Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २२, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

एनपिएलको प्रभावः पर्यटक प्रवर्द्धनमा सकारात्मक प्रभाव पर्ने अपेक्षा

नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न विश्व क्रिकेटका चर्चित खेलाडीहरू यतिबेला नेपालमा छन् । अष्ट्रेलियाका डेविड वार्नरदेखि दक्षिण अफ्रिकाका डेविड मिलरसम्मका अन्तरराष्ट्रिय ख्यातिप्राप्त खेलाडीको उपस्थितिले नेपाली क्रिकेटको चर्चा अन्तरराष्ट्रियस्तरमा बढाएको छ ।
रासस ७२६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २२, शनिबार (१ घण्टा अघि)
Post Thumbnail

काठमाडौँ, २१ कात्तिकः नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न विश्व क्रिकेटका चर्चित खेलाडीहरू यतिबेला नेपालमा छन् । अष्ट्रेलियाका डेविड वार्नरदेखि दक्षिण अफ्रिकाका डेविड मिलरसम्मका अन्तरराष्ट्रिय ख्यातिप्राप्त खेलाडीको उपस्थितिले नेपाली क्रिकेटको चर्चा अन्तरराष्ट्रियस्तरमा बढाएको छ । प्रतियोगिताले नेपाली क्रिकेटको प्रचारसँगै विदेशी खेलाडीको नेपाल आगमन र उनीहरूले सामाजिक सञ्जालमा सार्वजनिक गरेका सामग्रीमार्फत नेपालको पर्यटन प्रवद्र्धनमा पनि योगदान पुग्ने विश्वास गरिएको छ ।

एनपिएल खेल्न नेपाल आएका विदेशी खेलाडीले यहाँको प्राकृतिक सुन्दरता, हिमाली दृश्य, सांस्कृतिक विविधता र नेपालीको आतिथ्यको प्रशंसा गरिरहेका छन् । उनीहरूले नेपालमा बिताएका क्षण र घुमफिरका तस्बिर तथा भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दा नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको छ ।

विश्वभर ठूलो सङ्ख्यामा समर्थक र दर्शक भएका खेलाडीले नेपालका पर्यटकीय गन्तव्यबारे सामाजिक सञ्जालमा सामग्री सार्वजनिक गर्दा विदेशी पर्यटकको नेपालप्रतिको चासो बढ्ने र पर्यटक आगमनमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।

अष्ट्रेलियाका चर्चित क्रिकेटर डेविड वार्नरले हालै हेलिकोप्टरमार्फत सगरमाथा आधार शिविर क्षेत्रको अवलोकन गर्नुभएको थियो । सगरमाथाको प्रत्यक्ष दृश्यबाट प्रभावित उहाँले सामाजिक सञ्जाल इन्स्टाग्राममा आफ्नो अनुभव सार्वजनिक गर्दै नेपालको प्राकृतिक सुन्दरताको प्रशंसा गर्नुभएको छ ।

उहाँले लेख्नुभएको छ, “शब्दमा वर्णन गर्नै नसकिने अनुभव रह्यो । आफ्नै आँखाले सगरमाथा देख्न पाउनु अविश्वसनीय क्षण थियो । तस्बिर र भिडियोले यहाँको वास्तविक सुन्दरतालाई न्याय गर्न सक्दैनन् । यो संसार कति विशाल र अद्भुत छ भन्ने महसुस गराउने क्षणमध्ये यो पनि एक हो ।”

वार्नरले अर्को भिडियोमार्फत नेपालीको आतिथ्य, दयालुपन र क्रिकेटप्रतिको अगाध मायाको पनि प्रशंसा गर्नुभएको छ । नेपाल प्राकृतिक सुन्दरताले मात्र नभई यहाँका मानिसको सरलता, व्यवहार र आत्मीयताले पनि विशेष रहेको उहाँको भनाइ छ ।

पहिलोपटक नेपाल आउनुभएका वार्नर एनपिएलको तेस्रो संस्करणमा काठमाण्डु गोर्खाजबाट खेलिरहनुभएको छ । दुई खेल खेलिसक्नुभएका उहाँले ब्याटिङमा प्रभावशाली प्रदर्शन गर्नुभएको छ । अष्ट्रेलियालाई विश्वकपको उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएका वार्नरको उपस्थितिले एनपिएलप्रति अन्तरराष्ट्रिय क्रिकेटप्रेमीको चासोसमेत बढाएको छ ।

त्यस्तै, दक्षिण अफ्रिकाका चर्चित क्रिकेटर डेविड मिलर पनि नेपालको प्राकृतिक सुन्दरता र यहाँको क्रिकेट वातावरणबाट प्रभावित हुनुभएको छ । पहिलोपटक नेपाल आउनुभएका उहाँले यहाँका हिमाली दृश्य र वातावरणको प्रशंसा गर्दै आगामी दुईदेखि तीन साता नेपालमा बिताउन पाउँदा उत्साहित रहेको बताउनुभएको छ ।

“नेपाल साँच्चै सुन्दर ठाउँ हो । यहाँ आएपछि देखिने प्राकृतिक दृश्य र हिमालहरूले मन लोभ्याउँछन् । यहाँको सुन्दरता र वातावरण अविश्वसनीय छ । आगामी दुई–तीन साता नेपालमा बिताउन पाउँदा म निकै उत्साहित छु”, मिलरले नेपाल आइपुगेलगत्तै भन्नुभएको थियो ।

उहाँले नेपालको क्रिकेट विकास र यहाँका समर्थकको उत्साहको पनि प्रशंसा गर्नुभएको छ । मिलरले नेपाल क्रिकेटमा तीव्र गतिमा अघि बढिरहेको देश भएको उल्लेख गर्दै नेपालीको क्रिकेटप्रतिको लगाव, जोश र ऊर्जालाई प्रशंसनीय बताउनुभएको छ ।

“नेपाल क्रिकेटमा तीव्र रूपमा अघि बढिरहेको देश हो । यहाँका मानिसहरू क्रिकेटलाई निकै माया गर्छन् । उनीहरूको क्रिकेटप्रतिको लगाव, जोश र ऊर्जा साँच्चै प्रशंसनीय छ । नेपालमा क्रिकेटको भविष्य उज्ज्वल देख्छु”, उहाँले भन्नुभएको छ ।

मिलर यस सिजनको एनपिएलमा कर्णाली याक्सबाट खेलिरहनुभएको छ । उहाँले प्रतियोगितामा आफ्नो पहिलो खेलमै अविजित ९३ रनको पारी खेल्दै क्षमता प्रदर्शन गरिसक्नुभएको छ । अन्तरराष्ट्रिय क्रिकेटमा लामो अनुभव हासिल गर्नुभएका मिलरको प्रदर्शनले नेपाली खेलाडी र दर्शकको ध्यानसमेत खिचेको छ ।

यसैगरी, बङ्गलादेशका चर्चित अलराउन्डर शाकिब अल हसनले पनि नेपालका विभिन्न स्थान र गतिविधिसम्बन्धी भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरिरहनुभएको छ । उहाँका पोस्टले नेपालबारे अन्तरराष्ट्रिय क्रिकेट समर्थकमाझ थप चासो सिर्जना गर्न सहयोग पुर्‍याएको छ ।

एनपिएलमा सहभागी विदेशी खेलाडीको गतिविधि क्रिकेट मैदानमा मात्र सीमित छैन । उनीहरूले नेपालको प्राकृतिक तथा सांस्कृतिक पक्षलाई नजिकबाट नियाल्ने र आफ्ना अनुभव सामाजिक सञ्जालमार्फत विश्वभरका समर्थकमाझ पुर्‍याउने अवसर पाएका छन् । यसले नेपाली क्रिकेटको अन्तरराष्ट्रिय पहिचान विस्तारसँगै नेपालको पर्यटन प्रवर्द्धनमा पनि टेवा पुग्ने अपेक्षा गर्न सकिन्छ ।

  • काठमाडौँ
  • प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
  • Post Thumbnail

    एनपिएलः काठमाण्डु गोर्खाजविरुद्ध लुम्बिनी लायन्स फिल्डिङमा

  • राष्ट्रिय जुनियर टेनिसमा शाश्वत, आर्यश, निधय र स्वरालाई उपाधि

    राष्ट्रिय जुनियर टेनिसमा शाश्वत, आर्यश, निधय र स्वरालाई उपाधि

  • Post Thumbnail

    चीनलाई हराउँदै नेपाल यु–१९ महिला टोलीको लगातार चौथो जित

  • Post Thumbnail

    झापामा अन्तरपालिकास्तरीय महिला फुटबल प्रतियोगिता

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १९ गते बिहिबार

    २०८३ कात्तिक १९ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    एनपिएलः काठमाण्डु गोर्खाजविरुद्ध लुम्बिनी लायन्स फिल्डिङमा

    पहिलो गणतान्त्रिक सरकारले नै कर्णालीको समृद्धिको खाका कोरेको हो : संयोजक दाहाल

    पहिलो गणतान्त्रिक सरकारले नै कर्णालीको समृद्धिको खाका कोरेको हो : संयोजक दाहाल

    Post Thumbnail

    एनपिएलको प्रभावः पर्यटक प्रवर्द्धनमा सकारात्मक प्रभाव पर्ने अपेक्षा

    Post Thumbnail

    सर्वोच्च अदालतका लागि सिफारिस चार न्यायाधीशको नाम सर्वसम्मत अनुमोदन

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution