
काठमाडौँ, ११ कात्तिकः पर्यटक भिसामा आइ क्रिश्चियन मिशनका लागि स्वास्थ्य शिविर सञ्चालन गर्ने दश विदेशी नागरिक पक्राउ परेका छन् ।
मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीमा क्रिश्चियन धार्मिक गतिविधि प्रचारमा संलग्न रहेको ‘मर्सी डेभलपमेन्ट’ नामक संस्थाले पर्यटक भिसामा आएका विदेशी चिकित्सकसहित स्वास्थ्य शिविर सञ्चालन गरेको कारण दश जना विदेशी नागरिकहरूको कागजात जफत गरी अध्यागमन विभाग पठाइएको गृहमन्त्रालयले जनाएको छ ।
शिविरमा आवश्यक अनुमति नलिई पर्यटक भिसामा आएका विदेशी नागरिक संलग्न भएकाले विदेशी नागरिक अनुगमन जिल्ला समितिको निर्णयले उनीहरूको राहदानी आवश्यक कारबाहीका लागि बिभाग पठाइएको हो ।
यही कात्तिक ८ गतेदेखि चार दिनसम्म सञ्चालन गर्ने गरी सुरु गरिएको शिविरमा १० जना विदेशी नागरिकसहित सेवा दिइरहेका थिए । शिविरको तयारी पास्टर पावेल दङ्गालले गरेका थिए ।
स्थानीयस्तरमा अस्पताल निर्माण गर्ने उद्देश्यले प्रयोग गरिने भनिएको जग्गामा यसअघि पास्टर बाङदेलले क्रिश्चियन धार्मिक कक्षा सञ्चालन गर्दै आएका थिए ।
मोरङको कानेपोखरी बरगाछीका किराना व्यवसायी नवराज श्रेष्ठले अस्पताल निर्माणका लागि भन्दै तीन कट्ठा जग्गामा छ वटा साना–ठूला भवन निर्माण गरेको र सोही भवनमा हाल धार्मिक गतिविधि तथा अन्य कार्यक्रमका लागि प्रयोग भइरहेको विवाद सुरु भएपश्चात् स्थानीयलाई खुसी पार्न किराना व्यवसायी नवराज श्रेष्ठले शिविरको आयोजना गरेका थिए । हाल उक्त स्थानमा दुई जना पास्टर र केही सिलाइकटाइ प्रशिक्षक बस्दै आएको पाइएको छ ।
कार्यक्रममा ब्राजिल, क्यानडा र अमेरिकाका गरी १० जना विदेशी नागरिकको रहेको पाइएको छ । उनीहरू सन् २०२६ अक्टोबर २२ र २३ मा नेपाल प्रवेश गरेको तथा उनीहरूको भिसाको म्याद नोभेम्बर ६ देखि २१ सम्म रहेको देखिन्छ । निम्न उल्लेखित विदेशी नागरिकमध्ये तीन जना ब्राजिलका, दुई जना क्यानडाका र पाँच जना अमेरिकी नागरिक रहेको जनाइएको छ ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |