
झापा, १७ कात्तिकः श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले आफ्नो पार्टी श्रमजीवी गरिब जनताको पक्षमा रहेको बताउनुभएको छ ।
मेचीनगर–६ स्थित काँकडभिट्टामा आज पार्टीले आयोजना गरेको जनसभामा अध्यक्ष राईले पार्टीका श्रमदाताले मुलुकको विभिन्न स्थानमा गरिबका लागि श्रम बगाएर आफ्नो राजनीतिक लक्ष्य कामले प्रमाणित गरिरहेको दाबी गर्नुभयो ।
अध्यक्ष राईले सुकुमबासी समस्या समाधानमा वत्र्तमान सरकार गम्भीर नबनेको आरोप लगाउँदै भन्नुभयो, “सरकारमा नभएका कारणले हामीले आवाज मात्र उठाउन सकेका छौँ । सत्तामा पुगेका दिन हामी सुकुम्बासीलाई जग्गा र बसोबासको व्यवस्था मिलाउँछौँ ।” झापाका बासिन्दाले जङ्गली हात्तीको समस्या झेल्नु परिरहेको उल्लेख गर्दै अध्यक्ष राईले हरेक नागरिकको जीउधनको सुरक्षा गर्न सरकारलाई आग्रह गर्नुभयो ।
यसैबीच श्रम संस्कृति पार्टीले आज अर्जुनधारामा आयोजना गरेको सभालाई सम्बोधन गर्दै अध्यक्ष राईले श्रम गरेर नै देशलाई सुखी र समृद्ध बनाउन सकिने धारणा व्यक्त गर्नुभएको थियो ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |