
काठमाडौँ, १९ कात्तिक: ‘सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एण्ड इनोभेसन नेपाल’ (सिएसआरआई) ले बैङ्क, वित्तीय संस्था तथा बिमा (बिएफएसआई) क्षेत्रलाई लक्षित गर्दै ‘ग्लोबल एआई रिसर्च ग्रान्ट २०२६’ घोषणा गरेको छ ।
सिएसआरआई नेपालले आज यहाँ आयोजित एक कार्यक्रमका बीच आधुनिक समयमा वित्तीय क्षेत्रमा कृत्रिम बुद्धिमत्ता (एआई)को तीव्र प्रयोग बढिरहेका बेला उत्पन्न नयाँ प्रकृतिका साइबर जोखिम, डेटा गोपनीयता जटिल चुनौती तथा नियमनकारी मापदण्डको पालनालाई व्यवस्थित र न्यूनीकरण गर्ने उद्देश्यले सो अनुसन्धान अनुदान कार्यक्रम ल्याइएको हो ।
सिएसआरआई नेपालका अध्यक्ष डा शालिग्राम पराजुलीले संस्थाले अनुसन्धान, नियमनकारी निकाय र वित्तीय उद्योगहरूबीच त्रिपक्षीय बलियो सहकार्य स्थापित गर्दै नेपाललाई सुरक्षित, नैतिक र सबल एआई प्रविधिको क्षेत्रीय केन्द्रका रूपमा विकास गर्ने दूरदृष्टि अघि सारेको बताउनुभयो ।
“वित्तीय क्षेत्रलाई अत्याधुनिक एआई सुरक्षा ढाँचाद्वारा सशक्त बनाउने, नेपालमै दिगो अनुसन्धान तथा विकास (आर एण्ड डी) इकोसिस्टमको निर्माण गर्ने र अन्तरराष्ट्रिय विज्ञहरूसँग सहकार्य गर्दै वित्तीय जोखिमलाई न्यून विन्दुमा झार्ने यस ग्रान्टको मुख्य लक्ष्य रहेको छ”, उहाँले भन्नुभयो, “अनुसन्धान अनुदानले वित्तीय क्षेत्रका चार मुख्य आयामहरूलाई उच्च प्राथमिकतामा राखेको छ ।”
उहाँका अनुसार वित्तीय जोखिम न्यूनीकरण गर्न डिजिटल ठगी नियन्त्रण, ग्राहकको डिजिटल परिचय चोरी (आइडेन्टिटी थेफ्ट) रोक्न र स्वचालित रूपमा हुने वित्तीय कारोबारलाई पूर्ण सुरक्षित बनाउन एडभान्स्ड एआई मोडेलहरूको विकास गरिनेछ ।
यो ‘ग्लोबल रिसर्च ग्रान्ट २०२६’ को कन्सेप्चुअल फ्रेमवर्क सिएसआरआई नेपालका संस्थापक अध्यक्ष चिरञ्जीवी अधिकारी, सिएआरई नेपालका वरिष्ठ उपाध्यक्ष प्राडा गजेन्द्र शर्मा, सचिवद्वय सरला कार्की र बन्दना शर्मा, कार्यसमिति सदस्य शान्तिकला सुवेदी तथा सदस्य सङ्गम न्यौपानेले संयुक्त रूपमा तयार पार्नुभएको हो ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |