Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २३, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
हेटौँडा

मुख्यमन्त्री थापामगरद्वारा नारी शक्तिको सम्मान गर्न आग्रह

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले लक्ष्मीपूजाका अवसरमा घर, परिवार र समाजमा रहेका महिलाको सम्मान गर्नुपर्नेमा जोड दिनुभएको छ ।
रासस ५५१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २३, आईतबार (१ घण्टा अघि)
Post Thumbnail

हेटौँडा, २२ कात्तिकः बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले लक्ष्मीपूजाका अवसरमा घर, परिवार र समाजमा रहेका महिलाको सम्मान गर्नुपर्नेमा जोड दिनुभएको छ । लक्ष्मीपूजाका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले देवी लक्ष्मीको तस्बिरमा पूजा गर्नुका साथै वास्तविक जीवनमा पनि महिलालाई आदर र सम्मान गर्नुपर्नेमा जोड दिनुभएको हो ।

“तस्बिरकी लक्ष्मीको पूजा मात्र होइन, घर–समाजकी लक्ष्मीलाई पनि आदर सम्मान दिनुहोस्”, मुख्यमन्त्री थापामगरले सन्देशमा भन्नुभएको छ । उहाँले बल, विद्या र धनलाई संसारका तीन प्रमुख शक्तिका रूपमा उल्लेख गर्दै ती सबै शक्ति नारी स्वरूपमा रहेका बताउनुभयो ।

पार्वतीलाई बल, सरस्वतीलाई विद्या र लक्ष्मीलाई धनको प्रतीकका रूपमा प्रस्तुत गर्दै उहाँले नारी शक्तिप्रतिको दृष्टिकोण परिवर्तन गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ । “स्त्री शक्ति कमजोर छैन, कमजोर छ त केवल हामीभित्रको दृष्टिकोण र मानसिकता”, उहाँले भन्नुभयो ।

मुख्यमन्त्री थापामगरले धार्मिक आस्था र दैनिक व्यवहारमा एकरूपता हुनुपर्ने उल्लेख गर्दै महिलाको सम्मानलाई पूजा र शुभकामनामा मात्र सीमित नराख्न आग्रह गर्नुभएको छ । उहाँले नारी सम्मानको सन्देश बोकेको तिहार महिला उत्थानको आधार बन्ने विश्वास व्यक्त गर्दै लक्ष्मीपूजाका अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ ।

  • हेटौँडा
  • प्रतिक्रिया दिनुहोस
    राजनीति सम्बन्धि थप
  • Post Thumbnail

    नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कोप-३१ मा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अन्ताल्यामा

  • Post Thumbnail

    भोटेकोशी बाढीमा बेपत्ता भएका जुम्लाका ६३ जनाको यकीन सूची सार्वजनिक

  • Post Thumbnail

    बजेट विवादमा सुदूरपश्चिम प्रदेशसभा बैठक अवरुद्ध

  • प्रदेश प्रमुख कर्णद्वारा दीपावली, भाइटीका र छठको शुभकामना

    प्रदेश प्रमुख कर्णद्वारा दीपावली, भाइटीका र छठको शुभकामना

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १९ गते बिहिबार

    २०८३ कात्तिक १९ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    यु-१९ एसिया कप: युएईविरुद्ध नेपाललाई ब्याटिङको निम्तो

    Post Thumbnail

    संवादलाई प्राथमिकता दिन विश्व समुदायलाई आग्रह

    ढकमक्क फूलले ढाकियो धनकुटा

    ढकमक्क फूलले ढाकियो धनकुटा

    Post Thumbnail

    मुख्यमन्त्री थापामगरद्वारा नारी शक्तिको सम्मान गर्न आग्रह

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution