Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १३, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

सम्भावित अर्नव चक्रवातः यातायात सञ्चालनमा सतर्कता अपनाउन आग्रह

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले अर्नव चक्रवातबाट हुनसक्ने प्रभावलाई ध्यान दिएर यातायात सञ्चालनमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
रासस ९७६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक १३, बिहिबार (३ घण्टा अघि)
Post Thumbnail

काठमाडौँ, १२ कात्तिकः नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले अर्नव चक्रवातबाट हुनसक्ने प्रभावलाई ध्यान दिएर यातायात सञ्चालनमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

महासङ्घका महासचिव डेकनाथ गौतमले आज एक सूचना जारी गरी आज रातिदेखि कात्तिक १४ गतेसम्म देशका विभिन्न प्रदेशमा खराब मौसमको सम्भावना रहेकाले यातायात सञ्चालनमा उच्च सतर्कता अपनाउन यातायात व्यवसायीलाई आग्रह गर्नुभएको हो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट जारी सूचनालाई उद्धृत गर्दै महासङ्घले कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मौसमको बढी प्रभाव र कर्णाली र सुदूरपश्चिम प्रदेशमा हावाहुरी तथा मध्यम वर्षा र हिमाली क्षेत्रमा हिमपात हुन सक्ने पूर्वानुमान रहेकाले आवश्यक सावधानी अपनाउन आग्रह गरेको हो ।

महासचिव गौतमले सम्बन्धित जिल्लाका सुरक्षा निकाय तथा स्थानीय प्रशासनसँग समन्वय गरी लामो तथा छोटो दूरीका यात्रुवाहक र मालवाहक सवारीसाधन सञ्चालन गर्न व्यवसायीलाई आग्रह गर्नुभयो । महासङ्घले अवस्था जोखिमपूर्ण भएमा आवश्यकता अनुसार सवारी आवागमन बन्द गर्न तथा बन्द गर्नुअघि सर्वसाधारणलाई अग्रिम जानकारी गराउन पनि आग्रह गरेको छ ।

महासङ्घले खराब मौसमका कारण सडक तथा हवाई यातायातसहित दैनिक जनजीवन प्रभावित हुन सक्ने भएकाले अत्यावश्यक कामबाहेक यात्रा नगर्न सर्वसाधारणलाई अनुरोध गरेको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा भ्रमणमा जाने पर्यटकलाई यात्रा नगर्न र गइसकेका पर्यटकलाई मौसम सामान्य नहुँदासम्म सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ ।

त्यस्तै, जोखिमयुक्त स्थानमा बसोबास गर्ने व्यक्ति तथा परिवारलाई सम्भावित विपद् आउनुअघि सुरक्षित स्थानमा स्थानान्तरण गर्न, विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहन र मौसमसम्बन्धी आधिकारिक सूचनाको नियमित जानकारी लिन सम्बन्धित निकायलाई आग्रह गरेको छ । महासङ्घले मौसमसम्बन्धी जानकारीका लागि मौसम विज्ञान विभागको हटलाइन ११५५ तथा विपद्का बेला सहयोग माग्न १२३४, १०० वा १११४ मा सम्पर्क गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

  • काठमाडौँ
  • प्रतिक्रिया दिनुहोस
    मौसम सम्बन्धि थप
  • Post Thumbnail

    तीन दिन सतर्कता अपनाउन झापा प्रशासनको आग्रह

  • Post Thumbnail

    चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई मध्यनजर गर्दै हवाई सुरक्षा सतर्कता जारी

  • Post Thumbnail

    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

  • Post Thumbnail

    हिमाली क्षेत्रमा नजान पर्यटक तथा पर्वतारोहीलाई विभागको आग्रह

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १२ गते बिहिबार

    २०८३ कात्तिक १२ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    विद्यालय शिक्षा विधेयकको मस्यौदा तयारी

    Post Thumbnail

    जाडो सुरु भएसँगै डेङ्गी सङ्क्रमण घट्यो

    Post Thumbnail

    एनपिएल क्रिकेटः कर्णालीद्वारा विराटनगर किङ्ग्स पराजित

    Post Thumbnail

    पन्ध्र वर्षपछि दमौलीमा ‘इलेभेन ए साइड’ फुटबल प्रतियोगिता हुँदै

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution