
ललितपुर, १५ कात्तिकः नेपाली कम्युनिस्ट पार्टी (नेकपा)की नेतृ पम्फा भुसालले जनताको समस्या समाधानमा सक्रिय हुँदै पार्टीलाई जनतासँग जोडेर रूपान्तरण गर्नुपर्ने बताउनुभएको छ ।
सो पार्टीको ललितपुर जिल्ला समितिले आज महालक्ष्मीस्थानमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “परिवर्तनको सुरुआत आफैँबाट गर्नुपर्छ, पार्टीका विभिन्न मोर्चालाई जनसेवा र जनश्रमसँग जोड्नुपर्छ ।”
जनताको स्थानीय समस्या सङ्कलन गरी सम्बन्धित निकायसम्म पुर्याएर समाधानका लागि पहल गर्नुपर्नेमा जोड दिनुभयो । जनताले स्थानीयस्तरमा पार्टीप्रति व्यक्त गर्ने धारणा र सुझावलाई आत्मसात् गर्दै कमजोरी सच्याउनुपर्ने उहाँको भनाइ थियो ।
कार्यक्रममा ललितपुर महानगरका संयोजक रवीन्द्र महर्जनले जनसरोकारका विषय, सम्पदा क्षेत्रको संरक्षण र सरसफाइमा श्रमदानका लागि पहल भइरहेको बताउनुभयो ।
कार्यक्रममा महालक्ष्मी नगरपालिकाका संयोजक राजेन्द्र अमात्य, गोदावरी नगरपालिकाका संयोजक भाग्यराम महर्जन र बागमती गाउँपालिकाका संयोजक बेलबहादुर लामाले पार्टीलाई जनताको हितमा काम गर्ने सङ्गठनका रूपमा विकास गर्नुपर्ने बताउनुभयो ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |