Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २०, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

सार्वजनिक प्रदर्शनमा मानव अधिकार संरक्षण सरकारको प्राथमिकता

गृहमन्त्री सुधन गुरुङले भीड नियन्त्रणका क्रममा अत्यधिक बल प्रयोग गर्ने प्रवृत्ति परिवर्तन गर्नुपर्नेमा जोड दिनुभएको छ ।
रासस ८२६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २०, बिहिबार (३० मिनेट अघि)
सार्वजनिक प्रदर्शनमा मानव अधिकार संरक्षण सरकारको प्राथमिकता

काठमाडौँ, १९ कात्तिकः गृहमन्त्री सुधन गुरुङले भीड नियन्त्रणका क्रममा अत्यधिक बल प्रयोग गर्ने प्रवृत्ति परिवर्तन गर्नुपर्नेमा जोड दिनुभएको छ ।

संयुक्त राष्ट्रसङ्घीय आवासीय संयोजकको कार्यालयको आयोजनामा यही कात्तिक १७ देखि १९ गतेसम्म राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सञ्चालित ‘शान्तिपूर्ण प्रदर्शन र मानवअधिकारको संरक्षण’सम्बन्धी कार्यशालाको आज समापन गर्दै गृहमन्त्री गुरुङले बल प्रयोग गर्दा आवश्यकता र जवाफदेहिताको सिद्धान्तलाई व्यवहारमा लागू गर्नुपर्ने बताउनुभयो ।

गृहमन्त्री गुरुङले शान्ति सुव्यवस्था कायम गर्न भीडमा बल प्रयोगभन्दा उचित सञ्चार, समन्वय र संस्थागत सुधारमा जोड दिन नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई निर्देशन दिनुभयो । शान्तिपूर्ण प्रदर्शन व्यवस्थापनका क्रममा मानव अधिकारको सम्मान, संरक्षण तथा प्रवर्द्धन गर्दै प्रहरीको व्यावसायिक भूमिका प्रभावकारी बनाउने उद्देश्यले आयोजित सो कार्यशालामा गृह मन्त्रालय, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालका अधिकृतलगायतको सहभागिता थियो ।

कार्यशालाले सहभागीलाई आफ्नो अधिकार, जिम्मेवारी र कार्यविधिको पुनरावलोकन तथा अद्यावधिक गर्ने अवसर दिएको गृह मन्त्रालयले जनाएको छ । बल प्रयोगका अन्तरराष्ट्रिय मापदण्ड, संवाद, समन्वय, परिचालन योजना र नेतृत्वको जवाफदेहिताजस्ता विषयमा प्राप्त ज्ञान तथा सीपले नेपालमा व्यावसायिक, संयमित र जवाफदेही प्रहरी अभ्यास विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

  • काठमाडौँ
  • नेपाल प्रहरी
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    शीतलहर र हिमपातको प्रतिकार्यका लागि सरकारको पूर्वतयारी

  • Post Thumbnail

    नेपालको राष्ट्रिय पहिचानलाई विश्वमाझ थप स्थापित गर्न सरकार प्रतिबद्ध छः परराष्ट्रमन्त्री खनाल

  • युवा जलवायु सम्मेलन विपद् न्यूनीकरणको आधार बन्नुपर्छः मन्त्री खड्का

    युवा जलवायु सम्मेलन विपद् न्यूनीकरणको आधार बन्नुपर्छः मन्त्री खड्का

  • Post Thumbnail

    सरकारले लगानी र पूर्वाधारसँग सम्बन्धित ५९ ऐनका ४९४ दफामा सुधार गर्ने

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १९ गते बिहिबार

    २०८३ कात्तिक १९ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    जाँतो बनाउने पेसा लोप हुने अवस्थामा

    सभापति लामिछानेसँग भारतीय विदेश सचिवको शिष्टाचार भेट

    सभापति लामिछानेसँग भारतीय विदेश सचिवको शिष्टाचार भेट

    सार्वजनिक प्रदर्शनमा मानव अधिकार संरक्षण सरकारको प्राथमिकता

    सार्वजनिक प्रदर्शनमा मानव अधिकार संरक्षण सरकारको प्राथमिकता

    Post Thumbnail

    एनपिएलः विराटनगरद्वारा काठमाण्डुसामु ८४ रनको लक्ष्य

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution