Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २०, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
महोत्तरी

दीपावली र छठको रौनकः रङरोगनद्वारा टल्काइँदै घर

महोत्तरीसहित मिथिला क्षेत्रमा अहिले दीपावली र छठ पर्वको रौनक सुरु भएको छ । भोलि ‘धनतेरस’सँगै भित्रिने दीपावली र कात्तिक शुक्लपक्षको चौथीदेखि सप्तमीसम्म विभिन्न विधिले सम्पन्न हुने पर्व छठको रौनकले मिथिला क्षेत्र अहिले देखिँदो छ ।
रासस ८५१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २०, बिहिबार (२२ मिनेट अघि)
Post Thumbnail

महोत्तरी, १९ कात्तिकः महोत्तरीसहित मिथिला क्षेत्रमा अहिले दीपावली र छठ पर्वको रौनक सुरु भएको छ । भोलि ‘धनतेरस’सँगै भित्रिने दीपावली र कात्तिक शुक्लपक्षको चौथीदेखि सप्तमीसम्म विभिन्न विधिले सम्पन्न हुने पर्व छठको रौनकले मिथिला क्षेत्र अहिले देखिँदो छ ।

कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्मका पाँच दिनको हुने दीपावली पर्व यसपालि तिथिको घटबढले छ दिनको भएको छ ।

पर्वअघिदेखि नै गाउँनगर बस्ती सरसफाइ र सडक बत्ती जडान गर्ने सामूहिक अभियानदेखि आफ्ना घरआँगन साजसजामा सबै जुटेका पाइएको छ । पर्वका अवसरमा पक्की घरमात्र नभएर बाँसको चोयाका भित्ताका घर पनि विभिन्न रङका माटोले लिपपोत गरेर टलक्क टल्काइएका छन् । मिथिला क्षेत्रमा घर आमरूपमा बाँसका चोयाका भित्ता लगाइने पुरानै चलन छ । घर लिपपोत र रङरोगन दीपावली र छठ पर्वको स्थापित संस्कृति नै रहेको पाका मैथिल बताउँछन् ।

लोहारपट्टी–४ खुट्टा बस्तीका सामाजिक कार्यकर्ता नागेन्द्र चौधरी भन्नुहुन्छ, “दशहरादेखि नै घर सरसफाइ र रङरोगन थालिन्छ । दीपावली र छठअघि घर लिपपोत र रङरोगन गरिनै पर्ने चलन नै बसेको हुँदा धेरैजसोले यो काम यतिखेर गर्छन् ।”

दीपावली धनधान्यकी देवीको आराधना गरिने पर्व हुँदा यसबेला घर सरसफाइ र रङरोगन गर्ने मैथिल परम्परा रहेको छ । पर्व विशेषले अहिले झिक्राझिक्रीले बारिएका खर र खपडाले छाइएका गरिब बस्तीका घर पनि भित्ता टालटुल, लिपपोत र रङरोगनले टिलिक्क छन् ।

दीपावली सुरु हुनै लाग्दा अहिले महोत्तरीका गाउँ÷नगर बस्तीका सर्वसाधारण घर टल्काउने काममा व्यस्त छन् । झिलीमिली उज्यालोको पर्व मानिने दीपावली र भक्ति र निष्ठाको पर्व छठअघि बाँसका भाटा र झिक्राकै भित्ता भएका घर पनि परैबाट टिलिक्क टल्कने बन्दैछन् । सफा, स्वच्छ र राम्ररी लिपपोत गरेको उज्यालो घरमा लक्ष्मी प्रवेश गर्ने विश्वासले मिथिलामा यी पर्व खुसी र रमाइलोका मानिने गरिएको छ ।

“दिवाली (दीपावली) पवनी (पर्व)ले सबैतिर खुसी छर्ने विश्वास गरिन्छ । यो पवनीमा लक्ष्मीमाता गरिबका घरमा पनि पुग्नुहुन्छ,” भङ्गाहा–४ रामनगरकी ६० वर्षीया रामप्रिया साह भन्नुहुन्छ, “लक्ष्मी सरसफाइ र रङरोगन गरिएको उज्यालो घरमा प्रवेश गर्ने विश्वास गरिन्छ ।”

त्यस पर्वका अवसरमा घर रङरोगन गर्न छरछिमेकका दिदीबहिनीमा आपसी सहयोगको चलनले काम रमाइलो बन्ने गरेका उहाँ बताउनुहुन्छ ।

पछिल्ला केही वर्षयता भने पर्वमा माटो लिन जाने, घर लिपपोत र रङरोगनका काममा छरछिमेकको आपसी हेलमेल भने घट्दै गएको रामप्रियाको अनुभव छ । तर, आफ्नो बस्तीमा अझै हेलमेलबाटै यी काम हुँदै आएका उहाँले बताउनुभयो । ती चाडबाडका बेला कसको घर राम्रो लिपपोत र रङ्गरोगन भयो भन्ने गृहिणीबीचको छलफल र सँगसँगै काम गर्दाको मन फुकाएर गरिने हाँसख्याल ठट्टा रमाइलो क्षणका रूपमा ग्रामीण महिला सम्झन्छन् ।

घर सिङ्गार्न, लिपपोत गर्ने काममा पुरुष पनि ठाउँठाउँमा देखिन्छन् । तर, धेरैजसो यो काम महिलाको मानिने पुरानो मानसिकताले अधिकांश घर लिपपोत र रङरोगन महिलाले नै गर्ने गरेका छन् । घर लिपपोत र रङरोगन गरिन माटोसँगै चुन र विभिन्न रङको प्रयोग अचेल निकै बढेको छ ।

दसैँदेखि दीपावलीसम्म घर लिपपोत र रङरोगनको काम सकिएपछि घरबस्ती चहकिला देखिँदैछन् । दशहरा (दसैँ)मा लिपपोत र रङरोगन गरिएका घरमा पनि दीपावलीअघि सरसफाइ र लिपपोत गरिने यहाँको परम्परा छ ।

दसैँमा घरको खानपानमा मासुको प्रयोग हुने तर दीपावली र छठ सात्विक विधिविधानले गरिनेहुँदा ती पर्वअघि लिपपोत र रङरोगन गर्नु परेको मैथिल गृहिणी बताउँछन् ।

  • महोत्तरी
  • प्रतिक्रिया दिनुहोस
    विचार/लेख सम्बन्धि थप
  • आलेखः लुम्बिनीका अधुरा योजना र संरक्षणका चुनौती

    आलेखः लुम्बिनीका अधुरा योजना र संरक्षणका चुनौती

  • Post Thumbnail

    तिहार खर्च जुटाउन पाल्पामा राउटे

  • Post Thumbnail

    बालबालिकामैत्री जलवायु कार्यमा थप लगानी गर्न युनिसेफको सुझाव

  • Post Thumbnail

    पहिलो त्रैमासिकमै सिँचाइ आयोजनाको बजेट कार्यान्वयन उत्साहजनक

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १९ गते बिहिबार

    २०८३ कात्तिक १९ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    एनपिएल क्रिकेटः लुम्बिनीको उत्कृष्ट जित

    Post Thumbnail

    दीपावली र छठको रौनकः रङरोगनद्वारा टल्काइँदै घर

    Post Thumbnail

    खानी सञ्चालनमा रोक

    आलेखः लुम्बिनीका अधुरा योजना र संरक्षणका चुनौती

    आलेखः लुम्बिनीका अधुरा योजना र संरक्षणका चुनौती

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution