Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १६, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

वैदिक विश्वविद्यालयको आवश्यकतामा जोड

ऋषिमुनिको तपोभूमि नेपालमा वैदिक विश्वविद्यालय स्थापनाको सङ्कल्प सान्दर्भिक भएकाले कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिइएको छ ।
रासस ६५१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक १७, सोमबार (१ घण्टा अघि)
Post Thumbnail

काठमाडौँ, १६ कात्तिकः ऋषिमुनिको तपोभूमि नेपालमा वैदिक विश्वविद्यालय स्थापनाको सङ्कल्प सान्दर्भिक भएकाले कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिइएको छ ।

श्री गजेन्द्रमोक्ष वैदिक विश्वविद्यालय स्थापनाका लागि नवलपरासीस्थित गजेन्द्रमोक्षधाममा आगामी मङ्सिर १ गतेदेखि २९ गतेसम्म गजेन्द्रमोक्ष नारायण वैभव विराट महायज्ञ २०८३ आयोजना गर्न लागिएको आइतबार यहाँ आयोजित कार्यक्रममा जानकारी गराइयो । कार्यक्रमका वक्ताले वैदिक मन्त्र द्रष्टा ऋषिमुनिको तपस्थली नेपालमा वैदिक विश्वविद्यालय स्थापना गर्नु आवश्यक रहेकामा जोड दिएका हुन् ।

महायज्ञ सम्पादन मूल समिति, आयोजना गरेको कार्यक्रममा सांसद सुशील खड्काले राष्ट्रको जग संस्कृति र त्यसको मूल सनातन परम्परा भएकाले यसको पुनर्जागरणका लागि वैदिक विश्वविद्यालयको आवश्यकता रहेकामा जोड दिनुभयो । वैदिक विश्वविद्यालय अन्य विश्वविद्यालयभन्दा विशिष्टीकृत हुने उहाँको भनाइ थियो ।

वैदिक विश्वविद्यालयका सङ्कल्पकर्ता स्वामी कमलनयनाचार्य (मुक्तिनाथ बाबा)ले वैदिक ज्ञानका सवालमा नेपाल विश्वकै गुरु देश बन्न सक्ने प्रशस्त आधार रहेकाले नेपालमा वैदिक विश्वविद्यालय आवश्यक भएकैले स्थापनाको सङ्कल्प गरिएको जानकारी दिनुभयो ।

विश्वविद्यालय स्थापनाका लागि नवलपरासीको गैँडाकोटमा आनन्दराज भण्डारीले रु एक करोडबराबरको जग्गा दान गर्नुभएको भन्दै स्वामी कमलनयानाचार्यले सम्मान गर्नुभएको थियो । महायज्ञ सम्पन्न गर्न १००८ सदस्यीय समिति गठन गरिएको जानकारी दिनुहुँदै उहाँले ५१ जनाको सचिवालयले निरन्तर काम गरिररहेको बताउनुभयो ।

पूर्वमुख्यसचिव वैकुण्ठ अर्यालले वेदको शिक्षा दिन वैदिक विश्वविद्यालय आवश्यक रहेको बताउनुभयो । वैदिक विश्वविद्यालयले सबैलाई सकारात्मक सोचतिर अभिप्रेरित गर्ने पनि उहाँको भनाइ थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका पूर्वसचिव गणेशप्रसाद पाण्डेयले अध्यात्मको प्रवर्द्धनमा वैदिक विश्वविद्यालय उपयुक्त माध्यम हुने विचार राख्नुभयो । ऋषिमुनिको तपोभूमिको महत्वलाई स्थापित गर्न पनि वैदिक विश्वविद्यालय आवश्यक रहेको उहाँको भनाइ थियो ।

कार्यक्रममा वाग्मती सफाइ अभियानकर्मी डा माला खरेल, चलचित्र निर्माता एवं वाग्मती सफाइ अभियानकर्मी चक्रबहादुर चन्द, गायत्री परिवारका अध्यक्ष सावित्री काफ्ले, इन्जिनियर ईश्वरलाल जोशीलगायतले नेपालको प्राचीन, ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्वलाई विश्वभर फैलाउन पनि वैदिक विश्वविद्यालय अत्यावश्यक रहेकामा जोड दिएका थिए ।

  • काठमाडौँ
  • नवलपरासी
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • एसियाली राजमार्ग निर्माणका अवरोध हटाउन प्रशासनको पहल

    एसियाली राजमार्ग निर्माणका अवरोध हटाउन प्रशासनको पहल

  • Post Thumbnail

    आर्थिक अनियमिततामा संलग्नलाई छुट हुँदैनः प्रमुख काफ्ले

  • Post Thumbnail

    बालक घाइते भएको घटनाको निष्पक्ष छानबिन गर्न सिजपको माग

  • Post Thumbnail

    राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १३ गते शुक्रबार

    २०८३ कात्तिक १३ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    भैरहवामा युवा क्रिकेटको जमघट, फ्रेन्डसीप सिरिज

    एसियाली राजमार्ग निर्माणका अवरोध हटाउन प्रशासनको पहल

    एसियाली राजमार्ग निर्माणका अवरोध हटाउन प्रशासनको पहल

    Post Thumbnail

    बङ्गलादेशका जिशन अलामले कर्णालीबाट एनपिएल खेल्ने

    Post Thumbnail

    वैदिक विश्वविद्यालयको आवश्यकतामा जोड

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution