Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २०, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

‘स्यानिटरी इन्जिनियरिङ’ पुस्तक प्रकाशित

खानेपानी आयोजनाका योजना तथा डिजाइन, ढल व्यवस्थापन, फोहोरपानी प्रशोधन र सरसफाइ क्षेत्रका कानुनी व्यवस्थासहितका विषय समेटिएको ‘स्यानिटरी इन्जिनियरिङ’ नामक पुस्तक प्रकाशित भएको छ ।
रासस ४२६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २०, बिहिबार (१६ मिनेट अघि)
‘स्यानिटरी इन्जिनियरिङ’ पुस्तक प्रकाशित

काठमाडौँ, १९ कात्तिक: खानेपानी आयोजनाका योजना तथा डिजाइन, ढल व्यवस्थापन, फोहोरपानी प्रशोधन र सरसफाइ क्षेत्रका कानुनी व्यवस्थासहितका विषय समेटिएको ‘स्यानिटरी इन्जिनियरिङ’ नामक पुस्तक प्रकाशित भएको छ ।

आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) का प्रमुख एवं इन्जिनियर रामकुमार श्रेष्ठद्वारा लिखित उक्त पुस्तकमा खानेपानी, भूमिगत जल, फोहोरपानी व्यवस्थापन, सरसफाइ, वातावरण, जलप्रवाह, जलविज्ञान तथा खानेपानी, सरसफाइ र स्वच्छता (वास) क्षेत्रसँग सम्बन्धित ऐन, नियम तथा नीतिहरू समेटिएका छन् ।

नेपालको खानेपानी तथा सरसफाइ क्षेत्रमा नेपाली परिवेशअनुकूल प्राविधिक सन्दर्भ सामग्रीको अभावलाई सम्बोधन गर्ने उद्देश्यले पुस्तक प्रकाशन गरिएको लेखक श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार पुस्तकमा खानेपानी तथा ढल आयोजनाको योजना, डिजाइन, निर्माण र व्यवस्थापनका लागि आवश्यक प्राविधिक ज्ञान, डिजाइनका आधार, राष्ट्रिय मापदण्ड तथा कानुनी व्यवस्थालाई एउटै पुस्तकमा समेटिएको छ ।

हेरिटेज पब्लिसर्स एण्ड डिस्ट्रिब्युटर्स प्रालि, भोटाहिटीले प्रकाशन गरेको पुस्तक खानेपानी तथा सरसफाइ क्षेत्रका इन्जिनियर, प्राविधिक जनशक्ति, विद्यार्थी तथा लोक सेवा आयोगका परीक्षार्थीलाई लक्षित गरी तयार गरिएको हो । नेपालमा खानेपानी तथा सरसफाइका आयोजना निर्माण भइरहे पनि नेपाली भौगोलिक, सामाजिक, प्राविधिक र नीतिगत अवस्थासँग मेल खाने सन्दर्भ सामग्रीको आवश्यकता रहँदै आएको छ ।

विशेषगरी खानेपानी आयोजनाको डिजाइन गर्दा कुन मापदण्ड र आधार प्रयोग गर्ने, पानीको स्रोतको क्षमता कसरी निर्धारण गर्ने, खानेपानीको माग कसरी प्रक्षेपण गर्ने तथा प्रशोधन र वितरण प्रणाली कसरी डिजाइन गर्ने भन्ने विषयमा प्राविधिक जनशक्तिलाई एकै ठाउँबाट जानकारी उपलब्ध गराउने पुस्तकको उद्देश्य रहेको लेखक श्रेष्ठले बताउनुभयो ।

पुस्तकमा नेपालको जलस्रोत, खानेपानी तथा सरसफाइको वर्तमान अवस्था, योजना तथा डिजाइनका आधार, पानी सङ्कलन, प्रसारण तथा वितरण प्रणाली, पम्पिङ, खानेपानी प्रशोधन र उन्नत प्रशोधन प्रविधिबारे विस्तृत जानकारी समावेश गरिएको छ ।

त्यसैगरी खानेपानी सेवा प्रदायक संस्थाको व्यवस्थापन, आम्दानी नहुने पानी (नन रिभेन्यु वाटर), सञ्चालन तथा मर्मतसम्भार, वित्तीय व्यवस्थापन र जोखिम मूल्याङ्कनसम्बन्धी विषय पनि पुस्तकमा समेटिएका छन् ।

भूमिगत पानीसम्बन्धी खण्डमा भूमिगत पानीको बहाव, अनुसन्धान, ट्युबवेलको डिजाइन तथा निर्माण, पम्पिङ परीक्षण, पानीको गुणस्तर र संरक्षणका विषय समावेश छन् । यसले भूमिगत पानीमा आधारित खानेपानी आयोजनाको अध्ययन, डिजाइन तथा व्यवस्थापनमा संलग्न प्राविधिकलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

लेखक श्रेष्ठले खानेपानी र सरसफाइलाई छुट्टाछुट्टै पूर्वाधारका रूपमा मात्र हेर्न नहुने बताउनुभयो । उहाँले पानीको स्रोतदेखि उपभोक्तासम्मको आपूर्ति तथा प्रयोगपछि निस्कने फोहोरपानी र दिसाजन्य लेदोको सुरक्षित व्यवस्थापनसम्म समग्र सेवा शृङ्खलालाई बुझ्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।

नेपाली सन्दर्भ, राष्ट्रिय मापदण्ड, प्राविधिक ज्ञान र कानुनी व्यवस्थालाई एकै ठाउँमा समेटिएकाले पुस्तक खानेपानी तथा सरसफाइ क्षेत्रको अध्ययन, अनुसन्धान, आयोजना डिजाइन र प्राविधिक सेवा प्रवेशको तयारीमा रहेका जनशक्तिका लागि उपयोगी सन्दर्भ सामग्री बन्ने विश्वास गरिएको छ ।

  • काठमाडौँ
  • प्रतिक्रिया दिनुहोस
    विचार/लेख सम्बन्धि थप
  • Post Thumbnail

    दीपावली र छठको रौनकः रङरोगनद्वारा टल्काइँदै घर

  • आलेखः लुम्बिनीका अधुरा योजना र संरक्षणका चुनौती

    आलेखः लुम्बिनीका अधुरा योजना र संरक्षणका चुनौती

  • Post Thumbnail

    तिहार खर्च जुटाउन पाल्पामा राउटे

  • Post Thumbnail

    बालबालिकामैत्री जलवायु कार्यमा थप लगानी गर्न युनिसेफको सुझाव

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १९ गते बिहिबार

    २०८३ कात्तिक १९ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

    ‘स्यानिटरी इन्जिनियरिङ’ पुस्तक प्रकाशित

    ‘स्यानिटरी इन्जिनियरिङ’ पुस्तक प्रकाशित

    Post Thumbnail

    एनपिएलमा नेपाली खेलाडीको ‘ब्याटिङ’ र ‘बलिङ’ दुवैतर्फ चमक

    Post Thumbnail

    एनपिएल क्रिकेटः लुम्बिनीको उत्कृष्ट जित

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution