Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १७, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
कास्की

एसिया कप क्रिकेट खेल्ने नेपाली यू-१९ राष्ट्रिय टोलीको पोखरामा बिदाइ

ओमानमा आयोजना हुने एसिसी पुरुष यू-१९ एसिया कप २०२६ मा सहभागी हुन जान लागेको नेपाली राष्ट्रिय यू-१९ क्रिकेट टोलीलाई आज पोखराबाट बिदाइ गरिएको छ ।
रासस ८०१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक १७, सोमबार (५२ मिनेट अघि)
एसिया कप क्रिकेट खेल्ने नेपाली यू-१९ राष्ट्रिय टोलीको पोखरामा बिदाइ

कास्की, १६ कात्तिकः ओमानमा आयोजना हुने एसिसी पुरुष यू-१९ एसिया कप २०२६ मा सहभागी हुन जान लागेको नेपाली राष्ट्रिय यू-१९ क्रिकेट टोलीलाई आज पोखराबाट बिदाइ गरिएको छ । नेपाली टोली आज साँझ पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट फ्लाइ दुबइको उडानमार्फत दुबई हुँदै ओमान जानेछ ।

ओमानमा यही कात्तिक १९ देखि २८ गतेसम्म एसिया कप सञ्चालन हुँदैछ । पोखरा महानगरपालिका, नेपाल क्रिकेट सङ्घ (क्यान) र गण्डकी प्रादेशिक क्रिकेट सङ्घले कार्यक्रम आयोजना गरी प्रतियोगितामा जितको शुभकामनासहित १५ सदस्यीय टोलीको बिदाइ गरेका हुन् ।

कार्यक्रममा पोखरा महानगरप्रमुख धनराज आचार्यले नेपाली क्रिकेटले अन्तरराष्ट्रियस्तरमा देशको पहिचान स्थापित गर्दै आएको उल्लेख गर्दै युवा खेलाडीले एसिया कपमा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गर्नुभयो । “नेपाली युवा टोलीको प्रदर्शनले देशको नाम उच्च राख्न सहयोग पुग्ने अपेक्षा गरेका छौँ । यस प्रतियोगिताले युवा खेलाडीको क्षमता अभिवृद्धि तथा अन्तरराष्ट्रिय अनुभव हासिल गर्न महत्वपूर्ण अवसर हुनेछ”, उहाँले भन्नुभयो ।

प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले खेलाडीको मेहनत, लगनशीलता र सामूहिक प्रयासले सफलता प्राप्त हुने बताउँदै प्रतियोगितामा उत्कृष्ट नतिजाका लागि शुभकामना व्यक्त गर्नुभयो । नेपाल क्रिकेट सङ्घ(क्यान) र गण्डकी प्रादेशिक क्रिकेट सङ्घले कार्यक्रम आयोजना गरी टोलीको बिदाइ गरेको हो । नेपाली टोलीका कप्तान विपिनप्रसाद शर्माले युवा टोलीले राम्रो मेहनत गरेर राम्रो नजिताका लागि खेल्ने बताउनुभयो ।

“हाम्रो तर्फबाट सक्दो मेहनत गरेर राम्रो क्रिकेट खेल्दै देशलाई चिनाउने छौँ”, शर्माले भन्नुभयो । उहाँले छोटो तयारीमा टोली प्रतियोगिता खेल्न जान लागेको बताउँदै राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रशिक्षक वसन्त शाही ठकुरीले अभ्यास खेल खेल्ने राष्ट्रसँगको प्रतिस्पर्धामा टोली नडराएको र नजिताका बारेमा धेरै चिन्ता नलिने बताउनुभयो । उहाँले प्रतियोगिताले युवा खेलाडीको भविष्य निर्धारण गर्ने समेत उल्लेख गर्नुभयो ।

“हामीले लामो तयारी गर्न नपाएपनि अभ्यास खेलमा खेलाडीले नयाँ सीप सिकेका छन्, ठूलो मैदानमा खेल्न गइरहेका छौँ । युवा खेलाडीका लागि राष्ट्रिय टिमको ढोका खोल्न र भविष्य निर्धारण गर्न यो प्रतियोगिता महत्वपूर्ण छ”, प्रशिक्षक शाहीले भन्नुभयो ।

प्रतियोगिताको तयारीका लागि टोलीले पोखरामा पाँच दिन बन्द प्रशिक्षण गरेको थियो । यही कात्तिक १२ देखि पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा टोलीले अभ्यास गरेको हो । प्रतियोगितामा नेपाल समूह ‘ए’मा परेको छ । यस समूहमा नेपालसँगै भारत, पाकिस्तान र संयुक्त अरब इमिरेट्स (यूएई) छन् । नेपालले पहिलो खेल कात्तिक २० गते भारतसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।

  • कास्की
  • प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
  • Post Thumbnail

    एनपिएलः चितवनद्वारा सुदूरपश्चिमसामु १३० रनको लक्ष्य प्रस्तुत

  • Post Thumbnail

    एनपिएल क्रिकेटः कर्णालीमाथि काठमाडौँको जित

  • Post Thumbnail

    एनपिएलः चितवनजविरुद्ध सुदूरपश्चिम फिल्डिङमा

  • Post Thumbnail

    एनपिएल क्रिकेटः कर्णालीले काठमाडौँलाई दियो १८१ रनको चुनौतीे

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १३ गते शुक्रबार

    २०८३ कात्तिक १३ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    Απίστευτη_ποικιλία_παιχνιδιών_και_spinania_online

    Post Thumbnail

    मुख्यमन्त्री थापाद्वारा नेपाल रेडक्रस केन्द्रीय कार्यालयको भ्रमण

    राष्ट्रियसभा अध्यक्षसँग स्वीस नेसनल काउन्सिलका अध्यक्षको शिष्टाचार भेट

    राष्ट्रियसभा अध्यक्षसँग स्वीस नेसनल काउन्सिलका अध्यक्षको शिष्टाचार भेट

    परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि बेलायती राजदूत फेनको भेटवार्ता

    परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि बेलायती राजदूत फेनको भेटवार्ता

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution