका बोट हटाउनुपर्ने भए पनि दीपावलीमा बिक्री हुने भएकाले पर्व पर्खने गरेको बताउनुभयो । उहाँका अनुसार अन्य समयमा उखेलेर फाल्नुपर्ने बोट व्यवस्थापन गर्न खर्च लाग्ने भए पनि दीपावलीमा राम्रो मूल्यमा बिक्री हुने गरेको छ । उहाँले यस वर्ष एकै दिनमा रु १५ हजारभन्दा बढी मूल्यका केराका थाम बिक्री गरेको जानकारी दिनुभयो ।

मिथिला परम्पराअनुसार लक्ष्मीपूजाका दिन घर तथा व्यापारिक प्रतिष्ठानमा केराका थामबाट स्वागतद्वार बनाउने चलन छ । स्वागतद्वारका मूल खाँबाका रूपमा केराका थाम प्रयोग गरिने भएकाले दीपावलीमा यसको माग बढ्ने गरेको हो । सामान्यतया दुईवटा थाम प्रयोग गरेर स्वागतद्वार बनाउने चलन रहे पनि कतिपयले चारवटा थाम प्रयोग गर्ने गरेका छन् ।

धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–३ पकडियाका किसान रामनारायण सिंहका अनुसार यस वर्ष केराका थामका लागि एक साताअघिदेखि नै किसानले बैना लिन थालेका थिए । पर्वका दिन थामको अभाव हुनसक्ने र मूल्य बढ्नसक्ने भएकाले व्यापारीले केराघारीमै पुगेर मूल्य तय गरी खरिद गर्ने गरेका छन् ।

महोत्तरीको भङ्गाहा नगरपालिका–४ का व्यावसायिक केरा किसान सत्यनारायण यादवले यस वर्ष रु ३५ हजार बराबरका केराका थाम बिक्री गरेको बताउनुभयो । करिब एक बिघा क्षेत्रफलमा केराखेती गर्दै आउनुभएका उहाँका अनुसार राम्रो उत्पादन लिन केराको एउटा झ्याङमा तीनभन्दा बढी बोट राख्नु उपयुक्त हुँदैन । त्यसैले अतिरिक्त बोट छाँट्नुपर्ने हुन्छ । दीपावलीका बेला त्यस्ता बोट बिक्री हुने भएकाले किसानले यस पर्वलाई आम्दानीको अवसरका रूपमा लिने गरेका छन् ।

धनुषाको जनकपुरधाम, महेन्द्रनगर, ढल्केवर, सबैला, गोदार र वीरेन्द्रबजार तथा महोत्तरीको बर्दिबास, औरही, सीतापुर, मटिहानी, रामगोपालपुर, सम्सी, गौशाला, पिपरा, बलवा र जलेश्वरलगायतका बजारमा केराका थामको कारोबार भएको थियो । व्यापारिक प्रतिष्ठानका सञ्चालक तथा अन्य उपभोक्ता थाम खरिद गर्न गाउँबस्ती पुग्न थालेपछि किसानलाई घरमै बिक्री गर्ने सुविधा मिलेको छ ।

महोत्तरीको भङ्गाहा नगरपालिका–७ हतिसर्वाको झपौल बस्तीका किसान रामचन्द्र महराले चाडपर्वका बेला खर्चको जोहो गर्न केराका थामको बिक्रीले सहयोग पुगेको बताउनुभयो । बजारसम्म थाम पुर्याउनुपर्ने झन्झट नभई व्यापारी घरमै आएर खरिद गर्दा पर्व मनाउन सहज भएको उहाँको भनाइ छ ।

किसानका अनुसार दीपावलीका बेला एक जोडी केराका थाम रु ६०० सम्ममा बिक्री हुने गरेको छ । बलवा नगरपालिकाको भगवतीपुरका किसान ललन महतोले १० कट्ठामा लगाएको केराखेतीबाट ‘नयाँ कोथा’ बिक्री गरी रु १५ हजार आम्दानी गरेको बताउनुभयो ।

दीपावलीसँगै छठपर्वमा केराको घरी र कोथाको माग बढ्ने गरेको छ । छठ पर्वमा केराको घरी प्रसादका रूपमा चढाउने धार्मिक परम्परा रहेकाले यसको बिक्री बढ्ने किसान बताउँछन् । नियमित बजारमा बिक्री नहुने केराका अतिरिक्त बोट र कोथा चाडपर्वका बेला राम्रो मूल्यमा बिक्री हुँदा किसानका लागि अतिरिक्त आम्दानीको स्रोत बनेको छ । यसरी धार्मिक तथा सांस्कृतिक परम्परासँग जोडिएको केराको प्रयोगले मिथिलाञ्चलमा चाडपर्वको रौनक बढाउनुका साथै स्थानीय किसानको आयआर्जनमा योगदान हुँदै आएको छ ।

  • धनुषा
  • महोत्तरी
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • पशुपन्छीको बीमा गर्दै किसान

    पशुपन्छीको बीमा गर्दै किसान

  • Post Thumbnail

    तिहारको चौथो दिन गाईपूजा गरिँदै

  • आजदेखि कोप–३१ सुरुः वास्तविकता देखाउँदै नेपालले खोज्ने छ जलवायु न्याय

    आजदेखि कोप–३१ सुरुः वास्तविकता देखाउँदै नेपालले खोज्ने छ जलवायु न्याय

  • Post Thumbnail

    रोग र विषादीले मौरीपालन व्यवसाय सङ्कटमा

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १९ गते बिहिबार

    २०८३ कात्तिक १९ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    गाउँपालिकाको अनुदानले सयपत्री फूलखेतीमा आकर्षण

    पशुपन्छीको बीमा गर्दै किसान

    पशुपन्छीको बीमा गर्दै किसान

    Post Thumbnail

    तिहारको चौथो दिन गाईपूजा गरिँदै

    आजदेखि कोप–३१ सुरुः वास्तविकता देखाउँदै नेपालले खोज्ने छ जलवायु न्याय

    आजदेखि कोप–३१ सुरुः वास्तविकता देखाउँदै नेपालले खोज्ने छ जलवायु न्याय

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution