
काठमाडौँ, १७ कात्तिकः स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनबीच सिंहदरबार वैद्यखानाको संस्थागत तथा प्राविधिक क्षमता अभिवृद्धि र औषधि उत्पादनको गुणस्तर सुधारका विषयमा छलफल भएको छ ।
छलफलमा वैद्यखानाको अनुसन्धान प्रयोगशाला विकास, औषधिको गुणस्तर सुधार, निर्यातको सम्भावना र विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) का मापदण्डअनुरूप उत्पादन प्रणालीको स्तरोन्नति गर्ने विषयमा छलफल भएको हो ।
वैद्यखानाको उत्पादन प्रणालीलाई व्यवस्थित, गुणस्तरीय र प्रतिस्पर्धी बनाउँदै संस्थागत क्षमता विकास गर्न दुवै मन्त्रालयबीच सहकार्य गर्ने विषयमा छलफल भएको छ । यसका लागि दुई मन्त्रालयबीच समझदारीपत्र गर्ने प्रस्तावसमेत अघि बढाइएको छ ।
छलफलमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटा र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयका सचिव दीनानाथ मिश्रको पनि सहभागिता थियो ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |