Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १७, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
रसुवा

धैबुङ कालिका मन्दिर ओझेलमा

धैबुङ कालिका मन्दिर ओझेलमा परेको छ । आवश्यक प्रचारप्रसार हुन नसक्दा ओझेलमा परेको हो । यो मन्दिरले पुरातात्त्कि महत्व बोकेको छ ।
रासस ७५१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक १७, सोमबार (१ घण्टा अघि)
धैबुङ  कालिका  मन्दिर ओझेलमा

रसुवा, १६ कात्तिकः धैबुङ कालिका मन्दिर ओझेलमा परेको छ । आवश्यक प्रचारप्रसार हुन नसक्दा ओझेलमा परेको हो । यो मन्दिरले पुरातात्त्कि महत्व बोकेको छ ।

समुद्री सतहदेखि करिब एक हजार ४०० मिटर उचाइमा अवस्थित छ, यो मन्दिर ।

यहाँ अवस्थित गढीहरूको संरक्षण गर्न सके यो क्षेत्रलाई रसुवाकै अग्रणी पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिन्छ ।

रसुवाको सदरमुकाम धुन्चेबाट २४ किलोमिटर दक्षिण तथा सङ्घीय राजधानी काठमाडौँबाट ९४ किलोमिटर उत्तरमा उक्त मन्दिर अवस्थित छ ।

पासाङल्हामु राजमार्गको छेउमै रहेको यो ऐतिहासिक स्थलमा अनुकूल हावापानी पाइन्छ ।

गर्मी महिनामा बहने हिमाली शीतल हावा र जाडोमा समेत तुसारो नपर्ने विशेषताका कारण यो स्थल भ्रमणका लागि आकर्षक मानिन्छ ।

मन्दिरसँग नेपाल चीन (भोट) युद्धको गौरवशाली इतिहाससँग जोडिएको कालिका क्षेत्र विकास समितिले उल्लेख गरेको छ ।

दोस्रो नेपाल–चीन युद्धका क्रममा चिनियाँ फौज नेपाली सेनालाई पछि हटाउँदै बेत्रावतीसम्म आइपुग्दा यसै मन्दिर परिसरमा गाई र गोरूको बली चढाइएको किंवदन्ती छ ।

सोही घटनापछि एकाएक उत्पन्न भएको भीषण चट्याङ, हावाहुरी र प्राकृतिक विपत्तिमा परी चिनियाँ फौज ठूलो क्षति बेहोर्दै त्रिशूली नदीमा होमिन पुगेको र नेपाली भूमि सुरक्षित रहेको इतिहास छ ।

त्यसै बेलादेखि नै कालिकामाईको शक्तिको चर्चा चुलिएको र यसलाई ‘धैबुङ चित्र कालिका’ का रूपमा पुज्न थालिएको हो ।

यद्यपि, समयक्रमसँगै यो ऐतिहासिक नाम भने विस्तारै ओझेलमा पर्दै जान थालेकोमा संस्कृतिविद्हरू चिन्ता व्यक्त गर्छन् ।

पण्डित टङ्कप्रसाद ढकालले विवाह, व्रतबन्ध वा ठूला सांस्कृतिक कार्य हुँदा मन्दिरमा रहेकी कालिका माईसँग प्रार्थना गरेकै भरमा आवश्यकता अनुसारका तामा–पित्तलका भाँडाकुँडा उपलब्ध हुने गर्दथे ।

तर, पछि मानिसहरूमा लोभ र अशुद्धता बढेसँगै नियमानुसार भाँडाकुँडा फिर्ता नगरेपछि माई रिसाएर सो चमत्कार रोकिएको लोकविश्वास छ ।

पण्डित ढकालका अनुसार यो स्थल केवल एउटा मन्दिर मात्र नभएर सिङ्गो रसुवाकै धार्मिक र सांस्कृतिक पहिचानको जीवित इतिहास हो ।

रसुवाको कालिका गाउँपालिका–२ का वडा अध्यक्ष उमेशबहादुर न्यौपानेले परापूर्वकालदेखिनै महाशक्तिपीठको रूपमा पुजिँदै आएको धैबुङ कालिका रसुवाकै एक अमूल्य धरोहर बताउनुभयो ।

गाउँपालिकाका अध्यक्ष हरिकृष्ण देवकोटाले पालिका भित्रका पुरातात्त्विक र ऐतिहासिक धरोहरहरूको संरक्षणका लागि स्थानीय सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

यहाँको धार्मिक तथा ऐतिहासिक पर्यटनको विकासका लागि गाउँपालिकाले विशेष नीति र बजेटको व्यवस्था गरेको छ ।

विसं २०६० मा राम्चेमा गएको विनाशकारी पहिरोले सैनिक ब्यारेक बगाएपछि विस्थापित सेनाका जवानहरू अस्थायी रूपमा मन्दिर परिसरमा बस्दै आएका छन् ।

ब्यारेकले ठाउँ ओगटेपछि मन्दिरको नियमित पूजापाठ र सर्वसाधारणको सहज आवागमनमा केही सङ्कुचन आएको छ ।

विगतमा काठमाडौँ, ललितपुर, भक्तपुर र नुवाकोट लगायतका क्षेत्रबाट ठूलो सङ्ख्यामा धार्मिक पर्यटक तथा वनभोज का लागि आउने भक्तजनको लर्को लाग्ने गरे पनि हाल पर्याप्त खुला स्थानको अभाव देखिएको छ ।

मन्दिरको पूर्वपट्टी रहेको नेपाल–चीन युद्धकालको ऐतिहासिक ’कोतघर’ अहिले भग्नावशेषमा परिणत भइसकेको छ ।

वरपरका कमारेगढी र घलेगढी जस्ता पुरातात्त्विक महत्त्वका प्राचीन किल्लासमेत उचित मर्मत–सम्भारको अभावमा जीर्ण बन्दै गएका छन् ।

पासाङल्हामु राजमार्गबाट मात्र पाँच मिनेटको पैदल यात्रामा सहजै पुग्न सकिने यो स्थल पहुँचका दृष्टिले अत्यन्तै सुलभ छ ।

यहाँको अद्वितीय प्राकृतिक दृश्य, अनुकूल मौसम र ऐतिहासिक विरासतलाई एकापसमा जोडेर राज्यले बेलैमा प्रचारप्रसार तथा पूर्वाधार विकास गर्न सके यो क्षेत्र रसुवाकै समग्र पर्यटन व्यवसाय र स्थानीय अर्थतन्त्रलाई गति दिने एउटा दरो खम्बा बन्न सक्ने प्रगाढ सम्भावना देखिन्छ ।

  • काठमाडौँ
  • नुवाकोट
  • नेपाली सेना
  • भक्तपुर
  • रसुवा
  • ललितपुर
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    रैथाने परिकारसम्बन्धी सीप विकास तालिम सञ्चालन

  • Post Thumbnail

    कर्णालीमा प्रदेश आर्थिक मामिला परिषद् बैठक सुरु

  • अन्तर्वार्ताः ‘गेटा विश्वविद्यालयलाई स्वास्थ्य शिक्षाको गन्तव्य र विशिष्टीकृत सेवाको केन्द्र बनाउँछौँ’

    अन्तर्वार्ताः ‘गेटा विश्वविद्यालयलाई स्वास्थ्य शिक्षाको गन्तव्य र विशिष्टीकृत सेवाको केन्द्र बनाउँछौँ’

  • मकवानपुरको भोर्लेमा राजगोमनको उद्धार

    मकवानपुरको भोर्लेमा राजगोमनको उद्धार

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १३ गते शुक्रबार

    २०८३ कात्तिक १३ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    रैथाने परिकारसम्बन्धी सीप विकास तालिम सञ्चालन

    Post Thumbnail

    एनपिएल क्रिकेटः कर्णालीले काठमाडौँलाई दियो १८१ रनको चुनौतीे

    Post Thumbnail

    कात्तिक १६ सम्म सात हजार ६८८ विपद्का घटना

    धैबुङ  कालिका  मन्दिर ओझेलमा

    धैबुङ कालिका मन्दिर ओझेलमा

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution