Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २२, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
सुदूरपश्चिम

बजेट विवादमा सुदूरपश्चिम प्रदेशसभा बैठक अवरुद्ध

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आर्थिक वर्ष २०८३/८४ को बजेट विवादलाई लिएर सुदूरपश्चिम प्रदेशसभा बैठक अवरुद्ध गरेको छ ।
रासस ५०१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २२, शनिबार (२ घण्टा अघि)
Post Thumbnail

सुदूरपश्चिम, २१ कात्तिकः प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आर्थिक वर्ष २०८३/८४ को बजेट विवादलाई लिएर सुदूरपश्चिम प्रदेशसभा बैठक अवरुद्ध गरेको छ । अवरोधपछि आज आधा घण्टाका लागि स्थगित गरिएको बैठक पुनःबस्न नसकी अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ । आज प्रदेशसभाको आठौँ अधिवेशनको २४औँ बैठक सुरु हुनासाथ कांग्रेसका प्रदेशसभा सदस्यहरूले उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुख भीमबहादुर भण्डारीले दलका तर्फबाट धारणा राख्न समय दिनुभएको थियो ।

बैठकमा कांग्रेस नेता विक्रम धामीले अर्थमन्त्रीले बजेटमा त्रुटि भएको स्वीकार गरिसकेको र सरकारको नेतृत्वकर्ता नेपाली कम्युनिष्ट पार्टीको संसदीय दललेसमेत बजेट पुनर्लेखन गर्ने सहमति जनाएपछि बजेट पारित गर्न सहमत भएका अवस्थामा सरकारले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताउनुभयो ।

उहाँले सभामुखलेसमेत सात सदस्यीय समिति बनाएर बजेट पुनरावलोकन गराउने आशय व्यक्त गरिसकेको उल्लेख गर्दै त्यस कारण पनि वर्तमान सरकार सत्तामा रहिरहनु उपयुक्त नभएको कांग्रेसको धारणा रहेको बताउनुभयो ।

कांग्रेसले सरकारविरुद्ध नाराबाजीसहित अवरोध जारी राखेपछि सभामुख भण्डारीले आधा घण्टाका लागि बैठक स्थगित गर्नुभएको थियो । प्रतिपक्षीसँग सहमति जुट्न नसकेपछि पुनःबैठक नबसी अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको हो । आजको बैठकमा प्रदेशसभा नियमावली, २०८० को नियम १५ बमोजिम समसामयिक विषयमा दलगत आधारमा सम्बोधन गर्ने कार्यसूची रहेको थियो ।

यसअघि आर्थिक वर्ष सुरु भएको करिब तीन महिनासम्म यहाँ ‘बजेट होलीडे’ को अवस्था रहेको थियो । बजेटकै कारण तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकार प्रदेशसभामा बजेट पेस गरिसकेपछि विघटन भएको थियो । त्यसपछि बनेको मुख्यमन्त्री खगराज भट्ट नेतृत्वको सरकारले गत असोज २६ गते प्रदेशसभाबाट प्रतिपक्षीको बहिष्कारका बीच बहुमतले बजेट पारित भएको थियो । हालको बजेटमाथि पनि पार्टीभित्र र बाहिर विरोध भइरहेको छ । कांग्रेस बजेट पारित गर्न सरकार र सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै सरकारले राजीनामा दिनुपर्ने अडानमा छ ।

  • नेपाली कांग्रेस
  • संसद
  • सुदूरपश्चिम
  • प्रतिक्रिया दिनुहोस
    राजनीति सम्बन्धि थप
  • प्रदेश प्रमुख कर्णद्वारा दीपावली, भाइटीका र छठको शुभकामना

    प्रदेश प्रमुख कर्णद्वारा दीपावली, भाइटीका र छठको शुभकामना

  • Post Thumbnail

    दीपावलीले आपसी सद्भाव, एकता र भाइचाराको भावना बलियो बनाउने विश्वास

  • पहिलो गणतान्त्रिक सरकारले नै कर्णालीको समृद्धिको खाका कोरेको हो : संयोजक दाहाल

    पहिलो गणतान्त्रिक सरकारले नै कर्णालीको समृद्धिको खाका कोरेको हो : संयोजक दाहाल

  • Post Thumbnail

    सर्वोच्च अदालतका लागि सिफारिस चार न्यायाधीशको नाम सर्वसम्मत अनुमोदन

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १९ गते बिहिबार

    २०८३ कात्तिक १९ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    चाडपर्वले सामाजिक सद्भाव र राष्ट्रिय एकता बलियो बनाउँछन् : प्रदेश प्रमुख मियाँ

    कर्णाली सरकारको १०० दिनको उपलब्धि सार्वजनिक

    कर्णाली सरकारको १०० दिनको उपलब्धि सार्वजनिक

    Post Thumbnail

    तिहारको सांस्कृतिक महत्त्व नयाँ पुस्तासम्म पुर्‍याउन संस्कृतिविद्को जोड

    Post Thumbnail

    कार्तिक कृष्ण त्रयोदशीः भगवान् धनवन्तरीको पूजा आराधना गरी मनाइयो धनवन्तरी जयन्ती

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution