Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २०, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
पाल्पा

तिहार खर्च जुटाउन पाल्पामा राउटे

राउटे समुदायका पाँच जना सदस्य पाल्पा आइपुगेका छन् ।
रासस ९२६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २०, बिहिबार (१ घण्टा अघि)
Post Thumbnail

पाल्पा, १९ कात्तिकः राउटे समुदायका पाँच जना सदस्य पाल्पा आइपुगेका छन् ।

तिहार नजिकिएसँगै चाडपर्वको खर्च जुटाउन उनीहरु पाल्पा आइपुगेका हुन् । राउटे नेपालको लोपोन्मुख जाति हो ।

कर्णाली प्रदेशको सुर्खेतमा बसोबास गर्दै आएका उनीहरू तानसेन बजारमा आफ्नै हातले निर्माण गरेका पिर्का, आरी, कोसीलगायत काठका सामग्री बिक्री गर्दै सहयोग सङ्कलनमा जुटेका छन् ।

गाडीमा बसेर पाल्पा आइपुगेका उनीहरूको मुख्य उद्देश्य तिहार मनाउन आवश्यक खर्च जुटाउनु हो ।

पुस्तौँदेखि अपनाउँदै आएको परम्परागत सीप र श्रमबाट तयार पारिएका काठका सामग्री बिक्री गरेर दैनिक गुजारा चलाउनुका साथै चाडपर्वका लागि खर्च जुटाउने गरेको समुदायका सदस्य बन्दवीर शाहीले बताउनुभयो ।

“अब तिहार आइसक्यो, मिठो खानेकुरा खानुपर्छ,” शाहीले भन्नुभयो, “हामीसँग पैसा हुँदैन । त्यसैले आफैँले बनाएका भाँडाकुँडा बेच्ने र सहयोग माग्ने गरेका छौँ ।”

उहाँका अनुसार विगतमा जङ्गलका रुखबाट काठका ठेकी, कोसीलगायत सामग्री बनाएर बिक्री गरी जीविकोपार्जन गर्ने गरिएको थियो ।

अहिले जङ्गलमा रुख काट्न सहज नभएपछि परम्परागत पेसाबाट आम्दानी गर्न कठिन भएको छ । यसले गर्दा समुदायका सदस्य आर्थिक आवश्यकताका लागि विभिन्न ठाउँमा पुगेर सहयोग सङ्कलन गर्न बाध्य भएका छौँ ।

“पहिले जङ्गलमा भएका रुख काटेर ठेकी, कोसी बनाएर बिक्री गथ्र्यौँ र आफ्नो खर्च चलाउँथ्यौँ । अहिले रुख काट्न पाइँदैन । त्यसैले हामीसँग पैसा हुँदैन र सहयोग उठाउन हिँड्नुपर्छ,” उहाँले भन्नुभयो ।

दसैँ पनि यसैगरी खर्च जुटाएर मनाएको बताउँदै शाहीले तिहारमा समुदायका सदस्यसँग रमाइलो गर्न र मिठोमसिनो खान केही रकम जुटाउने आशासहित पाल्पा आएको सुनाउनुभयो ।

उनीहरुले काठका सामग्री बिक्री गरिरहेको दृश्यले स्थानीयवासी तथा बजारमा आवतजावत गर्ने सर्वसाधारणको ध्यान आकर्षित गरेको छ ।

परम्परागत सीपबाट निर्माण गरिएका काठका सामग्री हेर्न र खरिद गर्न स्थानीयले चासो देखाएका छन् ।

आधुनिक जीवनशैली र बजारमा विभिन्न प्रकारका औद्योगिक सामग्रीको प्रयोग बढ्दै गएको अवस्थामा राउटे समुदायले भने पुस्तौँदेखि अपनाउँदै आएको परम्परागत सीपलाई निरन्तरता दिँदै आएका छन् ।

उनीहरू प्रत्येक जिल्ला जाने, स्थानीय तह र अन्य सरकारी कार्यालयमा पुग्ने र समुदायका लागि चाडपर्व खर्च सङ्कलन गर्ने गरेका छन् ।

कुनै दिन ‘पैसा छोए पाप लाग्छ’ भन्ने राउटे आजभोलि अन्नसँग सामग्री साट्नभन्दा पैसामा साट्न सजिलो मान्न थालेका छन् । उनीहरु तस्वीर खिचेको पैसा माग्न थालेका छन् ।

बाँदरको सङ्ख्या घट्दै जानु, सामुदायिक वनमा रुख सजिलै काट्न नपाउनु तथा विभिन्न सङ्घसंस्थाको प्रभाव राउटे समुदायमा बढ्नाले राउटे विस्तारै परर्निभर बन्दै गएका हुन् ।

  • पाल्पा
  • सुर्खेत
  • प्रतिक्रिया दिनुहोस
    विचार/लेख सम्बन्धि थप
  • Post Thumbnail

    दीपावली र छठको रौनकः रङरोगनद्वारा टल्काइँदै घर

  • आलेखः लुम्बिनीका अधुरा योजना र संरक्षणका चुनौती

    आलेखः लुम्बिनीका अधुरा योजना र संरक्षणका चुनौती

  • Post Thumbnail

    बालबालिकामैत्री जलवायु कार्यमा थप लगानी गर्न युनिसेफको सुझाव

  • Post Thumbnail

    पहिलो त्रैमासिकमै सिँचाइ आयोजनाको बजेट कार्यान्वयन उत्साहजनक

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १९ गते बिहिबार

    २०८३ कात्तिक १९ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    एनपिएलमा नेपाली खेलाडीको ‘ब्याटिङ’ र ‘बलिङ’ दुवैतर्फ चमक

    Post Thumbnail

    एनपिएल क्रिकेटः लुम्बिनीको उत्कृष्ट जित

    Post Thumbnail

    दीपावली र छठको रौनकः रङरोगनद्वारा टल्काइँदै घर

    Post Thumbnail

    खानी सञ्चालनमा रोक

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution