Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २२, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

पार्टीको १५औँ महाधिवेशनबाट कांग्रेस युवामय भएको छ: महामन्त्री सङ्ग्रौला

नेपाली कांग्रेसकी महामन्त्री डा डिला सङ्ग्रौला पन्तले पार्टीको १५ औँ महाधिवेशनबाट कांग्रेस युवामय बनेको बताउनुभएको छ । नेपाल विद्यार्थी सङ्घ गोरखा-काठमाडौँ सम्पर्क समितिले आज यहाँ आयोजना गरेको ‘शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको शुभकामना आदानप्रदान, सम्मान तथा चियापन’ कार्यक्रममा उहाँले पार्टीको महाधिवेशनले कांग्रेसमा युवा नेतृत्वलाई अगाडि बढाएको बताउनुभएको हो ।
रासस ६२६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २२, शनिबार (२ घण्टा अघि)
पार्टीको १५औँ महाधिवेशनबाट कांग्रेस युवामय भएको छ: महामन्त्री सङ्ग्रौला

काठमाडौँ, २१ कात्तिक: नेपाली कांग्रेसकी महामन्त्री डा डिला सङ्ग्रौला पन्तले पार्टीको १५ औँ महाधिवेशनबाट कांग्रेस युवामय बनेको बताउनुभएको छ । नेपाल विद्यार्थी सङ्घ गोरखा-काठमाडौँ सम्पर्क समितिले आज यहाँ आयोजना गरेको ‘शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको शुभकामना आदानप्रदान, सम्मान तथा चियापन’ कार्यक्रममा उहाँले पार्टीको महाधिवेशनले कांग्रेसमा युवा नेतृत्वलाई अगाडि बढाएको बताउनुभएको हो ।

महामन्त्री सङ्ग्रौलाले विदेशीएका युवालाई स्वदेशमै रोजगार प्रदान गर्नेगरी कांग्रेसले आफ्ना कार्यक्रमलाई आगामी दिनमा अगाडि लैजाने प्रतिबद्धता जनाउनुभयो । पछिल्लो समय मुलुकमा शिक्षाको गुणस्तर खस्किएको भन्दै उहाँले यसलाई अगाडि बढाउन नेविसङ्घले प्रभावकारी रूपमा नृतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गर्नुभयो ।

कांग्रेस केन्द्रीय सदस्य एवं राष्ट्रियसभा सदस्य किरणबाबु श्रेष्ठले पार्टीको १५औँ महाधिवेशनले कांग्रेस र देशमा नयाँ उत्साह थपेको बताउनुभयो । पार्टीलाई जीवन्त राख्न विचार सङ्गठन र सफल नेतृत्व आवश्यक रहेको उहाँको भनाइ थियो ।

कांग्रेस केन्द्रीय सदस्य एवं पालुङटार नगरपालिकाका पूर्वप्रमुख इन्जिनियर दीपकबाबु कँडेलले नेपालको शैक्षिक बहसमाथिको नेतृत्व नेविसङ्घले गर्नुपर्ने बताउनुभयो । उहाँले पार्टी बलियो बनाउनका लागि भ्रातृ संस्था बलियो हुनुपर्ने धारणा राख्नुभयो ।

कांग्रेस केन्द्रीय सदस्य जानुका पन्तले लोकतन्त्रको रक्षाका लागि कांग्रेस सधैँ अग्रमोर्चामा उभिने बताउनुभयो । नेपाल विद्यार्थी सङ्घकी केन्द्रीय अध्यक्ष करुणा कटुवालले लोकतन्त्र बलियो बनाउन सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो । नेविसङ्घको महाधिवेशन शीघ्र गरिने उहाँको भनाइ थियो ।

नेपाली कांग्रेस गोरखाका नेता प्रकाशचन्द्र दवाडीले गोरखा कांग्रेसले युवामार्फत पार्टीको सङ्गठनलाई अगाडि बढाउँदै लगेको बताउनुभयो । केन्द्रीयस्तरका नेता गाउँगाउँमा गएर सङ्गठन विस्तार गर्न लाग्नुपर्ने उहाँको भनाइ थियो ।

कांग्रेस गण्डकी प्रदेशका सदस्य पूर्ण दाहालले कांग्रेसलाई चलायमान बनाउन भ्रातृ संस्थालाई चलायमान बनाउनुपर्ने बताउनुभयो । नेविसङ्घ गोरखा काठमाडौँ सम्पर्क समितिका सभापति कमल पन्तले काठमाडौँमा रहेका युवालाई पाटीसँग जोड्नका लागि नेविसङ्घले काम गर्दै आएको बताउनुभयो ।

कार्यक्रममा गोरखाबाट पार्टीको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य विजयी हुनुभएका किरणबाबु श्रेष्ठ, दीपकबाबु कँडेल, जानुका पन्त र जनार्दन अर्याललाई सम्मान गरिएको थियो ।

  • काठमाडौँ
  • गोरखा
  • नेपाली कांग्रेस
  • राष्ट्रियसभा
  • प्रतिक्रिया दिनुहोस
    राजनीति सम्बन्धि थप
  • Post Thumbnail

    भोटेकोशी बाढीः यकिन बेपत्ता दुई हजार २९४ जनाको सूची सार्वजनिक

  • पत्रकारिता सत्य, तथ्य र जनहितको पक्षमा उभिनुपर्छ: प्रदेश प्रमुख देवकोटा

    पत्रकारिता सत्य, तथ्य र जनहितको पक्षमा उभिनुपर्छ: प्रदेश प्रमुख देवकोटा

  • Post Thumbnail

    यस्ता छन् कर्णाली मन्त्रिपरिषद् बैठकका निर्णय

  • Post Thumbnail

    काठमाडौँ २४ घण्टा खुलाउने तयारी

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १९ गते बिहिबार

    २०८३ कात्तिक १९ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    चीनलाई हराउँदै नेपाल यु–१९ महिला टोलीको लगातार चौथो जित

    Post Thumbnail

    त्रिविमा विकेन्द्रीकरणको अवधारणा कार्यान्वयन हुँदै

    Post Thumbnail

    भोटेकोशी बाढीः यकिन बेपत्ता दुई हजार २९४ जनाको सूची सार्वजनिक

    Post Thumbnail

    पर्यटन प्रवर्द्धन गर्न इलाममा चिया महोत्सवको तयारी

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution