
काठमाडौँ, २१ कात्तिकः खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले स्वदेशी तथा स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले तिहार विशेष रैथाने मेला आयोजना गरेको छ ।
थापाथलीस्थित कम्पनीको कार्यालय परिसरमा आजदेखि सुरु भएको मेलाको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक साहले उद्घाटन गर्नुभयो । मेला यही कात्तिक २३ गतेसम्म सञ्चालन हुने कम्पनीका प्रवक्ता माधव मिश्रले जानकारी दिनुभयो ।
उहाँका अनुसार तिहार तथा छठ पर्वलाई लक्षित गरी नेपाली उत्पादन, स्वदेशी उद्यम र स्थानीय उत्पादनको बजार प्रवर्द्धन गर्ने उद्देश्यले मेला आयोजना गरिएको हो । हाल तीन दिनका लागि आयोजना गरिएको मेलालाई आगामी दिनमा प्रत्येक शनिबार र आइतबार नियमित बजारका रूपमा सञ्चालन गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो ।
मेलामा तिहार तथा छठ पर्वमा प्रयोग हुने परम्परागत खाद्यवस्तु, सांस्कृतिक सामग्री, कृषि उपज, हस्तकलाका सामग्री तथा अन्य स्वदेशी उत्पादनको प्रदर्शनी र बिक्रीका लागि राखिएको छ ।
मेलामार्फत स्थानीय उत्पादनलाई बजारसँग जोड्ने, नेपाली उद्यमी तथा उत्पादकलाई प्रोत्साहन गर्ने र स्वदेशी वस्तुको उपभोग बढाउने लक्ष्य राखिएको कम्पनीले जनाएको छ ।
कम्पनीले ‘स्थानीय उत्पादन किनौँ, नेपाली उद्यमलाई चिनौँ र स्वदेशी अर्थतन्त्रलाई बलियो बनाऔँ’ भन्ने सन्देशसहित उपभोक्ता तथा सर्वसाधारणलाई मेलामा सहभागी हुन आह्वान गरेको छ ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |