Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १४, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

शरद् ऋतुमा हिमाल आरोहणबाट ३२ करोड बढी राजस्व सङ्कलन

शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहण अनुमति प्रदान गरेबापत सरकारले रु ३२ करोड ३७ लाख ८८ हजार ९९० राजस्व सङ्कलन गरेको छ ।
रासस ९२६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक १४, शुक्रबार (२ घण्टा अघि)
Post Thumbnail

काठमाडौँ, १३ कात्तिकः शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहण अनुमति प्रदान गरेबापत सरकारले रु ३२ करोड ३७ लाख ८८ हजार ९९० राजस्व सङ्कलन गरेको छ ।

पर्यटन विभागले दिएको जानकारीअनुसार सन् २०२६ को शरद् ऋतुमा नेपालका ४६ हिमाल आरोहणका लागि अनुमति प्रदान गरेबापत रु ३२ करोड ३७ लाख ८८ हजार ९९० सङ्कलन गरेको हो ।

विभागका शाखा अधिकृत सुधा रेग्मीले १७१ टोलीका एक हजार ४९३ आरोहीलाई आरोहण अनुमति प्रदान गरेबापत उक्त राजस्व सङ्कलन भएको जानकारी दिनुभयो । हिमाल आरोहणका लागि एक हजार १३७ पुरुष र ३५६ महिलाले आरोहण अनुमति लिएका छन् । सबैभन्दा बढी मनास्लु आरोहणका लागि ४३ टोलीका ५०० जना आरोहीले अनुमति लिएका उहाँले जानकारी दिनुभयो ।

विभागका अनुसार धवलागिरि–१ आरोहणका लागि छ टोलीका ३७ जनाले आरोहण अनुमति लिएका छन् । उहाँहरूबाट विभागले रु ८४ लाख ७३ हजार ६५० राजश्व सङ्कलन भएको विभागका शाखा अधिकृत रेग्मीले उल्लेख गर्नुभयो । उहाँका अनुसार मकालु हिमाल आरोहणका लागि एक टोलीका तीन जनाले अनुमति लिएकामा रु छ लाख ८८ हजार ५० राजस्व सङ्कलन भएको हो ।

यसैगरी, हिम्लुङ हिमालका लागि १३ टोलीका १३० आरोही, आमादब्लम हिमाल आरोहणका लागि ३४ टोलीका ४१२ जनाले आरोहण अनुमति लिएका हुन् । साथै पुथा हिउँचुली, डाङ्गा हिउँचुली, बरुणत्से हिमाल, मकालु, गङ्गापूर्णा पश्चिम (लाङचेनेल), थोरोङ पिक, नोर्बु खाङ, अन्नपूर्ण–४, चाम्लाङ, लमजुङ हिमाल, पुमोरी, सारिबुङ, थापा पिक (धाम्पुस), पोखर खाङ, अर्दाङ, जुगल, पेरीलगायत हिमालका लागि अनुमति प्रदान गरिएको विभागले जनाएको छ ।

उक्त हिमाल आरोहण गर्नका लागि ७६ देशका एक हजार ४९३ आरोहीले आरोहण अनुमति लिएका छन् । आरोहण अनुमति लिनेमा सबैभन्दा बढी चीनका १४२ जना रहेका उहाँले जानकारी दिनुभयो । यसबाहेक रसिया, फ्रान्स, अमेरिका, बेलायत, पोल्यान्ड, नेपाल, स्वीजरल्यान्ड, स्पेन, भारत, इटली, जापानलगायत देशका आरोहीले अनुमति लिएका छन् ।

  • काठमाडौँ
  • लमजुङ
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    निर्माणाधीन दमक–चिसापानी सडकको नयाँ ठेक्का स्वीकृत

  • म्याग्दीमा निजी आवास पुनःनिर्माण कार्ययोजना तयार

    म्याग्दीमा निजी आवास पुनःनिर्माण कार्ययोजना तयार

  • Post Thumbnail

    बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

  • Post Thumbnail

    वन क्षेत्रका समस्या समाधानका लागि प्रदेश सरकारको ध्यानाकर्षण

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १३ गते शुक्रबार

    २०८३ कात्तिक १३ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    निर्माणाधीन दमक–चिसापानी सडकको नयाँ ठेक्का स्वीकृत

    म्याग्दीमा निजी आवास पुनःनिर्माण कार्ययोजना तयार

    म्याग्दीमा निजी आवास पुनःनिर्माण कार्ययोजना तयार

    Post Thumbnail

    बाढीग्रस्त स्याफ्रुबेँसीमा स्वास्थ्य शिविर

    Post Thumbnail

    नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution