Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १८, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
म्याग्दी

विपद् प्रभावितलाई करिब रु १७ लाख नगद राहत वितरण

म्याग्दी, पर्वत र बागलुङमा विपद् परी आफन्त गुमाएका, प्रभावित स्थानीय तह र समुदायलाई करिब रु १७ लाख राहत सहयोग गरिएको छ ।
रासस ७२६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक १८, मंगलबार (२ घण्टा अघि)
Post Thumbnail

म्याग्दी, १७ कात्तिकः म्याग्दी, पर्वत र बागलुङमा विपद् परी आफन्त गुमाएका, प्रभावित स्थानीय तह र समुदायलाई करिब रु १७ लाख राहत सहयोग गरिएको छ ।

पुनमगर समाज नेपाल र बेलायतको सहकार्यमा सङ्कलन भएको रु १६ लाख ७४ हजार ३७५ सोमबार बाढीपहिरोमा ज्यान गुमाएका व्यक्तिका परिवार, प्रभावित बस्ती तथा स्थानीय तहका विपद् व्यवस्थापन कोषमा उपलब्ध गराइएको हो ।

म्याग्दीमा बाढीपहिरोमा ज्यान गुमाएका ११ जनाका परिवारलाई जनही रु २५ हजारका दरले राहत उपलब्ध गराइएको पुनमगर समाजका योगकुमार फगामीले जानकारी दिनुभयो ।

मृतकका परिवारलाई वितरण गर्न पुन मगर समाज युकेले रु दुई लाख २५ हजार र नेपाल पुन मगर समाज केन्द्रले रु ५० हजार उपलब्ध गराएका छन् ।

त्यसैगरी, बागलुङमा ज्यान गुमाएका १३ जनाका परिवारलाई जनही रु १० हजारका दरलेरु. एक लाख ३० हजार वितरण गरिएको छ । पर्वत जिल्लामा रु दुई लाख ५० हजार सहयोग गरिएको छ ।

म्याग्दीका प्रभावित बस्ती र स्थानीय तहका विपद् व्यवस्थापन कोषमा पनि राहत रकम उपलब्ध गराइएको छ । रघुगङ्गा गाउँपालिकाको विपद् व्यवस्थापन कोषमा रु ५० हजार, मालिका र मङ्गला गाउँपालिकाको कोषमा रु २५ हजारका दरले सहयोग गरिएको छ ।

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनलाई पाउद्वार, खोलापार, गोल्पानी र गिवाङका प्रभावितका लागि रु तीन लाख, धस्केखोर, किन्दु, शिख र स्वाँत क्षेत्रका लागि रु दुई लाख, काफलडाँडाका लागि रु दुई लाख तथा ठूलोबगर, भुरुङ, तातोपानी र नारच्याङ क्षेत्रका लागि रु ६४ हजार ३७५ सहयोग हस्तान्तरण गरिएको छ ।

पर्वतका मिर्गौला पीडितलाई रु एक लाख ५५ हजार सहयोग गरिएको छ । समाजले विपद्का बेला पीडित परिवार र प्रभावित समुदायलाई सहयोग पु¥याउने उद्देश्यले स्वदेश तथा विदेशमा रहेका पुन मगर समुदायबाट रकम सङ्कलन गरेको जनाएको छ ।

  • पर्वत
  • म्याग्दी
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • मङ्गलामा मौरीपालनबाट आयआर्जन तथा रोजगारी प्रवर्द्धन परियोजना

    मङ्गलामा मौरीपालनबाट आयआर्जन तथा रोजगारी प्रवर्द्धन परियोजना

  • Post Thumbnail

    रुपन्देहीमा निःशुल्क योग साधना अभियान

  • Post Thumbnail

    मालपोतका कर्मचारीविरुद्ध मुद्दा दायर

  • Post Thumbnail

    प्रमुख सिँचाइ नहर प्रणाली पूर्ण क्षमतामा सञ्चालन

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १३ गते शुक्रबार

    २०८३ कात्तिक १३ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    मङ्गलामा मौरीपालनबाट आयआर्जन तथा रोजगारी प्रवर्द्धन परियोजना

    मङ्गलामा मौरीपालनबाट आयआर्जन तथा रोजगारी प्रवर्द्धन परियोजना

    Post Thumbnail

    रुपन्देहीमा निःशुल्क योग साधना अभियान

    Post Thumbnail

    विपद् प्रभावितलाई करिब रु १७ लाख नगद राहत वितरण

    मौसम खुलेसँगै धान थन्क्याउन व्यस्त बने भोजपुरका किसान

    मौसम खुलेसँगै धान थन्क्याउन व्यस्त बने भोजपुरका किसान

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution