
दाङ, १५ कात्तिकः जिल्ला भूमि समस्या समाधान समितिले आज यहाँका आठ भूमिहीन परिवारलाई लालपुर्जा वितरण गरेको छ । प्रमुख जिल्ला अधिकारी निश्चलराज पाण्डे र गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण पोखरेलले आठ जना भूमिहीन परिवारलाई लालपुर्जा वितरण गर्नु भएको हो ।
अध्यक्ष पोखरेलले दिनुभएको जानकारीअनुसार साविकको गोवरडिया गाविस वडा नं ६ ‘ख’ (हाल गढवा-३) का पाँच, साविक सोनपुर-५ ‘क’ (हाल लमही नगरपालिका३) का दुई र साविक लालमाटिया-३ का (हाल राप्ती गाउँपालिका-१) का एक जना भूमिहीन दलित परिवारलाई जग्गाधनी पुर्जा वितरण गरिएको हो ।
लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेसँगै उहाँहरू कानुनी रूपमा जग्गाधनी बन्नुभएको छ । सरकारले भूमिहीन दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई उच्च प्राथमिकतामा राखेको छ ।
भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन रूपमा समाधान गर्दै कानुनी रूपमा जग्गाधनी बनाउने सरकारको लक्ष्यअनुसार लालपुर्जा वितरणलाई थप प्रभावकारी रूपमा अघि बढाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |