Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २१, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
गण्डकी

पोखरामा सयपत्री फूलको बिक्रीस्थल र मूल्य निर्धारण

पोखरा महानगरपालिकाले तिहारलाई लक्ष्य गरी सयपत्री फूलको बिक्रीस्थल र मूल्य निर्धारण गरेको छ ।
रासस ८२६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २१, शुक्रबार (१ घण्टा अघि)
Post Thumbnail

गण्डकी, २० कात्तिकः पोखरा महानगरपालिकाले तिहारलाई लक्ष्य गरी सयपत्री फूलको बिक्रीस्थल र मूल्य निर्धारण गरेको छ ।

महानगरको आर्थिक विकास महाशाखाका प्रमुख मनोहर कडरियाका अनुसार सयपत्री फूलको बिक्रीवितरणका लागि पोखराका १७ स्थान तोकिएको छ । त्यस्तै, सयपत्री फूलको प्रतिकिलो रु ५०० र प्रतिमाला रु २०० मूल्य कायम गरिएको उहाँले जानकारी दिनुभयो ।

आगामी आइतबारदेखि लागू हुनेगरी पोखरा महानगरपालिका–१ को देवी पञ्चाङ्ग ज्येष्ठ नागरिक मिलन केन्द्र, टुँडीखेलको पुरानो वडा कार्यालय, पोखरा–२ स्थित सङ्गमचोक कृषि बजार चौतारी, पोखरा–५ को वडा कार्यालय परिसर, ६ नं वडाको सुलभ उपभोक्ता सहकारी संस्था लि, वडा नं ९ स्थित महेन्द्रपुलको फल्चालाई सयपत्री फूलको बिक्रीवितरण स्थलका रुपमा तोकिएको हो ।

यसैगरी, पृथ्वीचोकस्थित पोखरा कोशेली घर, पोखरा–९ को सिद्धार्थचोक चौतारी, १० नं वडाको पोखरा रङ्गशाला, वडा नं १३ को किसान बजार, वडा नं १४ को कार्यालय परिसर, वडा नं १५ को किसान बजार, वडा नं १६ र १९ को ठूलीपोखरी किसान बजार, वडा नं १७ विरौटाको किसान बजार, पोखरा–३० खुदीको किसान बजार, वडा नं ३१ को कोट देउराली बहुउद्देश्यीय कृषि सहकारी संस्था लि र वडा नंं २७ तालचोकको कृषिउपज थोक बजारलाई सयपत्री फूलको बिक्रीस्थल तोकिएको हो ।

सरोकार भएका पक्षको समन्वयमा बिक्रीस्थल र फूलको गुणस्तरका आधारमा मूल्य निर्धारण गरिएको आर्थिक महाशाखा प्रमुख कडरियाले बताउनुभयो । स्थानीय उत्पादनको प्रवर्द्धनका लागि महानगरले तिहारमा प्लाष्टिकजन्य फूलको माला बिक्रीवितरण नगर्न सम्बन्धित व्यवसायीमा आग्रहसमेत गरेको छ । फ्लोरिकल्चर एसोसिएसन नेपाल, कास्कीमा आबद्ध ४२ वटा नर्सरी तथा पुष्प व्यवसायीले पोखरामा फूल उत्पादन र बिक्रीवितरण गर्दै आएका छन् ।

पुष्प व्यवसायलाई प्रतिस्पर्धी र दिगो बनाउन पोखरा महानगरको प्रवर्द्धनमा एसोसिएसनले तिहारको पूर्वसन्ध्यामा पोखरामा ‘नवौँ गोदावरी पुष्प प्रदर्शनी तथा तेस्रो सयपत्री पुष्प मेला’को पनि आयोजना गरेको छ । बुधबारदेखि सुरु भएको प्रदर्शनीमा फूल अवलोकन मात्र नभएर किनमेलका लागि सर्वसाधारणको घुइँचो लागेको एसोसिएसनले जनाएको छ । प्रदर्शनीले फूल उत्पादक किसान, व्यवसायी र उपभोक्तालाई एकैथलोमा ल्याएको हो ।

स्थानीय फूल उत्पादक किसानलाई बजार उपलब्ध गराउने र उपभोक्तालाई सहज रुपमा फूल तथा फूलका बिरुवा खरिद गर्ने वातावरण सृजनाका लागि प्रदर्शनी आयोजना गरिएको एसोसिएसनका अध्यक्ष रामप्रसाद सुवेदीले बताउनुभयो ।

प्रदर्शनीमा फूलका २२, कृषि सामग्रीका तीन र सूचनामूलक एकगरी २६ प्रदर्शनीकक्ष रहेका छन् । पुष्प व्यवसायको विस्तार तथा बजार प्रवर्द्धन गर्ने उद्देश्यले विगत केही वर्षदेखि पोखरामा पुष्प प्रदर्शनीको आयोजना हुँदै आएको छ ।

  • कास्की
  • गण्डकी
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    बुढीचौरको प्रवर्द्धन गर्दै हिमालयन राइडर्स सोसाइटी

  • Post Thumbnail

    हुम्लाको थेहे आसपास केन्द्रबिन्दु भएर भूकम्प

  • Post Thumbnail

    धनतेरस पर्व मनाइँदै

  • Post Thumbnail

    एक हजार जनाको पारिवारिक पुनर्मिलन

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १९ गते बिहिबार

    २०८३ कात्तिक १९ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति श्रद्धाञ्जली

    एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति श्रद्धाञ्जली

    सङ्कटमा मादल बनाउने पेसा

    सङ्कटमा मादल बनाउने पेसा

    Post Thumbnail

    बुढीचौरको प्रवर्द्धन गर्दै हिमालयन राइडर्स सोसाइटी

    जनतालाई जोगाउनु सरकारको पहिलो प्राथमिकता होः सभापति लामिछाने

    जनतालाई जोगाउनु सरकारको पहिलो प्राथमिकता होः सभापति लामिछाने

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution