Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १४, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
बाँके

मिठाइ व्यवसायीलाई लेबलिङ गरेर बेचविखन गर्न आग्रह

नेपालगञ्ज आसपासका बजारमा रहेका मिठाइ व्यवसायीलाई लेबलिङ गरेर बेचविखन गर्न आग्रह गरिएको छ ।
रासस ९५१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक १४, शुक्रबार (२ घण्टा अघि)
Post Thumbnail

बाँके, १३ कात्तिकः नेपालगञ्ज आसपासका बजारमा रहेका मिठाइ व्यवसायीलाई लेबलिङ गरेर बेचविखन गर्न आग्रह गरिएको छ ।

खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी मिठाइ तथा होटेल व्यवसायीसँगको अन्तरक्रियामा मिठाइको नाम, मुख्य समिश्रण, तेल, घीउको प्रकार, उपभोग मिति र मूल्य सूची खुलाउन समेत व्यवसायीलाई अनुरोध गरिएको छ । सो अवसरमा बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी अमरबहादुर वलीले म्याद नाघेका सामग्री भण्डारण नगर्न व्यवसयाीलाई आग्रह गर्दै कैफियत भेटिए कारबाही हुने चेतावनी दिनुभयो । उहाँले मिठाइ पसलमा फोहरको व्यवस्थापन, खानेपानीको व्यवस्थापनका विषयमा सम्झौता नहुने उल्लेख गर्दै विभागको निर्देशनलाई सबैले पालना गर्न आवशयक रहेको धारणा व्यक्त गर्नुभयो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, बाँकेका प्रमुख सुमन धितालले मिठाई व्यवसायाीलाई आगामी सोमबारभित्र लेबल लगाउनका लागि जिल्लामा समय तय गरिएको जानकारी दिँदै लेबल नलगाएको पाइएमा कारवाही गरिने बताउनुभयो ।

उहाँले भन्नुभयो, “नेपालगञ्जको राबडी जस्तै यहाँका मिठाइ व्यवसायीले ख्याति प्राप्त गर्नुहुने विश्वास छ ।” प्रमुख धितालले नेपालगन्जको द केक एण्ड बेकरीबाट लेबल लगाउन सुरु गरिएको जानकारी दिनुभयो ।

नेपालगञ्ज उद्योग वाणिज्य सङ्घकी उपाध्यक्ष रूपा ओझाले नेपालगञ्जमा दक्ष र अनुभवी मिठाइ व्यवसायी भएपनि परम्परागत भएको उल्लेख गर्दै मिठाइ व्यवसायीले लेबल राखेर बेचविखन गर्दा व्यवसायीको प्रतिष्ठा बढ्ने उल्लेख गर्नुभयो । अन्तरक्रियामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नेपालगन्जका खाद्य अनुसन्धान अधिकृत रामहरि लामिछानेले मिठाई व्यवसायीलाई खाद्य स्वच्छताबारे जानकारी दिँदै कानुनी अवस्थाबारे बताउनुभयो ।

खाद्य अनुसन्धान अधिकृत नेत्रा बोगटीले विगतमा भन्दा अहिले मिठाई पसलमा सुधार आएको उल्लेख गर्दै अझै फोहर व्यवस्थापनमा ध्यान दिन आग्रह गर्नुभयो । मिठाइ व्यवसायी अतुलकुमार गुप्ताले नेपाल सरकारले तोकेको मापदण्ड अनुसार व्यवसायीले काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै यसबाट उपभोक्तासहित सबैले लाभ पाउने बताउनुभयो । व्यवसायीले आफूले उत्पादन गरेको मिठाइ कुन कुन कच्चा पदार्थको मिश्रणबाट बनेको लगायतका विवरण उपभोक्ताले देख्ने गरी राख्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले यही कात्तिक ११ गतदेखि नै लागू हुने गरी सूचना जारी गरेको थियो ।

  • बाँके
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • नेपाली र चिनियाँ साहित्यबीचको सम्बन्धबारे परिचर्चा

    नेपाली र चिनियाँ साहित्यबीचको सम्बन्धबारे परिचर्चा

  • Post Thumbnail

    निर्णय कार्यान्वयन नगरेपछि तीन स्थानीय तहको आर्थिक अधिकार रद्द

  • Post Thumbnail

    लक्ष्यअनुरूप काम नगर्ने १२० वटा फर्म तथा कम्पनी कालोसूचीमा

  • रुग्ण आयोजना सम्पन्न गर्न मन्त्रीको निर्देशन

    रुग्ण आयोजना सम्पन्न गर्न मन्त्रीको निर्देशन

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १३ गते शुक्रबार

    २०८३ कात्तिक १३ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    नेपाली र चिनियाँ साहित्यबीचको सम्बन्धबारे परिचर्चा

    नेपाली र चिनियाँ साहित्यबीचको सम्बन्धबारे परिचर्चा

    Post Thumbnail

    निर्णय कार्यान्वयन नगरेपछि तीन स्थानीय तहको आर्थिक अधिकार रद्द

    Post Thumbnail

    लक्ष्यअनुरूप काम नगर्ने १२० वटा फर्म तथा कम्पनी कालोसूचीमा

    रुग्ण आयोजना सम्पन्न गर्न मन्त्रीको निर्देशन

    रुग्ण आयोजना सम्पन्न गर्न मन्त्रीको निर्देशन

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution