Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १९, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
सुनसरी

तीन दशकदेखि व्यावसायिक कृषिमा रमाउँदै बुद्धसागर मेहता

इनरुवा नगरपालिका–८ का बुद्धसागर मेहताको परिचय हो– सफल अनि व्यावसायिक किसान । उहाँ विगत ३० वर्षदेखि कृषिमा संलग्न हुनुहुन्छ ।
रासस ८७६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २०, बिहिबार (१ घण्टा अघि)
तीन दशकदेखि व्यावसायिक कृषिमा रमाउँदै बुद्धसागर मेहता

सुनसरी, १९ कात्तिकः इनरुवा नगरपालिका–८ का बुद्धसागर मेहताको परिचय हो– सफल अनि व्यावसायिक किसान । उहाँ विगत ३० वर्षदेखि कृषिमा संलग्न हुनुहुन्छ । पुख्र्यौली रूपमा सामान्य खेतीपाती गर्दै आउनुभएका उहाँले आधुनिक तथा व्यावसायिक तरिकाले कृषि गर्न थालेको करिब तीन दशक भयो ।

उहाँले आफ्नै तीन बिघा र १० बिघा जग्गा भाडामा लिएर तरकारी तथा खाद्यान्नको खेती गर्दै आउनुभएको छ । उहाँको खेतमा टमाटर, बोडी, काउली, बन्दाकोबी, लौका, सागलगायत विभिन्न मौसमी तरकारीका साथै धान, मकै र गहुँ उत्पादन हुँदै आएको छ ।

तरकारी बिक्रीबाट मात्रै वार्षिक करिब रु २० लाख आम्दानी हुने गरेको उहाँले सुनाउनुभयो । धान, मकै तथा अन्य कृषि उपजको आम्दानीबाट सबै खर्च कटाएर वार्षिक करिब रु ३० लाख बचत हुने गरेको उहाँको भनाइ छ ।

उहाँले नियमित तलब दिएर पाँच जना कर्मचारी राख्नुभएको छ । खेतीको काम र मौसमअनुसार वर्षभरि दैनिक १२ देखि २० जनासम्म ज्यालादारी कामदारले रोजगारी पाउने गरेका छन् । परिवारका दाजुभाइ र छोराहरूसँग मिलेर खेती गर्दै आएको उहाँले जानकारी दिनुभयो ।

असोज–कात्तिकमा धान भित्र्याएपछि सोही खेतमा तरकारी लगाउने गर्नु भएको छ । उहाँको खेतबारीमा वर्षभरि मौसमअनुसार विभिन्न तरकारी उत्पादन हुने गरेको छ । उत्पादित तरकारी इनरुवा कृषि बजार तथा स्थानीय बजारमा बिक्री हुने गरेको छ ।

यस्तै, स्थानीय व्यापारी खेतमै आएर लैजाने गरेको मेहताले बताउनुभयो । कृषि कार्यलाई सहज बनाउन उहाँले दुईवटा कम्बाइन, तीन वटा थ्रेसर र चारवटा ट्याक्टर खरिद गर्नुभएको छ । आफ्नै कृषि यन्त्र हुँदा खेती गर्न सहज हुनाका साथै अन्य किसानलाई भाडामा दिएर थप आम्दानी हुने गरेको उहाँले बताउनुभयो ।

एक बिघा खेतको धान मानिस लगाएर काट्दा धेरै समय लाग्नाका साथै रु ३० हजारसम्म खर्च हुने उहाँको भनाइ छ । कम्बाइन हार्भेस्टरबाट धान तथा गहुँ काट्दा डेढ घण्टामै एक बिघा खेतको बाली भित्र्याउन सकिने उहाँले बताउनुभयो । “भाडामा मेसिन ल्याउँदा रु १२ हजारसम्म खर्च हुन्छ । आफ्नै मेसिन भएकाले समय र खर्च दुवै बचत भएको छ,” उहाँले भन्नुभयो ।

कृषि पेसामा मेहनत गर्न सके नेपालमै राम्रो आम्दानी गर्न सकिने उहाँको अनुभव छ । तर सिँचाइको पर्याप्त सुविधा नहुँदा आफैँले बोरिङ गरेर खेती गर्नुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो । सरकारले सिँचाइका लागि बोरिङ, पाइप र मोटर खरिदमा अनुदान दिनुपर्ने उहाँको भनाइ छ । अनुदानको रकम किसानकै खातामा प्रत्यक्ष पठाउने व्यवस्था गर्नुपर्ने उहाँको माग छ । किसानले लिजमा जग्गा लिएर खेती गर्दा जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराउन नसक्ने भएकाले विद्युत् मिटर जडानमा समस्या हुने गरेको उहाँले बताउनुभयो । यस्तो अवस्थामा स्थानीयस्तरमा सर्जमिन गरी खेती भइरहेको जग्गाको विवरणका आधारमा विद्युत् मिटर र सिँचाइ सुविधा उपलब्ध गराउन सके व्यावसायिक खेती गर्ने किसानलाई राहत पुग्ने उहाँको भनाइ छ ।

कृषि उत्पादनको लागत घटाउन सरकारले डिजेलमा कम्तीमा ५० प्रतिशत सहुलियत दिनुपर्ने उहाँको भनाइ छ ।

कृषि उत्पादनका लागि आवश्यक मल समयमै उपलब्ध नहुनु अर्को प्रमुख समस्या रहेको उहाँको अनुभव छ । उहाँले भन्नुभयो, “युरिया, डिएपी र पोटासलगायत मल एकै पटक सहज रूपमा बजारमा पाइँदैन । आवश्यक पर्ने समयमा अभाव हुन्छ ।” किसानसँग पैसा हुँदा पनि मल किन्न नपाउने अवस्थाको अन्त्य गर्न सरकारले सहकारी तथा कृषि सामग्री वितरण गर्ने निकायमार्फत पर्याप्त मलको मौज्दात राख्नुपर्ने उहाँको भनाइ छ ।

नेपालमा गुणस्तरीय बीउको अभाव रहेकाले खेती गर्न छिमेकी मुलुकबाट उन्नत जातका बीउ ल्याउनुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो । कृषिमा नयाँ प्रविधि र उत्पादनका विधि भित्रिरहेका कारण नयाँ तथा पुराना दुवै किसानलाई नियमित तालिम आवश्यक रहेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “हिउँदे तरकारी, बर्खे तरकारी, धान र गहुँखेतीको मौसमअनुसार वर्षमा कम्तीमा तीनदेखि चारपटक किसानलाई तालिम दिनुपर्छ ।” नयाँ जातका बीउ र आधुनिक खेती प्रविधिबारे जानकारी उपलब्ध गराउन सके उत्पादन तथा आम्दानी बढाउन सकिने उहाँले बताउनुभयो ।

कृषि उत्पादनको बजारीकरण अर्को चुनौती रहेको मेहताको भनाइ छ । किसानले उत्पादन गरेका तरकारी तथा खाद्यान्न सहज रूपमा बजारसम्म पु¥याउन कृषि उत्पादन हुने क्षेत्रलाई जोड्ने सडक तथा यातायात सुविधा विस्तार गर्नुपर्ने उहाँले जोड दिनुभयो ।

छिमेकी मुलुकबाट आउने तरकारीसँग नेपाली उत्पादनले प्रतिस्पर्धा गर्न कठिन रहेको उहाँको अनुभव छ । नेपाली किसानको उत्पादन लागत बढी हुने भएकाले स्वदेशी उत्पादनलाई संरक्षण गर्न सरकारले आयात व्यवस्थापनमा ध्यान दिनुपर्ने बताउनुभयो ।

आयातित तथा स्वदेशी दुवै तरकारीमा विषादी परीक्षण अनिवार्य गर्नुपर्ने उहाँको माग छ । सीमाबाट भित्रिने तरकारीदेखि स्थानीय कृषि बजारसम्म विषादी परीक्षण गर्ने उपकरण र प्रयोगशालाको व्यवस्था गर्न सके उपभोक्ताको स्वास्थ्य सुरक्षा र स्वदेशी उत्पादनको गुणस्तर कायम गर्न सहयोग पुग्ने उहाँले बताउनुभयो ।

“सहुलियत ऋण, अनुदान, मल, बीउ, सिँचाइ र बजारको उचित व्यवस्था गरिदिए युवाले विदेश जानुपर्ने बाध्यता कम हुन्थ्यो,” उहाँले भन्नुभयो । नेपालमै कृषि क्षेत्रबाट रोजगारी सिर्जना गर्न सकिने भएकाले सरकारले किसानका वास्तविक समस्या पहिचान गरी उत्पादनदेखि बजारीकरणसम्म सहयोग गर्नु पर्ने उहाँको भनाइ छ ।

  • सुनसरी
  • प्रतिक्रिया दिनुहोस
    विचार/लेख सम्बन्धि थप
  • माईखोलाको बगरमा बदामखेती

    माईखोलाको बगरमा बदामखेती

  • सख्खरको उचित भाउ पाउने आसमा उखु पेल्दै किसान

    सख्खरको उचित भाउ पाउने आसमा उखु पेल्दै किसान

  • Post Thumbnail

    समस्याग्रस्त सात सहकारीका १२२ जना बचतकर्ताले पाए रकम फिर्ता

  • Post Thumbnail

    बाजुरामा सिँचाइ सुविधा विस्तार, २३ प्रतिशत जमिन सिञ्चित

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १८ गते बुधबार

    २०८३ कात्तिक १८ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    तरकारी छाडेर फूलखेतीमा रमाउँदै कमला

    तरकारी छाडेर फूलखेतीमा रमाउँदै कमला

    Post Thumbnail

    मौरिस हर्जोग पदमार्गमा सूचना केन्द्र स्थापना

    राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेशमा खेलाडी छनोट

    राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेशमा खेलाडी छनोट

    तीन दशकदेखि व्यावसायिक कृषिमा रमाउँदै बुद्धसागर मेहता

    तीन दशकदेखि व्यावसायिक कृषिमा रमाउँदै बुद्धसागर मेहता

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution