Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १८, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
कास्की

कात्तिक १८ देखि २१ गतेसम्म राष्ट्रिय जुनियर टेनिस च्याम्पियनसिप

पोखरामा प्रथम संस्करणको राष्ट्रिय जुनियर टेनिस च्याम्पियनसिप–२०२६ आयोजना हुने भएको छ । गण्डकी प्रदेश टेनिस सङ्घको आयोजनामा यही कात्तिक १८ देखि २१ गतेसम्म पोखरा रङ्गशाला टेनिस कम्प्लेक्समा सञ्चालन हुने प्रतियोगितामा देशभरबाट गरी ४३ जना खेलाडी सहभागी हुँदैछन् ।
रासस ९५१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक १८, मंगलबार (२ घण्टा अघि)
Post Thumbnail

कास्की, १७ कात्तिकः पोखरामा प्रथम संस्करणको राष्ट्रिय जुनियर टेनिस च्याम्पियनसिप–२०२६ आयोजना हुने भएको छ । गण्डकी प्रदेश टेनिस सङ्घको आयोजनामा यही कात्तिक १८ देखि २१ गतेसम्म पोखरा रङ्गशाला टेनिस कम्प्लेक्समा सञ्चालन हुने प्रतियोगितामा देशभरबाट गरी ४३ जना खेलाडी सहभागी हुँदैछन् ।

नेपाल टेनिस सङ्घको स्वीकृति तथा कास्की जिल्ला टेनिस सङ्घको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा आठदेखि १८ वर्षमुनिका ‘गल्र्स’ तथा ‘ब्वाइज’ खेलाडीले विभिन्न उमेर समूहमा ‘सिङ्गल्स’ र ‘डबल्स’ विधामा प्रतिस्पर्धा गर्ने प्रतियोगिता संयोजक लोकबहादुर गुरुङले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रतियोगितामा यू–८, यू–९, यू–१०, यू–१२, यू–१४, यू–१६ र यू–१८ उमेर समूहका खेलाडी सहभागी हुनेछन् । प्रतियोगिताका विजेतालाई आकर्षक उपहार प्रदान गरिनेछ ।

“राष्ट्रियस्तरमा प्रतिभाशाली जुनियर खेलाडीको पहिचान, टेनिस खेलको विकास, खेलाडीको क्षमता अभिवृद्धि तथा खेल संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो”, प्रतियोगिता संयोजक गुरुङले भन्नुभयो ।

सङ्घले स्थापनाकालदेखि नै जुनियर टेनिस प्रशिक्षण र खेलाडी उत्पादनलाई प्राथमिकता दिँदै आएको छ । सङ्घका अनुसार तीन वर्षको अवधिमा एक दर्जनभन्दा बढी खेलाडी राष्ट्रिय जुनियर वरियतामा पर्न सफल भएका छन् भने केही खेलाडीले नेपालको प्रतिनिधित्व गर्दै अन्तरराष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइसकेका छन् ।

जुनियर टेनिस प्रशिक्षणलाई व्यवस्थित बनाउँदै विभिन्न विद्यालयमा समेत प्रशिक्षण सञ्चालन गरिरहेको सङ्घले प्रतिभावान् बालबालिकाको पहिचान, गुणस्तरीय प्रशिक्षण र प्रतियोगितामा सहभागिताको अवसरमार्फत राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने लक्ष्य राखिएको आयोजक गण्डकी प्रदेश टेनिस सङ्घका अध्यक्ष विनोद कायस्थले बताउनुभयो ।

“पोखरालाई टेनिस खेलको महत्वपूर्ण केन्द्रका रूपमा स्थापित गर्ने उद्देश्यसहित यो प्रतियोगिता हुँदैछ । यसबाट टेनिस खेल विकास तथा क्षमतावान् खेलाडी पहिचान र उत्पादनमा सहयोग पुग्ने अपेक्षा गरेका छौँ ।” अध्यक्ष कायस्थले भन्नुभयो ।

प्रतियोगिताको मुख्य प्रायोजन ट्रयाङक्युलिटी स्पाले गरेको छ । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । प्रतियोगिताले जुनियर खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्नुका साथै राष्ट्रियस्तरमा प्रतिस्पर्धात्मक अनुभव हासिल गर्ने अवसर प्रदान गर्ने विश्वास गरिएको छ । पोखरामा विभिन्न समयमा हुने टेनिसका प्रतियोगिताले खेलाडीले आफ्नो खेल कौशल प्रदर्शनको अवसर पाउँदै आएका छन् ।

  • कास्की
  • प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
  • एसिया कप क्रिकेट खेल्ने नेपाली यू-१९ राष्ट्रिय टोलीको पोखरामा बिदाइ

    एसिया कप क्रिकेट खेल्ने नेपाली यू-१९ राष्ट्रिय टोलीको पोखरामा बिदाइ

  • Post Thumbnail

    एनपिएलः चितवनद्वारा सुदूरपश्चिमसामु १३० रनको लक्ष्य प्रस्तुत

  • Post Thumbnail

    एनपिएल क्रिकेटः कर्णालीमाथि काठमाडौँको जित

  • Post Thumbnail

    एनपिएलः चितवनजविरुद्ध सुदूरपश्चिम फिल्डिङमा

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १३ गते शुक्रबार

    २०८३ कात्तिक १३ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    आलेखः प्रदूषित बन्दै राम्दीघाट

    आलेखः प्रदूषित बन्दै राम्दीघाट

    Post Thumbnail

    मतदाता नामावली अद्यावधिकः तीन हजार ५० को नाम हट्यो

    आज सुनको मूल्य बढ्योः चाँदीको घट्यो

    आज सुनको मूल्य बढ्योः चाँदीको घट्यो

    Post Thumbnail

    नदी नियन्त्रणमा पहिलो त्रैमासिकमा ३४ दशमवल नौ प्रतिशत प्रगति

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution