Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २०, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

नेपालको राष्ट्रिय पहिचानलाई विश्वमाझ थप स्थापित गर्न सरकार प्रतिबद्ध छः परराष्ट्रमन्त्री खनाल

परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको विशिष्ट राष्ट्रिय पहिचान, सांस्कृतिक विविधता, प्राकृतिक सम्पदा र समकालीन उपलब्धिलाई विश्वमाझ थप स्थापित गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
रासस ७५१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २०, बिहिबार (३० मिनेट अघि)
Post Thumbnail

काठमाडौँ, १९ कात्तिकः परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको विशिष्ट राष्ट्रिय पहिचान, सांस्कृतिक विविधता, प्राकृतिक सम्पदा र समकालीन उपलब्धिलाई विश्वमाझ थप स्थापित गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान (आइएफए) द्वारा आज यहाँ आयोजित ‘ब्रान्ड नेपालः नेसनल एसेट, ग्लोबल न्यारेटिभ्स र स्ट्राटेजिक अपरच्युनिटिज’ विषयक परियोजना प्रतिवेदन सार्वजनिक तथा नीतिगत संवाद कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री खनालले नेपालको अन्तरराष्ट्रिय छवि र प्रतिष्ठालाई देशको विकास आकाङ्क्षा तथा परराष्ट्र नीतिको महत्वपूर्ण रणनीतिक सम्पत्तिका रूपमा व्याख्या गर्नुभयो ।

“राष्ट्रको प्रतिष्ठाले लगानीसम्बन्धी निर्णय, कूटनीतिक सम्बन्ध, उपभोक्ताको विश्वास र अन्तरराष्ट्रियजगत्मा देशको स्थान निर्धारण गर्न महत्वपूर्ण भूमिका खेल्छ । त्यसैले ब्रान्ड नेपाल हाम्रो विकास आकाङ्क्षा र परराष्ट्र नीतिको अभिन्न हिस्सा हो,” उहाँले भन्नुभयो ।

परराष्ट्रमन्त्री खनालले नेपालको विश्वव्यापी पहिचान हिमाल, लुम्बिनी र समृद्ध सांस्कृतिक सम्पदासँग जोडिएको उल्लेख गर्दै नेपालको पहिचान यी स्थापित परिचयमा मात्र सीमित नरहेको बताउनुभयो । काठमाडौँ उपत्यकाको परम्परागत हस्तकला, हिमाली समुदायका बुनाइ परम्परा, थारू समुदायका कला तथा पर्यावरणसम्बन्धी ज्ञान, मैथिली, भोजपुरीलगायत भाषाका साहित्यिक अभिव्यक्ति तथा पूर्वी पहाडका किरात परम्परा नेपालको सामूहिक पहिचानका महत्वपूर्ण आधार रहेको उहाँको भनाइ थियो ।

नेपाली समुदायको उद्यमशीलता, कलाकारको सिर्जनशीलता, युवा नवप्रवर्तकका उपलब्धि र विश्वभर रहेका नेपाली पेसाकर्मीको योगदानले नेपालको अन्तरराष्ट्रिय पहिचानलाई थप समृद्ध बनाएको परराष्ट्रमन्त्री खनालले बताउनुभयो ।

“हामी नेपालको स्थापित पहिचानलाई अझ समृद्ध बनाउँदै समकालीन उपलब्धि र उदीयमान क्षमतालाई विश्वमाझ स्पष्ट रूपमा प्रस्तुत गर्न चाहन्छौँ । आफ्नो सम्पदाप्रति आत्मविश्वासी, दृष्टिकोणमा गतिशील र विश्वको प्रगतिमा योगदान पु¥याउने राष्ट्रका रूपमा नेपाललाई स्थापित गर्ने हाम्रो परिकल्पना छ,” उहाँले भन्नुभयो ।

परराष्ट्रमन्त्री खनालले ब्रान्ड नेपालको प्रवद्र्धनका लागि तीनवटा प्राथमिकतामा जोड दिनुभयो । पहिलो, नेपालको विविध राष्ट्रिय सम्पदाको पहिचान, संरक्षण र मूल्य अभिवृद्धि गर्ने । दोस्रो, सार्वजनिक कूटनीतिमार्फत नेपालको व्यापक र प्रभावकारी राष्ट्रिय पहिचान निर्माण गर्ने तथा तेस्रो, राष्ट्रिय पहिचानलाई उदीयमान रणनीतिक अवसरसँग जोड्नु आवश्यक रहेको उहाँले बताउनुभयो ।

नेपालका परम्परागत हस्तकला, कृषि अभ्यास, परम्परागत औषधोपचारसम्बन्धी ज्ञान, क्षेत्रीय परिकार र कलात्मक अभिव्यक्तिमा सांस्कृतिक तथा आर्थिक सम्भावना रहेको उल्लेख गर्दै परराष्ट्रमन्त्री खनालले यस्ता मौलिक उत्पादनको अन्तरराष्ट्रिय पहिचान र प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न बौद्धिक सम्पत्ति अधिकारको संरक्षण, भौगोलिक सङ्केत (जिआई), प्रमाणीकरण प्रणाली र गुणस्तर मापदण्ड आवश्यक रहेको बताउनुभयो ।

सन् २०२५ मा आयोजना गरिएको र सन् २०२७ मा पुनः आयोजना गर्ने तयारी रहेको ‘सगरमाथा संवाद’ले जलवायु परिवर्तन र दिगो विकासजस्ता साझा विश्वव्यापी चुनौतीमा संवाद सहजीकरण गर्दै अन्तरराष्ट्रिय मञ्चमा नेपालको रचनात्मक भूमिका स्थापित गर्न सहयोग पु¥याएको परराष्ट्रमन्त्री खनालले उल्लेख गर्नुभयो ।

“हामीले विश्वमाझ प्रस्तुत गर्ने राष्ट्रिय पहिचान र कथ्यलाई व्यवहारमा सिर्जना गर्ने अनुभवले पनि पुष्टि गर्न सक्नुपर्छ । त्यसबाटै प्रभावकारी सार्वजनिक कूटनीतिको विकास हुन्छ,” उहाँले भन्नुभयो ।

परराष्ट्रमन्त्री खनालले नेपालको राष्ट्रिय पहिचानलाई रणनीतिक अवसरसँग जोड्नुपर्नेमा जोड दिँदै जलविद्युत्, पर्यटन, डिजिटल सेवा, नवप्रवर्तन र सिर्जनशील उद्योगमा नेपालको सम्भावना रहेको बताउनुभयो । नेपालको जलविद्युत् स्रोतले क्षेत्रीय ऊर्जा सहकार्यको अवसर प्रदान गर्ने, प्राकृतिक तथा सांस्कृतिक सम्पदाले विविध र उच्च मूल्यको पर्यटन प्रवद्र्धन गर्न सक्ने तथा युवा पेसाकर्मी र उद्यमीले डिजिटल सेवा, नवप्रवर्तन र सिर्जनशील उद्योगमार्फत नेपाललाई अन्तरराष्ट्रिय बजारसँग जोडिरहेको उहाँको भनाइ थियो ।

त्यसैगरी, हिमाली पारिस्थितिक प्रणाली र जलवायु जोखिमसम्बन्धी नेपालको अनुभवले विश्वव्यापी वातावरणीय कूटनीतिमा नेपालको आवाजलाई थप सान्दर्भिक बनाएको परराष्ट्रमन्त्री खनालले बताउनुभयो । यी सम्भावनाको उपयोगका लागि दूरदर्शी रणनीति, सक्षम संस्थागत संरचना, विश्वसनीय पूर्वाधार र निरन्तर साझेदारी आवश्यक रहेको उल्लेख गर्दै उहाँले परराष्ट्र मन्त्रालयको आर्थिक कूटनीति महाशाखा तथा विदेशस्थित नेपाली नियोगहरूले नेपालको सम्भावनालाई वैदेशिक लगानी, बजार, प्रविधि र ज्ञान सञ्जालसँग जोड्ने काम गरिरहेको जानकारी दिनुभयो ।

  • काठमाडौँ
  • भोजपुर
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    शीतलहर र हिमपातको प्रतिकार्यका लागि सरकारको पूर्वतयारी

  • युवा जलवायु सम्मेलन विपद् न्यूनीकरणको आधार बन्नुपर्छः मन्त्री खड्का

    युवा जलवायु सम्मेलन विपद् न्यूनीकरणको आधार बन्नुपर्छः मन्त्री खड्का

  • Post Thumbnail

    सरकारले लगानी र पूर्वाधारसँग सम्बन्धित ५९ ऐनका ४९४ दफामा सुधार गर्ने

  • Post Thumbnail

    नेपाल पूर्वाधार सम्मेलनले क्रमभङ्गतालाई जोड दिनेछः अर्थमन्त्री डा वाग्ले

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १९ गते बिहिबार

    २०८३ कात्तिक १९ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    एनपिएलः विराटनगरद्वारा काठमाण्डुसामु ८४ रनको लक्ष्य

    Post Thumbnail

    शीतलहर र हिमपातको प्रतिकार्यका लागि सरकारको पूर्वतयारी

    Post Thumbnail

    नेपालको राष्ट्रिय पहिचानलाई विश्वमाझ थप स्थापित गर्न सरकार प्रतिबद्ध छः परराष्ट्रमन्त्री खनाल

    युवा जलवायु सम्मेलन विपद् न्यूनीकरणको आधार बन्नुपर्छः मन्त्री खड्का

    युवा जलवायु सम्मेलन विपद् न्यूनीकरणको आधार बन्नुपर्छः मन्त्री खड्का

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution