Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १३, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
ललितपुर

किसानलाई ऋण, अनुदान र प्रविधि हस्तान्तरणमा मन्त्रीको जोड

बागमती प्रदेशका कृषि, पशुपन्छी वन तथा वातावरण मन्त्री रमा आले मगरले किसानलाई प्रोत्साहन गर्न ऋण, अनुदान र प्रविधि हस्तान्तरण गर्नुपर्ने धारणा राख्नुभएको छ ।
रासस ८०१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक १३, बिहिबार (२ घण्टा अघि)
Post Thumbnail

ललितपुर, १२ कात्तिकः बागमती प्रदेशका कृषि, पशुपन्छी वन तथा वातावरण मन्त्री रमा आले मगरले किसानलाई प्रोत्साहन गर्न ऋण, अनुदान र प्रविधि हस्तान्तरण गर्नुपर्ने धारणा राख्नुभएको छ ।

फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा आजदेखि ललितपुरको जावलाखेलमा सुरु भएको ‘गोदावरी फूलको १९ ओैँ प्रतियोगितात्मक प्रदर्शनी २०८३’ को उद्घाटन समारोहमा उहाँले सो धारणा राख्नुभएको हो ।

मन्त्री मगरले पुष्प व्यवसायमार्फत रोजगारी सृजना र राष्ट्रिय अर्थतन्त्रमा योगदान पु¥याउन नीतिगत सहजीकरण गर्नुपर्नेमा जोड दिनुभएको छ ।

बागमती प्रदेशसभा सदस्य मधुसुदन पौडेलले बागमती प्रदेश सरकारले कृषितर्फ रु सात करोड र पशुपालनतर्फ रु आठ करोड ब्याज अनुदानको व्यवस्था गरेको जानकारी दिनुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष दिलसुन्दर श्रेष्ठले पुष्पखेतीको विकास र निकासी प्रवर्द्धनका लागि सङ्घ र प्रदेश सरकारले उचित व्यवस्था मिलाउनुपर्छ भन्नुभयो ।

कृषि विभागका उपमहानिर्देशक टीकाराम शर्माले पुष्प उद्यमीले गरेको योगदानको सम्मान गर्दै निर्यात र रैथानेउपजलाई प्रवर्द्धन गर्न सहकार्य गरी अगाडि बढ्नुपर्छ भन्नुभयो ।

पुष्प विकास केन्द्रका प्रमुख रवीन्द्र थापाले एसोसिएसनसँग समन्वय गरेर पुष्प व्यवसायको उत्पादन र व्यापार प्रवर्द्धनमा सहयोग पु¥याउँदै आएको बताउनुभयो ।

उहाँले एक दशकमा पुष्प व्यवसायको वार्षिक कारोबार रु एक अर्ब ५० करोडबाट वृद्धि भई रु चार अर्ब पुगेको जानकारी दिनुभयो । फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष राजेशभक्त श्रेष्ठले पुष्प व्यवसायले राष्ट्रिय अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पु¥याएको बताउनुभयो ।

प्रतियोगितात्मक प्रदर्शनीमा ४५० भन्दा बढी जातको फूलको प्रदर्शनी हुने भएको छ । कार्यक्रममा उत्कृष्ट नर्सरी, पुष्प व्यवसायी र स्टल सजावटकर्तालाई सम्मान गरिएको थियोे ।

  • ललितपुर
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • ग्रामीण पर्यटनको मुख्य आधार बन्दै घरबास

    ग्रामीण पर्यटनको मुख्य आधार बन्दै घरबास

  • Post Thumbnail

    खोलामा डुबेर एक जनाको मृत्यु

  • Post Thumbnail

    झापामा भूमि समस्या समाधानको कामले गति लिँदै

  • प्रेस स्वतन्त्रता अक्षुण्ण राख्दै आमसञ्चार क्षेत्रलाई व्यवस्थित बनाउनुपर्छः मन्त्री डा तिमिल्सिना

    प्रेस स्वतन्त्रता अक्षुण्ण राख्दै आमसञ्चार क्षेत्रलाई व्यवस्थित बनाउनुपर्छः मन्त्री डा तिमिल्सिना

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १२ गते बिहिबार

    २०८३ कात्तिक १२ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    ग्रामीण पर्यटनको मुख्य आधार बन्दै घरबास

    ग्रामीण पर्यटनको मुख्य आधार बन्दै घरबास

    Post Thumbnail

    अनुदानको रकम हिनामिनामा अख्तियारद्वारा मुद्दा दायर

    Post Thumbnail

    खोलामा डुबेर एक जनाको मृत्यु

    Post Thumbnail

    भोटेकोशी बाढीः काभ्रेका स्थानीय तहद्वारा बेपत्ता नागरिकको विवरण माग

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution