Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १७, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
बागलुङ

प्रहरीलाई भाडाको कोठामा बस्नुपर्ने बाध्यताको अन्त्य

जस्ताले छाएका टहरा, ३० वर्ष पुरानो साँघुरो भवन र भाडाका कोठामा प्रहरीको आवास । जिल्ला सदरमुकाममा रहेको जिल्ला प्रहरी कार्यालय बागलुङको अवस्था कुनै दुर्गम गाउँको प्रहरीचौकीभन्दा फरक थिएन ।
रासस ८७६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक १७, सोमबार (२ घण्टा अघि)
प्रहरीलाई भाडाको कोठामा बस्नुपर्ने बाध्यताको अन्त्य

बागलुङ, १६ कात्तिकः जस्ताले छाएका टहरा, ३० वर्ष पुरानो साँघुरो भवन र भाडाका कोठामा प्रहरीको आवास । जिल्ला सदरमुकाममा रहेको जिल्ला प्रहरी कार्यालय बागलुङको अवस्था कुनै दुर्गम गाउँको प्रहरीचौकीभन्दा फरक थिएन ।

जग्गा भएर पनि पर्याप्त भवन नहुँदा प्रशासनिक कामदेखि प्रहरी आवास र हिरासत कक्षसम्म एउटै पुरानो भवनबाट सञ्चालन गर्नुपर्ने बाध्यता थियो । प्रहरी परिसरभित्र एकैपटक चारवटा नयाँ भवन निर्माण भएपछि प्रहरीको वर्षौँदेखिको भौतिक पूर्वाधारसम्बन्धी समस्या समाधान भएको छ ।

नयाँ भवन निर्माणसँगै प्रहरीलाई आवासको व्यवस्था भएको छ भने व्यारेक, हिरासत कक्ष र कार्यालय प्रमुखको निवास उपलब्ध भएको छ । यसअघि भाडाको कोठामा बस्दै आएका प्रहरी अब कार्यालय परिसरभित्रै बस्न थालेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक फडिन्द्र प्रसाईँका अनुसार पुरानो भवनबाट प्रशासनिक काम, हिरासतकक्ष र हातहतियार भण्डारणसमेत गर्नुपर्ने अवस्था थियो । प्रहरी आवासका लागि पर्याप्त ठाउँ नहुँदा केही प्रहरी भाडाको कोठामा बस्नुपर्ने बाध्यता थियो ।

“जिल्ला सदरमुकामकै प्रहरी कार्यालयका प्रहरी भाडाको कोठामा बस्नुपर्ने अवस्था थियो, एउटै भवनबाट प्रशासनिक कामदेखि हिरासतकक्ष र हातहतियार भण्डारणसम्मको काम गर्नुपर्ने बाध्यता थियो”, उहाँले भन्नुभयो, “अहिले व्यारेक, हिरासतकक्ष, प्रहरी आवास र कार्यालय प्रमुखको निवास गरी चारवटा सुविधासम्पन्न भवन निर्माण भएका छन् ।”

सङ्घीय सरकारको प्रहरी पूर्वाधार निर्माण कार्यक्रमअन्तर्गत रु नौ करोड ७१ लाख ९३ हजार ५०० लागतमा प्रहरी परिसरमा ब्यारेक, हिरासतकक्ष, वरिष्ठ प्रहरी अधिकृतको आवास, कार्यालय प्रमुखको निवास, मोटर ग्यारेज, पर्खाल र प्रवेशद्वार निर्माण गरिएको छ । पुरानो कार्यालय भवनको मर्मतसम्भार र सौन्दर्यकरण गरिएको छ ।

नवनिर्मित व्यारेक भवनको भुइँतलामा मेस, भण्डारकक्ष तथा प्रहरी कर्मचारीका लागि आवासको व्यवस्था गरिएको छ । महिला प्रहरीका लागि छुट्टै सुविधासम्पन्न ब्यारेक निर्माण गरिएको छ । पहिलो र दोस्रो तलासहित आठ हजार ६७१ वर्गफिट क्षेत्रफलमा निर्माण गरिएको उक्त भवनमा १४० जना प्रहरी बस्न सक्ने क्षमता छ ।

त्यस्तै, प्रहरी परिसरमा महिला र पुरुषका लागि छुट्टाछुट्टै हिरासतकक्ष निर्माण गरिएको छ । हिरासत भवनमा सुरक्षाकक्ष, भेटघाटकक्ष, नाबालिगका लागि दुईवटा छुट्टै हिरासतकक्ष, अन्तरवार्ताकक्ष र हातहतियार भण्डारणकक्षको व्यवस्था गरिएको छ । शौचालयसहितको हिरासतकक्ष निर्माण भएपछि थुनुवाको व्यवस्थापनमा सहज भएको छ ।

प्रहरी अधिकृत र कार्यालय प्रमुखका लागि दुईवटा आवासीय भवन निर्माण गरिएका छन् । यसअघि कार्यालय प्रमुखको निवास पुरानो अञ्चल प्रहरी कार्यालयबाट सञ्चालन हुँदै आएको थियो ।

पर्याप्त कार्यकक्ष र आवासको व्यवस्था भएपछि प्रहरीको दैनिक कार्यसम्पादन, सुरक्षा व्यवस्थापन र सेवा प्रवाहमा सहजता थपिएको प्रहरीको भनाइ छ । सुरक्षित र सुविधासम्पन्न वातावरणमा बस्न पाउँदा प्रहरी कर्मचारीको मनोबल बढ्ने अपेक्षा गरिएको छ ।

जिल्ला सदरमुकामस्थित प्रहरी कार्यालयको भौतिक अवस्था सुधार भए पनि जिल्लाका अन्य प्रहरीचौकीको अवस्था भने अझै कमजोर छ । जिल्लाभरका १५ वटा प्रहरीचौकी भाडाका घरबाट सञ्चालन भइरहेका छन् ।

प्रहरी उपरीक्षक प्रसाईँका अनुसार जिल्लाका आठवटा प्रहरीचौकीको आफ्नै जग्गा छैन भने जग्गा भएका सातवटा चौकीमा भवन निर्माण हुनसकेको छैन । जिल्लाको मुख्य प्रवेशद्वार मालढुङ्गास्थित प्रहरीचौकीका भवन अभावमा चार वर्षदेखि घाटको सत्तलमा बसेर सेवा दिइरहेका छन् । उक्त चौकीका लागि भने हाल भवन निर्माणको शिलान्यास गरिएको छ ।

  • बागलुङ
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    पाउद्वार–खोप्रा पदमार्ग श्रमदानबाट मर्मत

  • वैदेशिक रोजगारीबाट फर्किएर च्याउखेतीमा रमाउँदै रोशन

    वैदेशिक रोजगारीबाट फर्किएर च्याउखेतीमा रमाउँदै रोशन

  • Post Thumbnail

    भिमादमा सयपत्री फूलखेतीप्रति बढ्दो आकर्षण

  • विपद् प्रभावित जलजलामा क्षतिको विवरण सङ्कलन र मूल्याङ्कन अन्तिम चरणमा

    विपद् प्रभावित जलजलामा क्षतिको विवरण सङ्कलन र मूल्याङ्कन अन्तिम चरणमा

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १३ गते शुक्रबार

    २०८३ कात्तिक १३ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    राप्ती नदी : दिगो नदी व्यवस्थापनका लागि वैज्ञानिक अध्ययन

    Post Thumbnail

    पाउद्वार–खोप्रा पदमार्ग श्रमदानबाट मर्मत

    वैदेशिक रोजगारीबाट फर्किएर च्याउखेतीमा रमाउँदै रोशन

    वैदेशिक रोजगारीबाट फर्किएर च्याउखेतीमा रमाउँदै रोशन

    प्रहरीलाई भाडाको कोठामा बस्नुपर्ने बाध्यताको अन्त्य

    प्रहरीलाई भाडाको कोठामा बस्नुपर्ने बाध्यताको अन्त्य

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution