Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १३, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
झापा

झापामा चार लाख ५१ हजारले पाए राष्ट्रिय परिचयपत्र

झापामा चार लाख ५१ हजार ७०४ जनाले राष्ट्रिय परिचयपत्र प्राप्त गरेका छन् ।
रासस ४५१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक १४, शुक्रबार (२ घण्टा अघि)
Post Thumbnail

झापा, १३ कात्तिकः झापामा चार लाख ५१ हजार ७०४ जनाले राष्ट्रिय परिचयपत्र प्राप्त गरेका छन् ।

जिल्ला प्रशासन कार्यालयका अनुसार चालु आर्थिक वर्षको प्रथम त्रैमासिक अवधिको प्रगति प्रतिवेदन सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो । झापामा जिल्ला प्रशासन कार्यालय भद्रपुर, इलाका प्रशासन कार्यालय गौरीगन्ज र इलाका प्रशासन कार्यालय दमकबाट राष्ट्रिय परिचयपत्रको विवरण दर्ता र कार्ड वितरण गर्ने कार्य भइरहेको छ ।

जिल्लामा राष्ट्रिय परिचयपत्रका लागि आठ लाख ६४ हजार ८१६ जनाको विवरण दर्ता भएकामा पाँच लाख ५३ हजार ५४८ जनाको कार्ड केन्द्रबाट प्राप्त भएको सहायक प्रमुख जिल्ला अधिकारी सहदेव रायमाझीले जानकारी दिनुभयो ।

केन्द्रबाट प्राप्त भइसकेका एक लाख एक हजार ८४४ राष्ट्रिय परिचयपत्रको कार्ड वितरणका लागि तयारी अवस्थामा छन् । मृत्यु भएका, वैदेशिक रोजगारीमा गएका, काम विशेषले जिल्ला बाहिर रहेकाको राष्ट्रिय परिचयपत्रको कार्ड वितरण हुन नसकेको रायमाझीले बताउनुभयो ।

“राष्ट्रिय परिचयपत्रको कार्ड लिनका लागि सम्बन्धित व्यक्ति आफैँ उपस्थित हुनुपर्ने प्रावधान छ”, उहाँले भन्नुभयो । चालु आवको साउन, भदौ र असोज महिनामा जिल्ला प्रशासन कार्यालयबाट २४ हजार ६४६ जनाको राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन, तीन हजार ७७८ जनाको नागरिकता वितरण, चार हजार ४४८ जनाको नागरिकताको प्रतिलिपि वितरण, तीन हजार १३९ जनाको राहदानी वितरण र पाँच हजार ७३६ जनाको राहदानी सिफारिस गरिएको त्रैमासिक प्रगति प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनका अनुसार नागरिकताको वंशजतर्फ तीन हजार ५३५ वटा, वैवाहिक अङ्गीकृततर्फ १८० वटा, अङ्गीकृत ४६ वटा, गैरआवासीय १६ वटा र जन्मसिद्ध आधारमा एउटा नागरिकता वितरण भएको छ । सर्वसाधारणलाई छिटो, छरितो र सरल ढङ्गले सेवा प्रदान गर्नका लागि जिल्ला प्रशासन कार्यालयले फेसलेस सेवा र शून्य बाँकी आवेदन अभियान सञ्चालन गरिरहेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताउनुभयो ।

राहदानी र राष्ट्रिय परिचयपत्रका लागि अग्रिम आवेदन दिएर लामो अवधिदेखि प्रतीक्षामा रहेका सेवाग्राहीलाई बिहानैदेखि र बिदाका दिन सेवा दिएर पुराना आवेदनलाई शून्यमा झारिएको छ । हाल आजको आजै आवेदन दिने र वायोमेट्रिक गर्ने सुविधा उपलब्ध रहेको पोखरेलले जानकारी दिनुभयो ।

सेवाग्राहीको सुविधाका लागि प्रशासन कार्यालयमा सेवाग्राही अनुकूलका भौतिक संरचना निर्माण गरिएका छन् भने सहायता कक्षलाई व्यवस्थित तुल्याइएको छ ।

  • झापा
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • भकिम्लीका किसान व्यावसायिक गाईपालनमा

    भकिम्लीका किसान व्यावसायिक गाईपालनमा

  • नरैनापुरमै करदाता सेवा, नेपालगन्ज धाउनुपर्ने बाध्यता हट्ने

    नरैनापुरमै करदाता सेवा, नेपालगन्ज धाउनुपर्ने बाध्यता हट्ने

  • जुम्लाको स्याउ स्याङ्जाका उपभोक्ताको घरदैलोमा

    जुम्लाको स्याउ स्याङ्जाका उपभोक्ताको घरदैलोमा

  • तिहारलक्षित सयपत्री फूलखेतीमा जमेका विष्ट

    तिहारलक्षित सयपत्री फूलखेतीमा जमेका विष्ट

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १२ गते बिहिबार

    २०८३ कात्तिक १२ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    भकिम्लीका किसान व्यावसायिक गाईपालनमा

    भकिम्लीका किसान व्यावसायिक गाईपालनमा

    नरैनापुरमै करदाता सेवा, नेपालगन्ज धाउनुपर्ने बाध्यता हट्ने

    नरैनापुरमै करदाता सेवा, नेपालगन्ज धाउनुपर्ने बाध्यता हट्ने

    Post Thumbnail

    चाडपर्व मनाउन सस्तो दरमा धान बेच्दै किसान

    जुम्लाको स्याउ स्याङ्जाका उपभोक्ताको घरदैलोमा

    जुम्लाको स्याउ स्याङ्जाका उपभोक्ताको घरदैलोमा

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution