Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १७, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
सुनसरी

धरानबाट दुई सय नौ केजी गाँजासहित पाँच जना पक्राउ

धरान उपमहानगरपालिका–२० च्यानडाँडाबाट प्रहरीले दुई क्विन्टलभन्दा बढी गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ ।
रासस ६७६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक १७, सोमबार (१ घण्टा अघि)
धरानबाट दुई सय नौ केजी गाँजासहित पाँच जना पक्राउ

सुनसरी, १६ कात्तिकः धरान उपमहानगरपालिका–२० च्यानडाँडाबाट प्रहरीले दुई क्विन्टलभन्दा बढी गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार गाँजा ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले दुईवटा स्कार्पियो गाडीमा ‘लोड’ गरिएको दुई क्विन्टल नौ किलो ४२० ग्राम गाँजासहित उनीहरूलाई पक्राउ गरिएको हो ।

प्रहरीलाई देखेपछि गाँजा बोकेर भाग्न खोज्ने क्रममा प्रहरीले पेस्तोलबाट दुई राउण्ड हवाई फायर गरी उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा सप्तरीको डाक्नेश्वरी नगरपालिका–१० का २४ वर्षीय रामसागरकुमार यादव, राजगढ गाउँपालिका–१ का ४५ वर्षीय राजेन्द्रप्रसाद मण्डल, भारतको बिहार प्रान्त मधुवनी जिल्लाका ३८ वर्षीय सन्तोष ठाकुर, सप्तरीको छिन्नमस्ता गाउँपालिका–६ का ५९ वर्षीय राजकुमार साह र धरान उपमहानगरपालिका–११ का २१ वर्षीय अमृत बिशुङ्खे छन् ।

प्रहरीले त्यस क्रममा बा १ च ५०३८ र को १ च ८१८२ नम्बरका दुईवटा स्कार्पियो समेत बरामद गरेको सूचना अधिकारी खड्काले बताउनुभयो । प्रहरीका अनुसार पक्राउ परेका पाँचै जनालाई गाँजा र गाडीसहित थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरानमा छ ।

  • सप्तरी
  • सुनसरी
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • अन्तर्वार्ताः ‘गेटा विश्वविद्यालयलाई स्वास्थ्य शिक्षाको गन्तव्य र विशिष्टीकृत सेवाको केन्द्र बनाउँछौँ’

    अन्तर्वार्ताः ‘गेटा विश्वविद्यालयलाई स्वास्थ्य शिक्षाको गन्तव्य र विशिष्टीकृत सेवाको केन्द्र बनाउँछौँ’

  • मकवानपुरको भोर्लेमा राजगोमनको उद्धार

    मकवानपुरको भोर्लेमा राजगोमनको उद्धार

  • Post Thumbnail

    भूमि प्रशासनसम्बन्धी सेवा एक महिनाभित्र सबै स्थानीय तहबाट हुनेछ: प्रधानमन्त्री

  • म्याग्दीमा मनसुनजन्य विपद्बाट करिब आठ सय घरपरिवार प्रभावित

    म्याग्दीमा मनसुनजन्य विपद्बाट करिब आठ सय घरपरिवार प्रभावित

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १३ गते शुक्रबार

    २०८३ कात्तिक १३ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    अन्तर्वार्ताः ‘गेटा विश्वविद्यालयलाई स्वास्थ्य शिक्षाको गन्तव्य र विशिष्टीकृत सेवाको केन्द्र बनाउँछौँ’

    अन्तर्वार्ताः ‘गेटा विश्वविद्यालयलाई स्वास्थ्य शिक्षाको गन्तव्य र विशिष्टीकृत सेवाको केन्द्र बनाउँछौँ’

    चीनमा शृखङ्ला खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ

    चीनमा शृखङ्ला खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ

    दियो र हुक्कापाती बेचेर तिहार खर्च जुटाइउँदै

    दियो र हुक्कापाती बेचेर तिहार खर्च जुटाइउँदै

    मकवानपुरको भोर्लेमा राजगोमनको उद्धार

    मकवानपुरको भोर्लेमा राजगोमनको उद्धार

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution