Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २२, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
जुम्ला

चामलको सहज पहुँचसँगै जुम्लामा चिनोखेती घट्दै

जुम्लामा पछिल्लो समय चिनोखेती गर्ने किसानको सङ्ख्या घट्दै गएको छ । गाउँगाउँसम्म सडक सञ्जाल विस्तार भई चामल सहज रूपमा उपलब्ध हुन थालेपछि किसानले चिनोखेती गर्न छाड्दै गएका हुन् ।
रासस ७७६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २२, शनिबार (२ घण्टा अघि)
Post Thumbnail

जुम्ला, २१ कात्तिकः जुम्लामा पछिल्लो समय चिनोखेती गर्ने किसानको सङ्ख्या घट्दै गएको छ । गाउँगाउँसम्म सडक सञ्जाल विस्तार भई चामल सहज रूपमा उपलब्ध हुन थालेपछि किसानले चिनोखेती गर्न छाड्दै गएका हुन् ।

जिल्लाको तिला, हिमा, सिञ्जा, पातारासी र तातोपानीलगायतका क्षेत्रमा परम्परागत रूपमा चिनोखेती गरिँदै आएको थियो । विगतमा चामलको अभावका कारण जिल्लाका अधिकांश क्षेत्रमा चिनोखेती हुने गरे पनि अहिले गाउँबस्तीसम्मै चामल पुग्न थालेपछि यसको खेती घट्दै गएको तिला गाउँपालिका–१ का अगुवा किसान लालबहादुर बुढाले बताउनुभयो ।

हिमा, पातारासी, तिला र सिञ्जा गाउँपालिकाका ग्रामीण क्षेत्रमा अझै पनि चिनोखेती हुने गरेको छ । यातायातको पहुँच विस्तारसँगै चामल सहज रूपमा उपलब्ध हुन थालेपछि किसानले विस्तारै चिनोखेती छाड्दै गएको सिंजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले बताउनुभयो ।

हराउँदै गएका चिनोलगायत रैथाने बालीको संरक्षण तथा प्रवर्द्धनका लागि गाउँपालिकाले कृषि क्षेत्रलाई प्राथमिकता दिँदै आएको अध्यक्ष धितालले जानकारी दिनुभयो ।

कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीका अनुसार जिल्लामा पछिल्लो समय रैथाने बालीको खेती गर्ने किसानको सङ्ख्या घट्दै गएको छ । रैथाने बालीको खेती गर्ने किसानलाई लक्षित कार्यक्रम सञ्चालन गर्न कार्यालयले चालु आर्थिक वर्षका लागि प्रस्ताव माग गरेको उहाँले बताउनुभयो ।

जिल्लामा चिनोको कुल उत्पादन कति हुन्छ भन्ने यकिन तथ्याङ्क छैन । चालु आर्थिक वर्षदेखि जिल्लामा उत्पादित रैथाने बालीको कुल परिमाणको तथ्याङ्क सङ्कलन गरिने कृषि विकास कार्यालयले जनाएको छ ।

  • जुम्ला
  • प्रतिक्रिया दिनुहोस
    विचार/लेख सम्बन्धि थप
  • Post Thumbnail

    कोप–३१ मा जलवायु परिवर्तन र स्वास्थ्यसम्बन्धी उच्चस्तरीय छलफलको अध्यक्षता गर्दै मन्त्री मेहता

  • Post Thumbnail

    युवालाई स्वदेशमै उद्यमशील बनाउन आठ अर्बको व्यवस्था: मुख्यमन्त्री कार्की

  • अन्तर्वार्ता: जलवायु न्याय हाम्रो अधिकार हो, यही आवाजका साथ कोप-३१ मा सहभागी हुँदैछौँ: मन्त्री चौधरी

    अन्तर्वार्ता: जलवायु न्याय हाम्रो अधिकार हो, यही आवाजका साथ कोप-३१ मा सहभागी हुँदैछौँ: मन्त्री चौधरी

  • Post Thumbnail

    हुलाकीको झोलादेखि मोबाइलसम्म

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १९ गते बिहिबार

    २०८३ कात्तिक १९ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    कार्तिक कृष्ण त्रयोदशीः भगवान् धनवन्तरीको पूजा आराधना गरी मनाइयो धनवन्तरी जयन्ती

    एनपिएलः लुम्बिनी लायन्सविरुद्ध काठमाण्डु गोर्खाजको जित

    एनपिएलः लुम्बिनी लायन्सविरुद्ध काठमाण्डु गोर्खाजको जित

    Post Thumbnail

    फेवाताल किनारमा मौलिक देउसीभैलो उत्सव हुँदै

    Post Thumbnail

    बजेट विवादमा सुदूरपश्चिम प्रदेशसभा बैठक अवरुद्ध

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution