Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २३, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
ललितपुर

भोटेकोशी बाढीको विपद्, उद्धार र पुनर्निर्माणको कथा ‘द सनसाइन फ्लड’

रसुवा, नुवाकोट, धादिङलगायत भोटेकोशी-त्रिशूली नदी करिडोरमा गत भदौ १० गते आएको बाढी र त्यसबाट भएको मानवीय तथा भौतिक क्षति, उद्धार र खोजीको अनुभव तथा विपद्पछिको राहत र पुनर्निर्माण प्रयासलाई समेटेर ‘द सनसाइन फ्लड’ पुस्तक प्रकाशित भएको छ ।
रासस ७२६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २३, आईतबार (२ घण्टा अघि)
भोटेकोशी बाढीको विपद्, उद्धार र पुनर्निर्माणको कथा ‘द सनसाइन फ्लड’

ललितपुर, २२ कात्तिक: रसुवा, नुवाकोट, धादिङलगायत भोटेकोशी-त्रिशूली नदी करिडोरमा गत भदौ १० गते आएको बाढी र त्यसबाट भएको मानवीय तथा भौतिक क्षति, उद्धार र खोजीको अनुभव तथा विपद्पछिको राहत र पुनर्निर्माण प्रयासलाई समेटेर ‘द सनसाइन फ्लड’ पुस्तक प्रकाशित भएको छ ।

तरङ्ग नेपालले शनिबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा पुस्तकको आवरण सार्वजनिक गरिएको हो । कार्यक्रममा विपद् व्यवस्थापन, इन्जिनियरिङ, अनुसन्धान तथा विकास क्षेत्रका विज्ञ, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, लेखक तथा सम्पादकको उपस्थिति थियो ।

डा ईश्वर थापा र इन्जिनियर राजन थापाले लेख्नुभएको उक्त पुस्तकमा सात जना सहसम्पादकसहित इन्जिनियर, अनुसन्धानकर्ता, प्राविधिक तथा अन्य विज्ञले सहकार्य गर्नुभएको छ । पुस्तकमा बाढीको उत्पत्ति र प्रभाव, मानवीय क्षति, उद्धार तथा खोजीका अनुभव, प्रभावित समुदायको अवस्था र भविष्यमा यस्ता विपद्को जोखिम न्यूनीकरणका उपाय समेटिएका छन् ।

पुस्तकको नाम ‘द सनसाइन फ्लड’ अर्थात् ‘आकाशमा बादल नहुँदै आएको बाढी’ नाम दिइएको छ । पुस्तकमा गत भदौ १० गते (अगस्ट २६) मा हिमाली क्षेत्रमा हिउँ र चट्टान खस्दा ल्हेन्दे नदी हुँदै भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीको घटनाक्रम प्रस्तुत गरिएको छ । सामान्यतया बाढी आउनुअघि देखिने वर्षा, बादल वा नदीको सतह बढ्ने सङ्केतबिनै आएको उक्त बाढीले रसुवा, नुवाकोटलगायत नदी तटीय क्षेत्रका बस्ती, पूर्वाधार र जनजीवनमा ठूलो क्षति पुर्‍याएको थियो ।

‘द डे द माउन्टेन फेल विदाउट अ क्लाउड इन द स्काई’ ( आकाशमा बादल नभएको बेला हिमाल अचानक ढलेको दिन) उपशीर्षक रहेको पुस्तकमा हिमपहिरो र चट्टान खस्दा कसरी बाढी उत्पन्न भयो ? भन्ने घटनालाई प्रत्यक्षदर्शीका अनुभव, पीडितका भनाइ, अभिलेख र वैज्ञानिक अध्ययनका आधारमा प्रस्तुत गरिएको छ ।

पुस्तकका अनुसार हिउँ र चट्टान खसेर ल्हेन्दे उपत्यकामा पुगेपछि केही मिनेटमै पानी, हिलो र ठूला ढुङ्गासहितको बाढी रसुवागढी, टिमुरे र स्याफ्रुबेँसी हुँदै त्रिशूली नदी क्षेत्रमा फैलिएको थियो । वर्षा र पूर्वचेतावनीबिनै आएको बाढीले स्थानीय बस्ती, विद्यालय, पुल तथा अन्य पूर्वाधारमा क्षति पुर्‍याउनुका साथै जनजीवन प्रभावित बनाएको थियो ।

‘न्यारेटिभ नन-फिक्सन’ (कथात्मक गैर-आख्यान) विधामा तयार गरिएको पुस्तकमा विपद्का बेला उद्धारमा खटिएका व्यक्ति, खोजी तथा सहयोगमा जुटेका समुदाय र प्रभावित परिवारका अनुभव समेटिएका छन् । विपद्का बेला देखिएका चुनौती र आगामी दिनमा यस्ता घटनाबाट हुने क्षति न्यूनीकरण गर्न आवश्यक परिवर्तनबारे पनि पुस्तकमा विश्लेषण गरिएको लेखक डा ईश्वरले जानकारी दिनुभयो ।

उहाँका अनुसार पुस्तकमा नेपालले बाढी प्रभावित क्षेत्रमा सञ्चालन गरेका राहत, पुन:स्थापना तथा सामुदायिक सहयोगका गतिविधि समेटिएका छन् । पीस विन्ड्स जापान र मर्सी मलेसियाको सहयोगमा संस्थाले प्राविधिक टोली परिचालन गरी क्षतिको मूल्याङ्कन, प्रभावित परिवारको आवश्यकता पहिचान र राहत वितरण गरेको विवरण पुस्तकमा छ ।

पुस्तकमा उल्लेख भएअनुसार संस्थाले विभिन्न कार्यक्रममार्फत एक हजार ४४८ परिवारलाई राहत तथा सहयोग उपलब्ध गराएको थियो । त्यस्तै, ३०६ शिक्षक तथा विद्यार्थी, दुई स्वास्थ्य संस्था र एउटा वडा कार्यालयलाई पनि सहयोग गरिएको थियो ।

राहत वितरणअन्तर्गत रसुवाको उत्तरगया गाउँपालिका-५ का ५०१ घरपरिवारलाई जाडोयाममा प्रयोग हुने विद्युतीय हिटर, इलेक्ट्रिक केतली र थर्मस वितरण गरिएको थियो । नुवाकोटको विदुर नगरपालिका-१ का १९५, वडा नं ७ का ५० र वडा नं १० का २५२ घरपरिवारलाई घरायसी तथा पुनर्निर्माणका लागि आवश्यक औजार उपलब्ध गराइएको पुस्तकमा उल्लेख छ ।

त्यसैगरी, रसुवाको गोसाइँकुण्ड गाउँपालिका-५ का ३५० घरपरिवारलाई इन्डक्सन चुल्होसहित भान्साका सामग्री र नुवाकोटको विदुर नगरपालिका-१० का १०० घरपरिवारलाई ग्यास सिलिन्डरसहित भान्साका सामग्री वितरण गरिएको थियो ।

स्वास्थ्य सेवा निरन्तर राख्न विदुर नगरपालिका-५ स्थित आयुर्वेदिक अस्पताल र वडा नं १० स्थित सहरी स्वास्थ्य केन्द्रलाई औषधि तथा स्वास्थ्य सामग्री सहयोग गरिएको थियो । विदुर नगरपालिका-१० को वडा कार्यालयमा सौर्य ऊर्जा र इन्भटर प्रणाली जडान गरी वैकल्पिक विद्युत् आपूर्तिको व्यवस्था मिलाइएको थियो । विदुर नगरपालिका-२, बट्टारस्थित भीमसेन माध्यमिक विद्यालयका ३०६ शिक्षक तथा विद्यार्थीलाई पनि सहयोग गरिएको विवरण पुस्तकमा समेटिएको छ ।

पुस्तकले राहत वितरणलाई सामग्री हस्तान्तरणमा मात्र सीमित नराखी प्रभावित परिवारको आवश्यकता पहिचान, स्थलगत अध्ययन, स्थानीय तहसँगको समन्वय, सामग्रीको अभिलेखीकरण, वितरणमा पारदर्शिता र समुदायको पुन:स्थापनालाई प्राथमिकता दिएको छ ।

विपद्पछिको पुनर्निर्माणसँगै भविष्यमा हुनसक्ने क्षति न्यूनीकरणका उपायलाई पनि पुस्तकले महत्व दिएको छ । नदीले बगाएर ल्याएको गेग्रान तथा ढुङ्गामाटोको पुन:प्रयोग, नदी किनारका भवनको सुरक्षा, भोटेकोशी-त्रिशूली करिडोरमा पूर्वचेतावनी प्रणालीको विकास र रसुवाको खाद्यसुरक्षालाई आगामी दिनका प्राथमिकताका रूपमा प्रस्तुत गरिएको छ ।

विशेषगरी बाढी प्रभावित क्षेत्रमा एउटा मात्र भवन सुरक्षित रहनुका कारण, नदीको बहाव तथा गेग्रान व्यवस्थापन र जोखिमयुक्त क्षेत्रमा पूर्वाधार निर्माण गर्दा अपनाउनुपर्ने सावधानीबारे पुस्तकमा चर्चा गरिएको छ । पुस्तकमा प्रभावित क्षेत्रका बासिन्दाका अनुभवलाई प्राथमिकता दिइएको छ । लेखकका अनुसार स्थलगत अध्ययन, प्रत्यक्ष अनुभव र घटनाक्रमको सङ्कलनबाट पुस्तक तयार पारिएको हो ।

वरिष्ठ भूगर्भविद् इन्जिनियर सन्मुखेश चन्द्र अमात्यले पुस्तकले विपद्को कथा र समुदायको सहनशीलतालाई अभिलेखीकरण गरेको बताउनुभयो । उहाँका अनुसार पुस्तकले बाढीबाट भएको विनाशको विवरण मात्र प्रस्तुत नगरी समुदाय, स्वयंसेवक, प्राविधिक जनशक्ति, स्थानीय सरकार तथा राष्ट्रिय र अन्तरराष्ट्रिय सहयोगी संस्थाबीचको सहकार्यले पुन:स्थापनामा पुर्‍याउनसक्ने योगदानलाई पनि उजागर गरेको छ ।

रसुवा र त्रिशूली उपत्यकाका बासिन्दालाई समर्पित पुस्तकले प्राकृतिक विपद्को इतिहास अभिलेखीकरण गर्नुका साथै जोखिम न्यूनीकरण, पूर्वतयारी र मानवीय सहायताका क्षेत्रमा काम गर्ने निकाय तथा सरोकारवालालाई महत्वपूर्ण सन्दर्भ सामग्री उपलब्ध गराउने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।

कार्यक्रममा तरङ्ग नेपालका कार्यकारी निर्देशक अमितप्रसाद तिमल्सेनाले ‘पर्दापछाडिका कुरा’ शीर्षकमा प्रस्तुति दिँदै विपद्पछिको स्थलगत अध्ययन, मानवीय सहायता र प्रभावित समुदायसँगको अन्तरक्रियाले पुस्तक तयार पार्न सहयोग पुगेको अनुभव सुनाउनुभयो ।

बाढीको खबर प्राप्त हुनासाथ तरङ्ग नेपालले प्रभावित क्षेत्रका स्थानीय सम्पर्क व्यक्ति, जलविद्युत् आयोजनामा कार्यरत प्राविधिक तथा अन्य सरोकारवालासँग समन्वय सुरु गरेको थियो । उद्धार तथा खोजीमा प्रत्यक्ष संलग्न हुन कठिन परिस्थिति रहेकाले संस्थाले राहत तथा पुनर्लाभका गतिविधिमार्फत सहयोग गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।

इन्जिनियरिङ, अनुसन्धान, सामाजिक सेवा र स्वयंसेवाका क्षेत्रमा कार्यरत जनशक्तिलाई एकीकृत गर्दै संस्थाले प्राविधिक ज्ञान, मानवीय सहायता तथा ज्ञान विकासमार्फत जोखिममा रहेका समुदायलाई सहयोग गर्दै आएको छ । छ भाग र ३१ अध्यायमा विभाजित पुस्तकमा बाढीअघिको भोटेकोशी नदी करिडोरको अवस्था, विपद्को दिनका घटनाक्रम, उद्धार तथा जीवनरक्षाका अनुभव, मानवीय क्षति र शोक, आर्थिक तथा वातावरणीय प्रभाव एवं भविष्यका लागि आवश्यक पाठ समेटिएका छन् ।

त्यसैगरी, हिमाली विपद्को जोखिम मूल्याङ्कन, पूर्वसूचना प्रणालीको सुदृढीकरण, बाढीबाट थुप्रिएको गेग्रानलाई पुनर्निर्माण सामग्रीका रूपमा उपयोग गर्ने सम्भावना, जलविद्युत् आयोजनाको सुरक्षा र जलवायुजन्य जोखिमका कारण रसुवाको खाद्य सुरक्षामा पर्नसक्ने प्रभावबारे अनुसन्धान तथा नीतिगत दृष्टिकोणबाट विश्लेषण गरिएको छ ।

प्रभावित समुदायका अनुभव र वैज्ञानिक तथा दस्तावेजीकृत तथ्यलाई एकैठाउँमा प्रस्तुत गर्नु पुस्तकको विशेषता रहेको छ । पुस्तकमा तथ्याङ्क तथा घटनासम्बन्धी विवरणका लागि आधिकारिक प्रतिवेदन, प्रकाशित अनुसन्धान र पत्रकारितामा आधारित सामग्री प्रयोग गरिएको छ । प्रमाणित तथ्य, व्यक्तिगत अनुभव, विश्लेषण र अझै स्पष्ट हुन नसकेका विषयबीच पनि भिन्नता कायम गरिएको लेखकहरूले जनाएका छन् ।

पुस्तकले माथिल्लो भोटेकोशी क्षेत्रमा पूर्वसूचना प्रणाली पुन:स्थापना तथा सुदृढीकरण, सीमापार सूचना आदानप्रदान, पुनर्निर्माणअघि जोखिम मूल्याङ्कन, जलविद्युत् पूर्वाधारको सुरक्षा र बेपत्ता व्यक्तिको पहिचान प्रक्रियालाई तीव्रता दिनुपर्ने सुझाव दिएको छ ।

  • धादिङ
  • नुवाकोट
  • रसुवा
  • ललितपुर
  • प्रतिक्रिया दिनुहोस
    विचार/लेख सम्बन्धि थप
  • Post Thumbnail

    आलेखः ‘वी वान्ट क्लाइमेट जस्टिस’

  • Post Thumbnail

    मिथिला क्षेत्रमा किसानलाई केरा गोडमेलको अवसर

  • नियममा बाँधिएपछि टोल बन्यो सुन्दर

    नियममा बाँधिएपछि टोल बन्यो सुन्दर

  • Post Thumbnail

    तिहारमा मिठाई र बत्तीको व्यापार

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १९ गते बिहिबार

    २०८३ कात्तिक १९ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    रास्वपाका सभापति लामिछानेको कामनाः सामाजिक र राष्ट्रिय एकता बलियो होस्

    प्रहरी केनाइन कार्यालयमा कुकुर पूजा सम्पन्न

    प्रहरी केनाइन कार्यालयमा कुकुर पूजा सम्पन्न

    तिहार बिदामा मुस्ताङ घुम्ने पर्यटक बढ्दै

    तिहार बिदामा मुस्ताङ घुम्ने पर्यटक बढ्दै

    बङ्गलादेशको राष्ट्रिय क्रान्ति तथा एकता दिवस मनाइयो

    बङ्गलादेशको राष्ट्रिय क्रान्ति तथा एकता दिवस मनाइयो

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution