
बाजुरा, १८ कात्तिकः बडीमालिका नगरपालिकाले तिहारलाई लक्षित गर्दै नगर क्षेत्रभित्र प्लास्टिकजन्य फूलमाला तथा सजावटका सामग्री बिक्री वितरणमा रोक लगाएको छ ।
नगरपालिकाले सूचना जारी गर्दै तिहारको समयमा प्लास्टिकजन्य फूल, माला तथा सोही प्रकृतिका सजावटका सामग्री बिक्री वितरण नगर्न व्यापारीहरुलाई अनुरोध गरेको हो ।
पालिकाले स्थानीयस्तरमा उत्पादन भएका प्राकृतिक फूल तथा मालाको बिक्री वितरणलाई प्राथमिकता दिन पनि सबै व्यवसायी, व्यापारी तथा सर्वसाधारणलाई आग्रह गरेको हो ।
स्थानीय उत्पादनको प्रबद्र्धन, वातावरण संरक्षण तथा प्लास्टिकजन्य सामग्रीको प्रयोग न्यूनीकरण गर्ने उद्देश्यले यस्तो आग्रह गरिएको नगरपालिकाले जनाएको छ ।
निर्णय अवेज्ञा गरी प्लास्टिकजन्य वा गुणस्तरहीन फूल, माला तथा सजावटका सामग्री बिक्री वितरण गरेको पाइएमा त्यस्ता सामग्री जफत गरिने चेतावनी दिइएको छ ।
नगर उपप्रमुख नन्दाकुमारी थापाले स्थानीय किसानलाई फूल खेतीमा आकर्षित गरी आम्दानीको स्रोत सुनिश्चित गर्न आयातित प्लास्टिकजन्य सामग्री निषेध गरिएको बताउनुभयो ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |