Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १७, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

राष्ट्रियसभा अध्यक्षसँग स्वीस नेसनल काउन्सिलका अध्यक्षको शिष्टाचार भेट

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपाल भ्रमणमा रहनुभएका स्वीट्जरल्याण्डको राष्ट्रिय परिषद्का अध्यक्ष पियरे आन्द्रे पेजले शिष्टाचार भेट गर्नुभएको छ ।
रासस ४५१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक १७, सोमबार (१ घण्टा अघि)
राष्ट्रियसभा अध्यक्षसँग स्वीस नेसनल काउन्सिलका अध्यक्षको शिष्टाचार भेट

काठमाडौँ, १६ कात्तिक : राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपाल भ्रमणमा रहनुभएका स्वीट्जरल्याण्डको राष्ट्रिय परिषद्का अध्यक्ष पियरे आन्द्रे पेजले शिष्टाचार भेट गर्नुभएको छ ।

सिंहदरबारस्थित अध्यक्षको कार्यकक्षमा आज भएको भेटमा उहाँहरूबीच दुई देशबीचको आपसीहित, संसदीय सम्बन्ध विस्तार, जलवायु परिवर्तनको असर न्यूनीकरण तथा विकास सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको हो ।

भेटमा अध्यक्ष दाहालले नेपाल–स्वीस संसदीयमैत्री समूह गठन भएको जानकारी गराउँदै सो समूहमार्फत दुवै देशबीच संसदीय अभ्यास, अनुभव आदानप्रदानका साथै सहकार्य विस्तार हुने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल र स्वीट्जरल्याण्डबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सव मनाइरहेको उल्लेख गर्दै अध्यक्ष दाहालले स्वीस संसदीय नेतृत्वको यस भ्रमणले दुई देशबीचको मित्रता र संसदीय सहकार्यलाई थप बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो ।

नेपालको संसदीय अभ्यासलाई थप सुदृढ बनाउन स्वीट्जरल्याण्डको सूचना प्रविधि, नवीन विधायिकी अभ्यास, प्राविधिक सहयोग र उत्कृष्ट अभ्यासबाट सिक्न आफूहरू इच्छुक रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले प्रत्यक्ष लोकतन्त्र र सङ्घीयताको अभ्यासमा स्वीट्जरल्याण्डको अनुभव नेपालका लागि उपयोगी हुने बताउनुभयो ।

रसुवा–भोटेकोशी बाढीबाट प्रभावित समुदायका लागि स्वीट्जरल्याण्डले उपलब्ध गराएको मानवीय सहायताप्रति धन्यवाद दिँदै अध्यक्ष दाहालले जलवायु न्याय, जलवायु वित्तमा सहज पहुँच र संवेदनशील राष्ट्रहरूको हित संरक्षणका लागि स्वीट्जरल्याण्डसँग सहकार्यको अपेक्षा गर्नुभयो ।

जलवायु परिवर्तन र विपद् जोखिम न्यूनीकरणलाई दुई देशको साझा सरोकारका रूपमा प्रस्तुत गर्दै अध्यक्ष दाहालले नेपालले विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा न्यून योगदान गरे पनि यसको असरबाट बढी प्रभावित हुनुपरेको बताउनुभयो ।

प्रत्यक्ष लोकतन्त्र र सङ्घीयताको अभ्यासमा स्वीट्जरल्याण्ड सफल उदाहरण रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले नेपालले स्वीस अनुभवबाट सिक्न चाहेको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई अझ सुदृढ बनाउन सङ्घ, प्रदेश र स्थानीय तहका लोकतान्त्रिक संस्थाको क्षमता तथा प्रभावकारिता अभिवृद्धिमा सहकार्यको अपेक्षा गरेका छौँ ।” सो अवसरमा स्वीट्जरल्याण्डको राष्ट्रिय परिषद्का अध्यक्ष पियरे आन्द्रे पेजले नेपाल भ्रमण गर्न पाउँदा खुसी लागेको उल्लेख गर्दै आफूहरूले संसदीय सहकार्यलाई प्राथमिकतामा राखेको बताउनुभयो ।

नेपाल र स्वीट्जरल्याण्डबीचको सम्बन्धको ७०औँ वार्षिकोत्सवका अवसरमा शुभकामना व्यक्त गर्दै अध्यक्ष पेजले दुई देशबीचको पारस्परिक सम्मान र विश्वासमा आधारित मित्रताको उत्सव मनाउन पाउँदा हर्षित भएको बताउनुभयो ।

नेपालको संसदले संसदीय मैत्री समूह गठन गरिसकेको थाहा पाउँदा आफूलाई खुसी लागेको बताउँदै उहाँले आफूहरूले पनि छिट्टै संसदीयमैत्री समूह गठन गर्ने बताउनुभयो ।

नेपाल र स्वीट्जरल्याण्ड हिमाली देश भएको र धेरै विषय समान रहेको उल्लेख गर्दै अध्यक्ष पेजले आपसी सहयोग र सहकार्य आदानप्रदान गर्न सदैव तयार रहेको बताउनुभयो ।

  • काठमाडौँ
  • रसुवा
  • राष्ट्रियसभा
  • संसद
  • प्रतिक्रिया दिनुहोस
    राजनीति सम्बन्धि थप
  • नीति अनुसन्धान प्रतिष्ठानको वार्षिक प्रतिवेदन सरकारसमक्ष पेश

    नीति अनुसन्धान प्रतिष्ठानको वार्षिक प्रतिवेदन सरकारसमक्ष पेश

  • Post Thumbnail

    चीनको विकास अनुभवबाट नेपालले सिक्नुपर्नेमा नेताहरूको जोड

  • Post Thumbnail

    जापानका लागि प्रस्तावित राजदूत थापाद्वारा नाम फिर्ता

  • Post Thumbnail

    एलपी ग्यास उद्योगलाई एकापसमा गाभिने

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १३ गते शुक्रबार

    २०८३ कात्तिक १३ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    दुलेगौँडा-हर्कपुर सडकको नयाँ ठेक्का लगाउन माग

    Post Thumbnail

    सरकारले अब सबै सुकुम्बासीलाई लालपूर्जा दिन्छ, आश्वासन होइन : मन्त्री रावल

    Post Thumbnail

    बागलुङका किशोरीलाई एचपिभी खोपको लक्ष्य पूरा

    नीति अनुसन्धान प्रतिष्ठानको वार्षिक प्रतिवेदन सरकारसमक्ष पेश

    नीति अनुसन्धान प्रतिष्ठानको वार्षिक प्रतिवेदन सरकारसमक्ष पेश

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution