Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २२, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
कास्की

राष्ट्रिय जुनियर टेनिसमा शाश्वत, आर्यश, निधय र स्वरालाई उपाधि

पोखरामा आज सम्पन्न राष्ट्रिय जुनियर टेनिस प्रतियोगितामा शाश्वत बज्राचार्य, आर्यश राज पौडेल, निधय विक्रम राना र स्वरा थापाले आआफ्नो उमेर समूहमा उपाधि जितेका छन् ।
रासस ७०१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २२, शनिबार (२ घण्टा अघि)
राष्ट्रिय जुनियर टेनिसमा शाश्वत, आर्यश, निधय र स्वरालाई उपाधि

कास्की, २१ कात्तिकः पोखरामा आज सम्पन्न राष्ट्रिय जुनियर टेनिस प्रतियोगितामा शाश्वत बज्राचार्य, आर्यश राज पौडेल, निधय विक्रम राना र स्वरा थापाले आआफ्नो उमेर समूहमा उपाधि जितेका छन् ।

गण्डकी प्रदेश टेनिस सङ्घको आयोजना तथा कास्की जिल्ला टेनिस सङ्घको सहकार्यमा सञ्चालित प्रतियोगिताको यू–१८ ब्वाइज सिङ्गल्सतर्फ शाश्वत बज्राचार्यले असव सम्राट हाडालाई ६–२, ६–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेका हुन् ।

त्यस्तै, यू–१४ ब्वाइज सिङ्गल्सतर्फ आर्यश राज पौडेलले फाइनलमा अभिषेक बायलकोटीलाई ६–०, ६–१ को सेटमा पराजित गर्दै उपाधि हात पारे ।

यू–१२ ब्वाइज सिङ्गल्सतर्फ निधय विक्रम रानाले इभान भट्टराईलाई ६–१, ६–४ को सोझो सेटमा हराउँदै च्याम्पियन बने ।

यसैगरी, यू–१४ गल्र्स सिङ्गल्सतर्फ स्वरा थापाले एरा खत्रीलाई ६–१, २–६, ६–३ को सेटमा पराजित गर्दै उपाधि जितिन् ।

प्रतियोगिताका विजेता तथा उपविजेता खेलाडीलाई मुख्य प्रायोजक ट्रयाङ्क्युलिटी स्पाका एरिया कोअर्डिनेटर प्रमिला थापा, आयोजक गण्डकी प्रदेश टेनिस सङ्घका अध्यक्ष विनोद कायस्थ, प्रतियोगिता संयोजक लोकबहादुर गुरुङ, कास्की जिल्ला टेनिस सङ्घका उपाध्यक्ष नवीन श्रेष्ठ तथा सचिव भीष्मराज पौडेललगायतले पदक, ट्रफी, प्रमाणपत्र र उपहार प्रदान गर्नुभयो ।

सङ्घका अध्यक्ष कायस्थले प्रतियोगिताले युवा टेनिस खेलाडीको उत्पादन तथा विकासमा योगदान पुर्‍याएको बताउँदै प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्नुभयो ।

सङ्घले स्थापनाकालदेखि नै जुनियर टेनिस प्रशिक्षण र खेलाडी उत्पादनलाई प्राथमिकता दिँदै आएको जनाएको छ । सङ्घका अनुसार पछिल्लो तीन वर्षमा एक दर्जनभन्दा बढी खेलाडी राष्ट्रिय जुनियर वरियतामा पर्न सफल भएका छन् । तीमध्ये केही खेलाडीले नेपालको प्रतिनिधित्व गर्दै अन्तरराष्ट्रिय प्रतियोगितामा समेत सहभागिता जनाइसकेका छन् ।

पोखरालाई टेनिस खेलको महत्त्वपूर्ण केन्द्रका रूपमा स्थापित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको अध्यक्ष कायस्थले बताउनुभयो । प्रतियोगिताले टेनिस खेलको विकास तथा क्षमतावान् खेलाडीको पहिचान र उत्पादनमा सहयोग पुग्ने उहाँको भनाइ थियो ।

यही कात्तिक १८ गतेदेखि सुरु भएको प्रतियोगितामा पोखरासहित विभिन्न जिल्लाका ४३ खेलाडी सहभागी थिए ।

  • कास्की
  • प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
  • Post Thumbnail

    एनपिएलः काठमाण्डु गोर्खाजविरुद्ध लुम्बिनी लायन्स फिल्डिङमा

  • Post Thumbnail

    एनपिएलको प्रभावः पर्यटक प्रवर्द्धनमा सकारात्मक प्रभाव पर्ने अपेक्षा

  • Post Thumbnail

    चीनलाई हराउँदै नेपाल यु–१९ महिला टोलीको लगातार चौथो जित

  • Post Thumbnail

    झापामा अन्तरपालिकास्तरीय महिला फुटबल प्रतियोगिता

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १९ गते बिहिबार

    २०८३ कात्तिक १९ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    एनपिएलः काठमाण्डु गोर्खाजविरुद्ध लुम्बिनी लायन्स फिल्डिङमा

    पहिलो गणतान्त्रिक सरकारले नै कर्णालीको समृद्धिको खाका कोरेको हो : संयोजक दाहाल

    पहिलो गणतान्त्रिक सरकारले नै कर्णालीको समृद्धिको खाका कोरेको हो : संयोजक दाहाल

    Post Thumbnail

    एनपिएलको प्रभावः पर्यटक प्रवर्द्धनमा सकारात्मक प्रभाव पर्ने अपेक्षा

    Post Thumbnail

    सर्वोच्च अदालतका लागि सिफारिस चार न्यायाधीशको नाम सर्वसम्मत अनुमोदन

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution