Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १२, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

स्थानीय सरकारका लागि सडक सुरक्षा पुस्तिका सार्वजनिक

बढ्दो सडक दुर्घटना, चोटपटक तथा त्यसबाट हुने मृत्यु न्यूनीकरण गर्ने उद्देश्यले स्थानीय सरकारका लागि तयार पारिएको सडक सुरक्षा पुस्तिका सार्वजनिक गरिएको छ ।
रासस ६५१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक १२, बुधबार (२ घण्टा अघि)
Post Thumbnail

काठमाडौँ, ११ कात्तिकः बढ्दो सडक दुर्घटना, चोटपटक तथा त्यसबाट हुने मृत्यु न्यूनीकरण गर्ने उद्देश्यले स्थानीय सरकारका लागि तयार पारिएको सडक सुरक्षा पुस्तिका सार्वजनिक गरिएको छ । ललितपुरमा आज आयोजित एक कार्यक्रमबीच सो पुस्तिका सार्वजनिक गरिएको हो । स्थानीय तहका जनप्रतिनिधि तथा अधिकारीलाई सडक सुरक्षा योजना निर्माण, कार्यान्वयन र अनुगमनमा सहयोग पु¥याउने उद्देश्यले तयार पारिएको उक्त पुस्तिकाले प्रमाणमा आधारित रणनीति, व्यावहारिक योजना निर्माणका उपकरण तथा कार्यान्वयनयोग्य सन्दर्भ सामग्री समेटेको छ । काठमाडौँ मेडिकल कलेजस्थित नेपाल इन्जुरी रिसर्च सेन्टरको नेतृत्वमा बेलायतको युनिभर्सिटी अफ द वेस्ट अफ इङ्ल्याण्ड (युडब्ल्यूई) ब्रिस्टल र इम्पेरियल कलेज लन्डनको साझेदारी तथा सेफ एन्ड सस्टेनेबल ट्राभल नेपाल (एसएसटीएन) को सहकार्यमा सञ्चालित ‘सेफट्रिप नेपाल’ अनुसन्धान परियोजनाअन्तर्गत उक्त पुस्तिका तयार पारिएको हो । परियोजनालाई बेलायतको नेसनल इन्स्टिच्युट फर हेल्थ एन्ड केयर रिसर्चले अनुदान सहयोग गरेको छ । बागमती प्रदेशका बनेपा, बेलकोटगढी, कालिका, पनौती र रत्ननगर नगरपालिका तथा बकैया, भीमफेदी र गल्छी गाउँपालिकामा गठित सामुदायिक सडक सुरक्षा मञ्चसँगको सहकार्यमा पुस्तिका सहनिर्माण गरिएको सेफट्रिप नेपाल अनुसन्धान परियोजनाका समुदाय सहभागिता तथा संलग्नता प्रमुख डा. पुष्पराज पन्तले जानकारी दिनुभयो । उहाँले पुस्तिकाले स्थानीय तहलाई दुर्घटना बढी हुने स्थान पहिचान गर्न, दुर्घटनाका कारण विश्लेषण गर्न तथा जोखिम न्यूनीकरणका लागि समुदायसँग सहकार्य गर्दै प्रभावकारी कार्यक्रम सञ्चालन गर्न मार्गदर्शन गर्ने जानकारी दिनुभयो । सो पुस्तिकमा स्थानीय योजनामा सडक सुरक्षालाई समावेश गर्न, आवश्यक बजेट विनियोजन गर्न र कार्यक्रमको प्रगति अनुगमन गर्नसमेत सहयोग पुग्ने अपेक्षा गरिएको छ । पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले स्थानीय सडक सुरक्षा व्यवस्थापनमा पालिकाले सक्रिय भूमिका निर्वाह गर्नुपर्ने बताउदै पुस्तिकामा उल्लेख भएका विषयलाई देशभरका स्थानीय सरकारले अपनाएर सामुदायिक सहकार्यका माध्यमबाट सडक दुर्घटनाबाट हुने अकाल मृत्यु न्यूनीकरणमा योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले यातायात व्यवस्था ऐन र सार्वजनिक सडक ऐन परिमार्जनको प्रक्रियामा रहेको तथा नयाँ सडक सुरक्षा ऐन संसद्मा दर्ता भइसकेको जानकारी दिनुभयो । तीनवटै ऐनमा नीतिगत स्पष्टता कायम गरी कार्यसम्पादन सहज बनाउने वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको उहाँको भनाइ थियो । युडब्ल्यूई ब्रिस्टलका प्राध्यापक तथा सेफट्रिप नेपाल अध्ययनका बेलायत निर्देशक जुली मिटनले सन्देशमार्फत सडकलाई सबै प्रयोगकर्ताका लागि सुरक्षित बनाउन स्थानीय, प्रदेश र सङ्घीय सरकारको सक्रियता आवश्यक रहेको बताउनुभयो । बेलकोटगढी नगरपालिकाको सामुदायिक सडक सुरक्षा मञ्चकी सदस्य सुप्रिया नेपालले परियोजनामा निरन्तर सहभागिता र सहकार्यले आफ्नो आत्मविश्वास बढाएको बताउनुभयो । रत्ननगर नगरपालिकाका प्रतिनिधि वसन्त रानाले स्थानीय क्लब, नगरपालिका र उद्योग वाणिज्य सङ्घसँगको सहकार्यमा सडक सुरक्षा सचेतना, विद्यालय यातायात सुरक्षा तथा जोखिमयुक्त मोडमा कन्भेक्स ऐना जडानजस्ता कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिनुभयो । कालिका नगरपालिकाका मञ्च अध्यक्ष रवि अधिकारीले दुर्घटनाको जोखिम भएका क्षेत्रमा ट्राफिक सङ्केत तथा ड्रम राखिएको र चालु आर्थिक वर्षमा सबै वडामा सडक सुरक्षा सचेतना कार्यक्रम सञ्चालन गर्न रु तीन लाख बजेट विनियोजन गरिएको बताउनुभयो । भीमफेदी गाउँपालिकाका मञ्च सदस्य रामहरि ठकुरीले सडक दुर्घटनाबाट हुने मृत्यु न्यूनीकरण तथा अन्य पालिकाका लागि उदाहरण प्रस्तुत गर्न स्थानीय सडक सुरक्षा कार्यविधि स्वीकृत गर्नुपर्नेमा जोड दिनुभयो । गल्छी गाउँपालिकाका मञ्च सचिव राधिका अधिकारीले कार्यविधि स्वीकृत हुन नसके पनि परियोजनाबाट प्राप्त सिकाइ र सहकार्य महत्त्वपूर्ण रहेको बताउँदै भविष्यमा सडक सुरक्षा कार्यक्रम निर्माण गर्दा प्रस्तावित कार्यविधि उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । काठमाडौँ मेडिकल कलेजको सामुदायिक चिकित्सा विभागका प्रमुख अभिनव वैद्यले सडक सुरक्षाको बहस र पैरवी आवश्यक रहेको बताउनुभयो ।

  • काठमाडौँ
  • ललितपुर
  • संसद
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    अदालतबाट सजाय तोकिएका कसुरदार पक्राउ

  • Post Thumbnail

    कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

  • Post Thumbnail

    पोखरा स्कुल बस दुर्घटनाः प्राविधिक खराबी र तीव्र गति

  • शिक्षामन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेट

    शिक्षामन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेट

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १० गते मंगलबार

    २०८३ कात्तिक १० गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    बङ्गलादेशका परवेज इमोनले जनकपुरबाट एनपिएल खेल्ने

    Post Thumbnail

    मुस्ताङमा एक अर्ब १४ करोड बढीको स्याउ उत्पादन

    दसैँ बिदा सकिएपछि प्रशासनमा सेवाग्राहीको चाप

    दसैँ बिदा सकिएपछि प्रशासनमा सेवाग्राहीको चाप

    Post Thumbnail

    मकवानपुर प्रहरीद्वारा मातहतका कार्यालयसँग कार्यसम्पादन सम्झौता

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution