Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २३, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

बङ्गलादेशको राष्ट्रिय क्रान्ति तथा एकता दिवस मनाइयो

काठमाडौँस्थित बङ्गलादेशी दूतावासले विविध कार्यक्रम आयोजना गरी बङ्गलादेशको राष्ट्रिय क्रान्ति तथा एकता दिवस मनाएको छ ।
रासस ६५१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २३, आईतबार (२ घण्टा अघि)
बङ्गलादेशको राष्ट्रिय क्रान्ति तथा एकता दिवस मनाइयो

काठमाडौँ, २२ कात्तिक: काठमाडौँस्थित बङ्गलादेशी दूतावासले विविध कार्यक्रम आयोजना गरी बङ्गलादेशको राष्ट्रिय क्रान्ति तथा एकता दिवस मनाएको छ ।

सन् १९७५ नोभेम्बर ७ तारिखमा भएको ऐतिहासिक घटनाको स्मरण तथा बङ्गलादेशको इतिहासमा त्यस दिनको महत्व उजागर गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रमको प्रारम्भ बङ्गलादेशको राष्ट्रिय झण्डोत्तोलन गरी गरिएको थियो भने वक्ताहरूले सहिदको आत्माको चिरशान्ति तथा देशको निरन्तर शान्ति र समृद्धिको कामना गर्दै विशेष प्रार्थना गरिएको थियो ।

दिवसका अवसरमा बङ्गलादेशका राष्ट्रपति र प्रधानमन्त्रीले जारी गर्नुभएका शुभकामना सन्देशसमेत वाचन गरिएको थियो । यसैगरी दिवसको ऐतिहासिक पृष्ठभूमि र महत्त्व झल्काउने दुई वृत्तचित्र प्रदर्शन गरिएको थियो ।

वक्ताहरूले ऐतिहासिक महत्त्व, राष्ट्र निर्माणको प्रक्रियामा त्यसले पुर्‍याएको योगदान तथा बङ्गलादेशको राजनीतिक इतिहासमा त्यसको भूमिकाबारे चर्चा गर्नुभएको थियो । उहाँहरूले बहुदलीय प्रजातन्त्र, अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताको पुन:स्थापनामा सहिद एवं प्रथम राष्ट्रपति जियाउर रहमानले निर्वाह गर्नुभएको भूमिकाको स्मरण गर्नुभयो ।

साथै राष्ट्रिय एकता, सार्वभौमिकता र जनताको सामूहिक आकाङ्क्षाको संरक्षण गर्दै मुलुकको स्वतन्त्रता र लोकतान्त्रिक यात्रालाई अघि बढाउन उहाँले पुर्‍याउनुभएको योगदानको पनि चर्चा गरिएको थियो ।

बङ्गलादेशका लागि नेपालका राजदूत शफिकुर रहमानले बङ्गलादेशको राजनीतिक इतिहासको महत्वपूर्ण मोडका रूपमा व्याख्या गर्नुभयो । उहाँले स्वतन्त्रताका उद्घोषक तथा ‘वीर उत्तम’ उपाधिप्राप्त सहिद राष्ट्रपति रहमानलाई सोही दिन सैनिक सहकर्मी र आमनागरिकले बन्दी अवस्थाबाट मुक्त गराएको स्मरण गर्नुभयो ।

त्यसपछि गम्भीर सङ्कटबाट मुलुकलाई बाहिर निकाल्ने जिम्मेवारी उहाँलाई सुम्पिएको उहाँले बताउनुभयो । उहाँले बङ्गलादेशमा उत्पादनमुखी राजनीतिको सुरुआत गर्ने अग्रणी व्यक्तित्वका रूपमा राष्ट्रपति हमानको महत्वपूर्ण भूमिका र उहाँको दीर्घकालीन योगदानको पनि चर्चा गर्नुभयो ।

  • काठमाडौँ
  • प्रतिक्रिया दिनुहोस
    राजनीति सम्बन्धि थप
  • Post Thumbnail

    रास्वपाका सभापति लामिछानेको कामनाः सामाजिक र राष्ट्रिय एकता बलियो होस्

  • Post Thumbnail

    चाडपर्वले सामाजिक सद्भाव र राष्ट्रिय एकता बलियो बनाउँछ: प्रदेश प्रमुख देवकोटा

  • Post Thumbnail

    मुख्यमन्त्री थापामगरद्वारा नारी शक्तिको सम्मान गर्न आग्रह

  • Post Thumbnail

    नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कोप-३१ मा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अन्ताल्यामा

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १९ गते बिहिबार

    २०८३ कात्तिक १९ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    तिहारको तेस्रो दिनः मनाइयो कुकुर तिहार

    तिहारको तेस्रो दिनः मनाइयो कुकुर तिहार

    Post Thumbnail

    रोटरीको मेगा रक्तदान अभियानमार्फत ५१९ पिन्ट रगत सङ्कलन

    ‘भोटे कुकुर’: भेँडाबाख्राका रक्षक, गोठालाका सारथी

    ‘भोटे कुकुर’: भेँडाबाख्राका रक्षक, गोठालाका सारथी

    Post Thumbnail

    रास्वपाका सभापति लामिछानेको कामनाः सामाजिक र राष्ट्रिय एकता बलियो होस्

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution