
तुलसीपुर (दाङ), १६ कात्तिकः लमहीस्थित सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाले देउखुरी उपत्यका तथा आसपासका क्षेत्रमा दिगो नदी व्यवस्थापनका लागि वैज्ञानिक अध्ययन तथा गुरुयोजना निर्माणलाई अघि बढाएको छ ।
पश्चिम राप्ती नदीको जलाधार क्षेत्रमा भू–उपयोगमा आएको परिवर्तन, विश्वव्यापी तापमान वृद्धि तथा जलवायु परिवर्तनका कारण नदीको बहावमा परेको असरलाई दृष्टिगत गर्दै बाढी जोखिम न्यूनीकरण र पूर्वाधारको दिगो ‘डिजाइन’का लागि यो अध्ययन सुरु गरिएको हो ।
सूचना अधिकारी खुमानन्द वलीका अनुसार गएको आर्थिक वर्ष २०८२÷८३ मा पश्चिम राप्ती नदीको सतबरिया क्षेत्रसम्मको करिब ४२ किलोमिटर खण्डमा बहाव क्षेत्र निर्धारण तथा अध्ययन कार्य सम्पन्न गरिएको छ । यस अध्ययनले नौमुरे बाँध निर्माणपश्चात् पश्चिम राप्ती नदीमा सुक्खा याममा हुने पानीको अभाव र बर्खायाममा आउने बाढीको प्रभावकारी व्यवस्थापन गर्न ठूलो सहयोग पुग्ने सूचना अधिकारी वलीले बताए ।
नदी नियन्त्रण, पुल तथा अन्य हाइड्रोलिक संरचनाहरूको डिजाइनमा एकरूपता कायम भई दिगो र जलवायुमैत्री संरचनाहरू निर्माण हुने उहाँको भनाइ छ । हालसम्म निर्माण भएका नदी नियन्त्रण संरचनाहरूको संरक्षण र आगामी योजनालाई पारदर्शी एवं व्यवस्थित बनाउन ‘वेब’ आधारित सम्पत्ति व्यवस्थापन प्रणाली पनि तयार पारिएको छ । यस प्रणालीमार्फत हालसम्म बनेका संरचनाहरूको ‘डिजिटल’ अभिलेख, त्यसबाट समुदायमा पुगेको लाभ, आवश्यक थप संरचनाहरूको विवरण, लागत र प्राप्त हुने प्रतिफल समेटेर गतिशील गुरुयोजना तयार गरिनेछ ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |