Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २२, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
कास्की

फेवाताल किनारमा मौलिक देउसीभैलो उत्सव हुँदै

नेपाली मौलिक संस्कृति र परम्परागत देउसीभैलोको संरक्षण गर्दै पोखराको सांस्कृतिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले फेवाताल किनारमा मौलिक देउसीभैलो उत्सव आयोजना हुने भएको छ ।
रासस ७२६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २२, शनिबार (२ घण्टा अघि)
Post Thumbnail

कास्की, २१ कात्तिकः नेपाली मौलिक संस्कृति र परम्परागत देउसीभैलोको संरक्षण गर्दै पोखराको सांस्कृतिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले फेवाताल किनारमा मौलिक देउसीभैलो उत्सव आयोजना हुने भएको छ ।

पोखरा पर्यटन परिषद्, पोखरा महानगरपालिका पर्यटन प्रवर्द्धन शाखा र पब्लिक फोरके टेलिभिजनको संयुक्त आयोजनामा यही कात्तिक २३ गते लेकसाइडको गौरीघाटमा उत्सव आयोजना गर्न लागिएको शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले देउसीभैलो नेपाली समाजको मौलिक सांस्कृतिक पहिचानसँग जोडिएको परम्परा भएकाले यसको संरक्षण र प्रवर्द्धन आवश्यक रहेको बताउनुभयो । आधुनिकताको प्रभावले देउसीभैलोको मौलिक स्वरूप परिवर्तन हुँदै गएको उल्लेख गर्दै उहाँले पुराना भाका, शब्द र परम्परालाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले यस्ता कार्यक्रमले संस्कृति संरक्षणसँगै पोखरा आउने विदेशी पर्यटकलाई नेपाली तिहार र संस्कृतिबारे प्रत्यक्ष जानकारी गराउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

पोखरा महानगरपालिकाको आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले संस्कृति संरक्षणलाई पर्यटन प्रवर्द्धनसँग जोडेर अघि बढाउनुपर्ने बताउनुभयो । पोखरा आउने स्वदेशी तथा विदेशी पर्यटकलाई नेपाली चाडपर्व, संस्कार र परम्पराको प्रत्यक्ष अनुभव गराउन सांस्कृतिक उत्सव प्रभावकारी माध्यम बन्न सक्ने उहाँको भनाइ छ ।

उत्सवस्थलमा सयपत्री फूल र सेलरोटीका प्रदर्शनी कक्षसमेत राखिने जानकारी दिँदै उहाँले यसबाट तिहारको सांस्कृतिक तथा खानपानको परम्परालाई पर्यटकमाझ चिनाउन सहयोग पुग्ने बताउनुभयो ।

पोखराको प्रमुख पर्यटकीय क्षेत्र लेकसाइडमा आयोजना हुने उत्सवले पर्यटकलाई नेपाली संस्कृति नजिकबाट अनुभव गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ । हिमाल, ताल र प्राकृतिक सौन्दर्यका साथै स्थानीय संस्कृति, चाडपर्व र जीवनशैलीको अनुभवसमेत पर्यटकलाई गराउन सके पोखराको पर्यटन थप विविधतायुक्त बन्ने पर्यटन व्यवसायीको विश्वास छ ।

पब्लिक फोरके टेलिभिजनका प्रबन्ध निर्देशक मन क्षेत्रीका अनुसार उत्सवमा विभिन्न जातजातिका १० समूहले आआफ्नो मौलिक वेशभूषा, परम्परागत भाका र शैलीमा देउसीभैलो प्रस्तुत गर्नेछन् । सहभागी समूहको मौलिकता, परम्परागत शब्द, लय, ताल, वेशभूषा र सांस्कृतिक प्रस्तुतिका आधारमा प्रतियोगिता सञ्चालन गरिनेछ ।

पोखरा पर्यटन परिषद्का महासचिव मिलन तिवारीले उत्सवले पोखराको सांस्कृतिक पर्यटन प्रवद्र्धनमा योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो । पर्यटन प्राकृतिक दृश्यावलोकनमा मात्र सीमित नभई स्थानीय संस्कृति, परम्परा, खानपान र जीवनशैलीको अनुभवसमेत भएकाले यस्ता कार्यक्रमले पोखराको पर्यटनलाई थप आकर्षक बनाउन सहयोग पुग्ने उहाँको भनाइ छ ।

प्रतियोगितामा सहभागी प्रत्येक समूहलाई रु पाँच हजार ५५५ र प्रमाणपत्र प्रदान गरिनेछ । उत्कृष्ट समूहलाई रु २५ हजार, ट्रफी र प्रमाणपत्रसहित ‘देउसीभैलो च्याम्पियन’ घोषणा गरिने आयोजकले जनाएको छ ।

  • कास्की
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    चाडपर्वले सामाजिक सद्भाव र राष्ट्रिय एकता बलियो बनाउँछन् : प्रदेश प्रमुख मियाँ

  • कर्णाली सरकारको १०० दिनको उपलब्धि सार्वजनिक

    कर्णाली सरकारको १०० दिनको उपलब्धि सार्वजनिक

  • Post Thumbnail

    तिहारको सांस्कृतिक महत्त्व नयाँ पुस्तासम्म पुर्‍याउन संस्कृतिविद्को जोड

  • Post Thumbnail

    कार्तिक कृष्ण त्रयोदशीः भगवान् धनवन्तरीको पूजा आराधना गरी मनाइयो धनवन्तरी जयन्ती

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १९ गते बिहिबार

    २०८३ कात्तिक १९ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    चाडपर्वले सामाजिक सद्भाव र राष्ट्रिय एकता बलियो बनाउँछन् : प्रदेश प्रमुख मियाँ

    कर्णाली सरकारको १०० दिनको उपलब्धि सार्वजनिक

    कर्णाली सरकारको १०० दिनको उपलब्धि सार्वजनिक

    Post Thumbnail

    तिहारको सांस्कृतिक महत्त्व नयाँ पुस्तासम्म पुर्‍याउन संस्कृतिविद्को जोड

    Post Thumbnail

    कार्तिक कृष्ण त्रयोदशीः भगवान् धनवन्तरीको पूजा आराधना गरी मनाइयो धनवन्तरी जयन्ती

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution