Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १७, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
जनकपुरधाम

चाडपर्व नजिकिँदै जाँदा सरसफाइदेखि पूजासामग्रीको किनमेल तीव्र

दीपावली तथा छठ पर्व नजिकिएसँगै बजार क्षेत्र र पोखरी तथा तलाउको सरसफाइ सुरुआत गरिएको छ । बजारमा छठ पूजाका लागि आवश्यक सामग्री किनमेल गर्नेको भीड बढ्न थालेको छ ।
रासस ८२६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक १७, सोमबार (२ घण्टा अघि)
चाडपर्व नजिकिँदै जाँदा सरसफाइदेखि पूजासामग्रीको किनमेल तीव्र

जनकपुरधाम, १६ कात्तिकः दीपावली तथा छठ पर्व नजिकिएसँगै बजार क्षेत्र र पोखरी तथा तलाउको सरसफाइ सुरुआत गरिएको छ । बजारमा छठ पूजाका लागि आवश्यक सामग्री किनमेल गर्नेको भीड बढ्न थालेको छ ।

मिथिलाञ्चलको धार्मिक, सांस्कृतिक र सामाजिक पहिचानसँग जोडिएको छठ पर्वलाई व्यवस्थित र भव्य रूपमा मनाउने तयारीस्वरूप जनकपुरधामका विभिन्न पोखरी तथा जलाशयको सरसफाइ थालिएको हो ।

जनकपुरधाम उद्योग वाणिज्य सङ्घका पूर्वउपाध्यक्ष अम्बुप्रसाद साहका अनुसार गङ्गासागर, धनुषसागर, रत्नसागर र दशरथ तलाउलगायत पोखरी तथा तलाउको सरसफाइ भइरहेको छ । विशेषगरी गङ्गासागर, धनुषसागर र अरगज्जासरलगायत जलाशयमा छठ मनाउने परम्परा रहेकाले स्थानीयवासीको सहयोगमा सरसफाइलाई तीव्रता दिइएको उहाँले बताउनुभयो ।

यसैगरी, तिहार तथा छठ पर्व नजिकिएसँगै जनकपुरधामका बजारमा पूजासामग्रीको किनमेल बढेको छ । जनकपुरधामस्थित पेठिया बजार, गाउँघरका हाट तथा मेलामा छठ पूजाका लागि आवश्यक बाँसबाट निर्मित सामग्री खरिद गर्ने ग्राहकको चहलपहल बढेको हो ।

दीपावलीमा प्रयोग हुने माटाका सामग्री तथा छठ पूजामा प्रयोग हुने छिट्टी, डाला, नाङ्लो, सुप, कोनिया र डगरीजस्ता बाँसको सामग्रीको माग बढेको छ । सूर्यदेवलाई अघ्र्य अर्पण गर्दा फलफूल तथा प्रसाद राख्न बाँसबाट निर्मित सामग्री प्रयोग गर्ने परम्परा छ । पर्व नजिकिएसँगै माटाका भाँडा, दियो तथा अन्य पूजासामग्रीको बिक्री पनि बढेको पेठिया बजारका व्यापारी सन्तोष साहले बताउनुभयो ।

छठ पर्व नजिकिँदै जाँदा छठ पर्वका लागि आवश्यक सामग्रीको किनमेल तिहारअघि नै सुरु भइसकेको जनकपुरधाम उपमहानगरपालिका–४ निवासी सुमित्रादेवी कर्णले बताउनुभयो । पर्वको अन्तिम समयमा हुने भीडभाडबाट बच्न श्रद्धालुहरूले पहिले नै सामग्री खरिद गर्न थालेको उहाँको भनाइ छ ।

छठ पर्वका लागि बाँसका सामग्रीको माग बढेसँगै पुस्तौँदेखि यस्ता सामग्री निर्माण गर्दै आएका डोम समुदायका कारिगर तथा व्यवसायीलाई आम्दानीको अवसर सिर्जना भएको छ । यस समुदायका धेरै परिवारले पुख्र्यौली पेसाका रूपमा बाँसका चोया र कप्टेराबाट विभिन्न पूजासामग्री निर्माण गर्दै आएका छन् ।

छठ पर्वका अवसरमा परम्परागत सामग्रीको माग बढ्दा स्थानीय कारिगरको उत्पादनले बजार पाउने गरेको छ । यसले एकातिर मिथिलाको मौलिक संस्कृति र परम्पराको संरक्षणमा सहयोग पु¥याएको छ भने अर्कातिर परम्परागत पेसामा आबद्ध समुदायको जीविकोपार्जनमा समेत टेवा पु¥याएको छ ।

राष्ट्रिय समाचार समिति (रासस)

  • जनकपुरधाम
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    पोखरा महानगरद्वारा स्वरोजगार प्रवद्र्धनमा जोड

  • Post Thumbnail

    काभ्रेमा अव्यवस्थित बसोबासीले जग्गा पाउन ढिलाइ

  • देवदहमा तीन महिने कथिन चीवर दान

    देवदहमा तीन महिने कथिन चीवर दान

  • पृथ्वी राजमार्ग :  आज मलेखु–मुग्लिङ सडकखण्ड चार घण्टा बन्द हुने

    पृथ्वी राजमार्ग : आज मलेखु–मुग्लिङ सडकखण्ड चार घण्टा बन्द हुने

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १३ गते शुक्रबार

    २०८३ कात्तिक १३ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    पोखरा महानगरद्वारा स्वरोजगार प्रवद्र्धनमा जोड

    Post Thumbnail

    काभ्रेमा अव्यवस्थित बसोबासीले जग्गा पाउन ढिलाइ

    Post Thumbnail

    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    एनपिएल ३ः आज काठमाडौं र कर्णाली तथा सुदूरपश्चिम र चितवन भिड्दै

    एनपिएल ३ः आज काठमाडौं र कर्णाली तथा सुदूरपश्चिम र चितवन भिड्दै

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution