Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २१, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
पाल्पा

फूलखेतीले दिलाएको सफलता …

पाल्पाका खेतबारीमा यतिबेला सयपत्री, मखमलीजस्ता फूल ढकमक्क फुलेका छन् । पहेँलपुर फूलले गाउँका पाखा र बारीको सौन्दर्य मात्र बढाएका छैनन्, किसानको आम्दानीको आशा पनि बढाएको छ ।
रासस ७५१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २२, शनिबार (१ घण्टा अघि)
फूलखेतीले दिलाएको सफलता …

पाल्पा, २१ कात्तिकः पाल्पाका खेतबारीमा यतिबेला सयपत्री, मखमलीजस्ता फूल ढकमक्क फुलेका छन् । पहेँलपुर फूलले गाउँका पाखा र बारीको सौन्दर्य मात्र बढाएका छैनन्, किसानको आम्दानीको आशा पनि बढाएको छ । तिहार नजिकिएसँगै यहाँका किसान फूल टिप्ने, माला बनाउने र बजारसम्म पु¥याउने चटारोमा छन् ।

रैनादेवी छहरा गाउँपालिका–२ का इन्दिरा कोईराला र खिमराज कोइराला यतिबेला बाँझो जमिनमा लगाएको फूल टिप्नमा व्यस्त हुनुहुन्छ । उहाँहरु आमा छोरा हुनुहुन्छ । धर्तीमाता कृषि फार्ममार्फत कोइराला परिवारले दीपावलीलाई लक्षित गरी टेनिस बल जातको फूल खेती गर्नुभएको छ ।

फार्ममा अहिले ढकमक्क फूल फुलेका छन् । चार रोपनी क्षेत्रफलमा लगाइएको टेनिस बल जातको फूलले खेतबारीको स्वरूप मात्रै बदलेको छैन, आम्दानीको नयाँ सम्भावना देखाएको छ । फूल खेतीबाट यस वर्ष करिब रु छ लाख आम्दानी गर्ने लक्ष्य रहेको फार्मका सञ्चालक खिमराज बताउनुहुन्छ ।

उहाँका अनुसार उत्पादनलाई पाल्पामा मात्र सीमित नराखी उपभोक्ताको मागअनुसार छिमेकी जिल्लासम्म पु¥याउने योजना छ । तिहारका बेला थोक तथा खुद्रा दुवै माध्यमबाट फूल र माला बिक्री गरिनेछ । उपभोक्तालाई सहज होस् भनेर घरदैलोमा फूल तथा माला उपलब्ध गराउने व्यवस्था पनि मिलाइएको उहाँले बताउनुभयो । कोइराला बगनासकाली गाउँपालिकामा कृषि प्राविधिकका रूपमा कार्यरत रहे पनि कार्यालयपछिको समय फूल खेतीमा सदुपयोग गर्नुभएको छ ।

फूल खेतीका लागि आवश्यक प्राविधिक पक्ष, मलजलको व्यवस्थापन, बिरुवाको वृद्धि तथा उत्पादनको रेखदेखमा खिमराज आफैँ संलग्न रहँदै आउनुभएको छ । आमा इन्दिराले फूलको नियमित स्याहारसुसार तथा रेखदेखको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ । दुवै जनाको संयुक्त प्रयासबाट चार रोपनी क्षेत्रफलमा फूल खेती विस्तार गरिएको हो । वैदेशिक रोजगारी तथा अन्य पेसा व्यवसायका कारण खेतीयोग्य जमिन बाँझिँदै गएको अवस्थामा त्यस्तो जमिनलाई सदुपयोग गरेर आम्दानी गर्न सकिने सम्भावना फूल खेतीले देखाएको इन्दिराको भनाइ छ ।

उपभोक्ताको मागअनुसार रूपन्देहीको बुटवल तथा अर्घाखाँचीको पाणिनी गाउँपालिकासम्म फूल र माला पठाउने गरिएको कोइरालाले बताउनुभयो । स्वदेशी उत्पादनले उचित बजार पाउन आयातित फूलको नियमन आवश्यक रहेको उहाँको भनाइ छ ।

बगनासकाली गाउँपालिका–८ का पुष्प व्यवसायी झपिन्द्र बस्याल र पोखराथोकका श्रवणकुमार श्रष्ठले पनि फूल खेती गर्नुभएको छ । बस्यालले १० रोपनी जग्गामा सयपत्री फूलखेती गर्नुभएको छ ।

श्रेष्ठले आफ्नो बारीभरी फूल खेती गर्नुभएको छ । चाडपर्व लागेसँगै उहाँको दैनिकी फूल खेतीमै व्यस्त हुने गरेको छ । जिल्लाको रामपुर, माथागढी, बगनासकाली, रिब्दीकोट, रम्भालगायतका किसानले व्यवसायिक रूपमा फूल उत्पादन गरेर मनग्गे आम्दानी गर्न सफल भएका छन् ।

  • अर्घाखाँची
  • पाल्पा
  • रूपन्देही
  • प्रतिक्रिया दिनुहोस
    शिक्षा सम्बन्धि थप
  • Post Thumbnail

    कृषि अध्ययन गरेका युवाको सयपत्री सपना

  • Post Thumbnail

    विद्यालयको जग्गा संरक्षण र स्वामित्व सुनिश्चित गर्न विवरण सङ्कलन सुरु

  • Post Thumbnail

    ‘लेख्छ पोखरा’ अभियान आरम्भ

  • Post Thumbnail

    लुम्बिनी प्रदेशले बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गर्ने

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १९ गते बिहिबार

    २०८३ कात्तिक १९ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    कात्तिक कृष्ण त्रयोदशीः धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै

    Post Thumbnail

    तिहारका लागि पोखरा आइपुगे भेँडाच्याङ्ग्रा

    Post Thumbnail

    कात्तिक कृष्ण त्रयोदशीः काग तिहार पर्व मनाइँदै

    Post Thumbnail

    कृषि अध्ययन गरेका युवाको सयपत्री सपना

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution