Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १३, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
बाँके

हुलाकी सडकको विस्तारले उद्योगमा लगानी बढ्दै

हुलाकी सडकको विस्तारसँगै बाँके र बर्दियामा उद्योग क्षेत्रमा लगानी बढ्न थालेको छ । बाँकेको खजुरामा निर्माणाधीन अन्ट्राटिक बिस्कुट प्रालि (पार्ले–जी)उद्योगको पूर्वाधार निर्माणको काम भइरहेको छ ।
रासस ६५१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक १३, बिहिबार (२ घण्टा अघि)
Post Thumbnail

बाँके, १२ कात्तिकः हुलाकी सडकको विस्तारसँगै बाँके र बर्दियामा उद्योग क्षेत्रमा लगानी बढ्न थालेको छ । बाँकेको खजुरामा निर्माणाधीन अन्ट्राटिक बिस्कुट प्रालि (पार्ले–जी)उद्योगको पूर्वाधार निर्माणको काम भइरहेको छ । उद्योग सञ्चालनमा आएपछि पश्चिम क्षेत्रमै बिस्कुट उत्पादन र बजार विस्तारको नयाँ सम्भावना खुल्ने अपेक्षा गरिएको छ ।

छिमेकी बर्दियाको गुलरिया नगरपालिका–८ मा रु चार अर्ब लगानीमा लमिनार भिट्रीफिड टायल उद्योग सञ्चालनमा आएको छ । सुवरत धिताल, अभिनव चुरिवाल र श्याम खेतानको लगानीमा स्थापना भएको उद्योगले देशभर आफ्नो उत्पादन पु¥याउने लक्ष्य राखेको छ । ती दुई उद्योगले पश्चिम नेपालमा औद्योगिक लगानी विस्तार हुँदै गएको चित्रण गरेको छ ।

बाँकेमा ठूला उद्योग स्थापना हुनेक्रम बढेसँगै त्यसको प्रभाव छिमेकी बर्दियामा पनि देखिन थालेको छ । बर्दियामा ठूलो लगानीका दुई चिनी उद्योग सञ्चालन हुनेछन् । तीमध्ये एउटा राजापुर सुगर मिल सञ्चालनमा आइसकेको छ भने अर्को सञ्चालनको तयारीमा रहेको छ ।

बाँकेमा जय अम्बे स्टिल, सगरमाथा स्टिल इन्डस्ट्रिज, नेपाल बेलहोप एग्रीटेक, वर्षा रिसाइक्लिङ इन्डस्ट्रिज र विकास फ्लोर मिललगायतका उद्योग सञ्चालनमा छन् । यसबाहेक विभिन्न उद्योगले अनुमति प्राप्त गरी पूर्वाधार निर्माण अघि बढाएका जनाएका छन् ।

नेपालगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष चिरञ्जीवी ओलीले बाँकेमा ठूला उद्योग स्थापना हुन थालेपछि यसक्षेत्र लगानी बढ्दै गएको बताउनुभयो । द्वन्द्वकालमा प्रभावित भएका पुराना उद्योग पुनः सञ्चालनमा आउनु र नयाँ उद्योग स्थापना हुनेक्रम बढ्नु सकारात्मक भएको उहाँको भनाइ छ ।

“राजनीतिक स्थिरता र ऊर्जालगायत समस्या समाधान भएपछि लगानीको उत्साह थपिएको छ र बाँके औद्योगिक केन्द्रका रूपमा विकास भइरहेको छ”, अध्यक्ष ओलीले भन्नुभयो ।

शिखर प्लाइउड प्रालिका सञ्चालक चम्पालाल बोथराले पश्चिम नेपालमा ठूलो बजार सम्भावना देखिएकाले उद्योगी बाँकेमा लगानी गर्न आकर्षित भएको बताउनुभयो ।

“ठूलो परिमाणमा उत्पादन बिक्री गर्न सकिने र पश्चिममा बजारको राम्रो सम्भावना देखिएकाले उद्योगीले बाँकेलाई रोजेका छन्”, उहाँले भन्नुभयो ।

बोथराका अनुसार अन्य कतिपय स्थानको तुलनामा उद्योग सञ्चालनका लागि जग्गा प्राप्त गर्न सहज हुनु पनि बाँकेमा उद्योगप्रतिको आकर्षणको अर्को कारण हो ।

अम्बे स्टिलका सुरेश पण्डितले विद्युत् अनियमितताका कारण चाहे जति उत्पादन गर्न नसकिएको उल्लेख गर्दै करिब छ वर्षदेखि उत्पादन भइरहेको बताउनुभयो ।

बाँकेको जानकी गाउँपालिका–५ स्थित बेलभारीमा रहेको सो उद्योगले विद्युतीय समस्याका कारण एक सातादेखि नै उत्पादन ठप्प रहेको उहाँको भनाइ छ । औद्योगिक वातावरण भए त्यसबाट उत्पादन राम्रो गर्न सकिने उहाँहरुको भनाइ छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वकेन्द्रीय सदस्य अब्दुल वाहिद मन्सुरी बाँके लगानीकर्ताका लागि सम्भावनायुक्त क्षेत्र भएको विश्वास व्यक्त गर्नुहुन्छ । राजनीतिक अस्थिरता र ऊर्जा समस्याका कारण विगतमा लगानीकर्ता हिचकिचाउने गरेको भए पनि पछिल्लो समय ठूला उद्योग स्थापना हुनेक्रम बढेकामा खुसी व्यक्त गर्नुभयो । जिल्लामा औद्योगिक लगानी बढ्दै जाँदा यसको प्रभाव बर्दियामा देखिन थालेको छ । गुलरियामा रु चार अर्बको लगानीमा सो टायल उद्योग सञ्चालनमा आएको छ ।

चिनी उद्योग विस्तारले उखुखेती, किसानको बजार पहुँच, स्थानीय रोजगारी र कृषि आधारित उद्योगको विकासमा योगदान दिनसक्ने अपेक्षा गरिएको छ ।

बाँके र बर्दियामा उद्योग विस्तार हुँदै जाँदा पश्चिम नेपालमा उत्पादनमूलक अर्थतन्त्रको आधार फराकिलो बनाउने सम्भावना देखिएको छ । भारतसँग सीमा जोडिएको बाँकेमा औद्योगिक लगानीको सम्भावना वृद्धि हुनुमा नेपालगन्ज–रुपैडिहा नाकाबाट हुने आयात–निर्यात, एकीकृत जाँच चौकीको विकास तथा रेलमार्ग विस्तारलाई लिन सकिनेछ ।

  • बर्दिया
  • बाँके
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    बनेपा बजार क्षेत्रको सडक निर्माण अघि बढ्यो

  • Post Thumbnail

    किसानलाई ऋण, अनुदान र प्रविधि हस्तान्तरणमा मन्त्रीको जोड

  • Post Thumbnail

    सरकारी अनुदान मिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी

  • Post Thumbnail

    सभामुख अर्यालसँग मन्त्री चौधरीको भेट

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १२ गते बिहिबार

    २०८३ कात्तिक १२ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    एनपिएलः काठमाण्डु गोर्खाजद्वारा जनकपुर बोल्ट्ससामु ११६ रनको लक्ष्य

    Post Thumbnail

    बनेपा बजार क्षेत्रको सडक निर्माण अघि बढ्यो

    Post Thumbnail

    किसानलाई ऋण, अनुदान र प्रविधि हस्तान्तरणमा मन्त्रीको जोड

    Post Thumbnail

    सरकारी अनुदान मिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution