Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २१, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
नारायणगढ

प्राविधिक अध्ययनका आधारमा बाढी नियन्त्रणको योजना बनाइनुपर्छः सभापति लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नारायणी नदी कटानबाट नारायणगढ बजार तथा आसपासका बस्तीमा पर्नसक्ने जोखिम न्यूनीकरणका लागि प्राविधिक अध्ययनका आधारमा तत्काल र दीर्घकालीन योजना बढाइने बताउनुभएको छ ।
रासस ७०१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २१, शुक्रबार (१ घण्टा अघि)
Post Thumbnail

नारायणगढ (चितवन), २० कात्तिकः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नारायणी नदी कटानबाट नारायणगढ बजार तथा आसपासका बस्तीमा पर्नसक्ने जोखिम न्यूनीकरणका लागि प्राविधिक अध्ययनका आधारमा तत्काल र दीर्घकालीन योजना बढाइने बताउनुभएको छ ।

नारायणी नदी किनारमा रहेको गौरेश्वर पशुपति मन्दिर क्षेत्रको निरीक्षणपछि उहाँले मन्दिर व्यवस्थापन समितिका पदाधिकारी तथा स्थानीय सरोकारवालासँग छलफल गर्दै प्राविधिक अध्ययनबिना हचुवाका भरमा निर्णय गर्न नहुने बताउनुभयो ।

उहाँले नदी कटानको जोखिमबारे जानकारी पाएलगत्तै भौतिक पूर्वाधार तथा यातायातमन्त्रीसँग समन्वय गरी प्राविधिक टोली पठाएको जानकारी दिनुभयो । सभापति लामिछानेले टोलीले तत्काल गर्न सकिने काम र भविष्यमा आउन सक्ने ठूलो बाढीबाट नारायणगढ बजार जोगाउने दीर्घकालीन योजना तयार गर्न निर्देशन दिइएको बताउनुभयो ।

“प्राविधिक रूपमा कुनै पनि ठाउँलाई सुरक्षित राख्न सम्भव छ कि छैन भन्ने ठूलो कुरा हो ।”, उहाँले भन्नुभयो, “प्राविधिक अध्ययनविना हचुवाको भरमा गरिएको निर्णयले कसैलाई पनि फाइदा गर्दैन ।”

सभापति लामिछानेले बाढीको जोखिम न्यूनीकरण गर्दा स्थानीयवासीको ज्यान जोगाउने विषयलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “यो क्रेडिट लिने कुरा होइन, यो ज्यान बचाउने कुरा हो ।” सभापति लामिछानेले भविष्यमा अहिलेको भन्दा ठूलो बाढी आउनसक्ने अवस्थालाई ध्यानमा राखेर बजारको सुरक्षा योजना बनाउनुपर्ने र प्राविधिकबाट प्राप्त सुझाव सबैले पालना गरिनुपर्नेमा जोड दिनुभयो ।

  • चितवन
  • नारायणगढ
  • राष्ट्रिय स्वतन्त्र पार्टी
  • प्रतिक्रिया दिनुहोस
    विचार/लेख सम्बन्धि थप
  • छेडेदहको आँगनमा सांस्कृतिक उत्सवः संस्कृति र प्राकृतिक सम्पदा संरक्षणको सन्देश

    छेडेदहको आँगनमा सांस्कृतिक उत्सवः संस्कृति र प्राकृतिक सम्पदा संरक्षणको सन्देश

  • Post Thumbnail

    चितवनमा लालपुर्जा वितरण

  • Post Thumbnail

    दैलेख प्रमुख जिल्ला अधिकारी (प्रजिअ)विहीन

  • सङ्कटमा मादल बनाउने पेसा

    सङ्कटमा मादल बनाउने पेसा

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १९ गते बिहिबार

    २०८३ कात्तिक १९ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    रास्वपा नेता–कार्यकर्तालाई उच्च राजनीतिक चरित्र देखाउन सभापति लामिछानेको निर्देशन

    रास्वपा नेता–कार्यकर्तालाई उच्च राजनीतिक चरित्र देखाउन सभापति लामिछानेको निर्देशन

    Post Thumbnail

    काभ्रेमा तिहारभर टिपर सञ्चालनमा रोक

    नेपालले आयोजना गर्ने विश्वकप छनोट प्लेअफको खेल तालिका सार्वजनिक

    नेपालले आयोजना गर्ने विश्वकप छनोट प्लेअफको खेल तालिका सार्वजनिक

    डिजिटल रूपान्तरणदेखि पर्यटन प्रवर्द्धनमा टिकटकसँग सहकार्यको पहल

    डिजिटल रूपान्तरणदेखि पर्यटन प्रवर्द्धनमा टिकटकसँग सहकार्यको पहल

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution