
चितवन १९ कात्तिकः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो निर्वाचन क्षेत्रमा निर्वाचित जनप्रतिनिधिभन्दा नीति पुग्नुपर्ने बताउनुभएको छ ।
भरतपुर विमानस्थलमा आज पत्रकारसँग कुराकानी गर्दै सभापति लामिछानेले आफू चितवन ढिला आए पनि यहाँ नीतिगत कामहरु भइरहेको बताउनुभयो । “जिम्मेवारी धेरै छ । तर व्यक्तिभन्दा सिस्टम आउनुपर्छ भन्ने सोचका कारण व्यक्तिका रुपमा म ढिला आए पनि सरकारको रुपमा, पार्टीको रुपमा पार्टीको संरचना, सरकारका नीतिहरु देशभरी पुगिरहेका छन्”, उहाँले भन्नुभयो, “हाम्रो उद्देश्य पनि त्यही हो । व्यक्ति आउनुभन्दा पनि नीति आउनु प¥यो । राज्यको नीति आउने क्रम जारी छ ।”
चितवन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका सभापति लामिछाने शुक्रबारसम्म चितवनका विभिन्न कार्यक्रममा सहभागी हुन आज यहाँ आउनुभएको हो । रास्वपा चितवनका सभापति इन्जिनियर मिनिमाधव खनालका अनुसार चितवन आएलगत्तै सभापति लामिछाने आज पार्टी कार्यालयमा जिल्ला, क्षेत्र र स्थानीय तहका पदाधिकारीहरुसँग सङ्गठनात्मक छलफलमा सहभागी हुनुहुने छ ।
सभापति लामिछानेले शुक्रबार बिहान नारायणी नदी किनारको कटान क्षेत्रको अवलोकन तथा सम्बन्धित पक्षसँग छलफल गर्ने कार्यक्रम छ ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |